नाइमा मोबिलिटी एक्सपोमा सीएफमोटो र जिहोले अफरको वर्षा ल्याउने, २ मोडल लन्च हुने
काठमाडौं – सीएफमोटो र जिहोको नेपालका लागि आधिकारीक वितरक ऋषि ट्रेड...
काठमाडौं– साउन २१ गतेदेखी सञ्चालन हुने नाइमा नेपाल मोबिलिटी एक्सपो अवलोकन गर्न जाने दर्शकलाई पठाओले विशेष छुट दिने भएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनी हलसम्म पुग्ने दर्शकलाई पठाओले एक्सपो अवधीभर ३० प्रतिशतसम्म छुट दिने भएको हो ।
मोबिलिटी एक्सपोबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नाइमा अध्यक्ष रितुसिंह वैद्यले प्रायोजक कम्पनीले आ–आफ्नो तर्फबाट विशेष छुट र अफर घोषणा गरेको बताईन । ‘एक्सपो स्थलसम्म आउजाउ गर्ने दर्शकलाई राइड पार्टनर पठाओले ३० प्रतिशतसम्म छुट दिनेछ भने मेडिकल पार्टनर फ्रन्टलाईन हस्पिटलले प्रदर्शनी स्थलमा चौबिसै घन्टा एम्वुलेन्स व्यवस्थापन सहित आकस्मिक तथा सामान्य चिकित्सा सेवा प्रदान गर्नेछ’ उनले भनिन् ।
साथै उनले मोबिलिटी एक्स्पोमा आउने अवलोकनकर्ताका लागि नेपाल पुलिस क्लबमा पार्किङ व्यवस्था गरिएको जानकारी दिइन् । उनले त्यहाँ २५० बढी कार पार्किङ गर्न सकिने बताइन् । त्यस्तै, मोटरसाइकल/स्कुटरका लागि भृकुटीमण्डप भित्रै पार्किङ व्यवस्था मिलाइएको उनले जानकारी दिइन् ।
राजधानीको भृकुटीमण्डपमा नाइमाले आायोजना गर्ने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा पनि अन्य प्रदर्शनीमा जस्तै पार्किङको समस्या हुने सम्भावनालाई मध्यनजर गर्दै नाइमाले पार्किङ समाधानका लागि विशेष व्यवस्था गर्न लागेको बताइएको छ ।
नाइमा नेपाल मोबिलिटी एक्सपो पनि नेपालमा आयोजना हुने सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी मध्ये एक हुने अनुमान गरिएको छ, जसले प्रत्येक वर्ष हजारौं दर्शक, व्यवसायी, र गाडीप्रेमीहरूलाई आकर्षित गर्छ । यद्यपि शोले ठूलो व्यावसायिक चासो बटुल्ने गरे पनि पार्किङ समस्या प्रत्येक वर्ष दोहोरिने चुनौतीको रूपमा देखिएको छ ।
यो भन्दा पहिले हुने अटो शोमा पनि यस्तो समस्या देखिने गरेको थियो । भृकुटीमण्डप र वरपरका क्षेत्रहरूमा नियोजित पार्किङ संरचना अत्यन्त सीमित छन्। अघिल्ला इभेन्टहरूमा दैनिक १० हजार भन्दा बढी दर्शक आउने गर्दा निजी गाडी र दुईपांग्रे सवारीको अत्यधिक चाप देखिन्थ्यो। उपयुक्त पार्किङ नपाएपछि सहभागीहरूले सिधै सडक छेउमा अव्यवस्थित पार्किङ गर्ने गरेका थिए ।
यसले प्रदर्शनी मार्ग, भृकुटीमण्डप, रत्नपार्क, भद्रकाली आदि क्षेत्रमा नियमित ट्राफिक अवरोध सिर्जना गरेको थियो । प्रदर्शनी स्थल वरपर रहेका व्यवसायी, स्थानीय बासिन्दा तथा कार्यालयहरू पार्किङ र ट्राफिकका कारण दैनिक गतिविधिमा बाधा पुगेको गुनासो गर्दथे ।
यो अवस्थामा नाइमाले पार्किङ समाधानका लागि गर्न खोजेको पहलले सार्थक रुप लिने आशा गर्न सकिन्छ ।
काठमाडौं – सीएफमोटो र जिहोको नेपालका लागि आधिकारीक वितरक ऋषि ट्रेड...
काठमाडौं – राजधानीको भृकुटीमण्डमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५...
काठमाडौं – सीएफमोटो तथा जिहोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...