३ लाख ९८ हजार डाउन पेमेन्टमै इलेक्ट्रिक सोलार कार, मासिक किस्ता २५ हजार

डेरी ईएम७ इलेक्ट्रिक र सोलार दुवैबाट चलाउन सकिने हाइब्रिड कार हो । नेपाली बजारमा यसको आधिकारिक वितरकको रुपमा अटोहोस्ट प्रालिले कार बिक्री गरिरहेको छ ।

डेरी ईएम७ को मूल्य हाल १९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । विद्युतीय गाडीलाई ८० प्रतिशत सम्म बैंकहरुले फाइनान्स गर्न सक्ने सुविधा उपलब्ध भएकाले ग्राहकले शुरुमा ३ लाख ९८ हजार रुपैयाँ मात्र डाउन पेमेन्ट गरेर यो कार लिन सक्छन् । हाल ५० हजार रुपैयाँ तिरेर यो कार बुकिङ गर्न सकिन्छ ।

७ वर्ष सम्मको फाइनान्स सुविधा उपलब्ध हुने भएकाले डेरी ईएम७ कारलाई प्रतिमहिना २५ हजार ६१४ रुपैयाँ किस्ता बुझाउनु पर्छ ।

५ जना यात्रु बस्न मिल्ने यो कारको माथिल्लो भागमा ठूलो सोलार रुफ छ । यसमा भएको १७ किलोवाट आवरको ब्याट्री र १५ किलोवाटको मोटरको साथमा आवश्यकता अनुसार सोलारमार्फत समेत चार्ज हुन्छ ।

फुल चार्जका लागि साढे ५ घण्टा जति समय लाग्ने यो गाडीको टप स्पिड ६० किलोमिटर प्रतिघण्टा छ । १७० एमएम ग्राउन्ड क्लियरेन्स भएको डेरी ईएम७ मा १७० लिटरको बुट स्पेस छ ।

सिंगल चार्जमा डेरी ईएम७ ले २६० किलोमिटरको रेन्ज दिन्छ । यद्यपि सोलार समेत भएकाले यसको माइलेज अझै बढ्न सक्छ । गाडीमा पावर विन्डो, हिल असिस्ट, रियर भ्यु क्यामेरा, सेन्ट्रल लक, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अलोय ह्विल आदि फिचर उपलब्ध छन् ।

हेनान डेरी चीनको प्रसिद्ध इलेक्ट्रिक गाडी निर्माता कम्पनी हो । विश्वका विभिन्न देशमा यो कम्पनीका इलेक्ट्रिक तथा सोलार गाडी प्रयोगमा आएका छन् ।

सम्बन्धित समाचारहरू

यी हुन नेपाली बजारमा उपलब्ध १२ मोडलका इलेक्ट्रिक मोटरसाइकल, नयाँ व्रान्ड पनि थपिँदै

यी हुन नेपाली बजारमा उपलब्ध १२ मोडलका इलेक्ट्रिक मोटरसाइकल, नयाँ व्रान्ड पनि थपिँदै

विद्युतिय सवारीको लोकप्रियता बढेसंगै नेपाली बजारमा पछिल्लो समय नयाँनयाँ...

अब सीएफमोटो र जिहोमा २४ महिना सम्मको सरल र सहज फाइनान्स सुविधा

अब सीएफमोटो र जिहोमा २४ महिना सम्मको सरल र सहज फाइनान्स सुविधा

काठमाडौं – नेपालका लागि सीएफमोटो र जिहोको आधिकारिक वितरक ऋषि ट्रेड...

आगामी मंसिरमा काठमाडौंको भृकुटीमण्डपमा ईभी नेपाल एक्स्पो हुदै

आगामी मंसिरमा काठमाडौंको भृकुटीमण्डपमा ईभी नेपाल एक्स्पो हुदै

काठमाडौँ – आगामी मंसिर १६, १७ र १८ गते काठमाडौंको भृकुटीमण्डपमा एसडी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...