नाडा अटो शो २०८१ को पहिलो दिनमा सीजी मोटर्सलाई २७ बुकिङ

काठमाडौं – नाडा अटो शो २०२४ को पहिलो दिन सीजी मोटर्सले आयात गरेका विभिन्न ब्रान्डका २७ सवारी साधन बुकिङ भएका छन् । सीजी मोटर्सले एक विज्ञप्तिमार्फत सो जानकारी प्रदान गरेको छ ।

सीजी मोटर्सको समेत सहभागिता रहेको नाडा अटो शो मा विभिन्न ब्रान्ड गरी ८ वटा स्टल प्रदर्शनमा राखिएको छ।

सीजी मोटर्सले नेपाली बजारमा नाडा अटो शो मार्फत नै सार्वजनिक गरेको अवतार ११ को ३ वटा, रिडारा आरडी६ को ५ वटा र एक्सपेङको ६ वटा बुकिङ प्राप्त भएको छ।

नेपाली बजारमा लोकप्रिय रहेको नेटा भीको पनि ६ वटा बुकिङ प्राप्त भएको छ भने नाडामा नै सार्वजनिक गरिएको नेटा एक्स मोडलको पहिलो दिनमा ७ वटा बुकिङ प्राप्त गर्न कम्पनी सफल रहेको बताइएको छ।

यसरी पहिलो दिनमा २७ वटा बुकिङ प्राप्त गर्न सफल रहेको सीजी मोटर्सले नाडा अटो शो २०२४ को अन्त्यसम्ममा आफ्ना विभिन्न ८ वटा ब्रान्डमार्फत २०० वटा भन्दा धेरै बुकिङ हासिल गर्ने सफल हुने अनुमान रहेको बताएको छ ।

विश्वप्रसिद्ध सवारी साधन उत्पादक कम्पनी चांगान, टेक्नोलोजीमा अग्रणी कम्पनी हुवावे र उत्कृष्ट ब्याट्री उत्पादक कम्पनी सीएटीएलको साझेदारीमा उत्पादन भएको ब्रान्ड अवतार हो। अवतार ११ प्रिमियम सेग्मेन्टमा पर्ने लक्जरियस र फ्युचुरिस्टिक एसयूभी हो भने उक्त गाडी एक फुल चार्जमा ६८० किलोमिटरसम कुद्न सक्ने क्षमता राख्दछ। अवतार ११ मा १९० किलोवाटको मोटर जडित छ भने ९० किलोवाट आवर र ११६ किलोवाट आवरको ब्याट्री गरी नेपाली बजारमा २ भेरिएन्टमा उपलब्ध हुनेछ।

एक्सपेङको जी१२ मोडल प्रिमियम सेग्मेन्टमा पर्छ भने उक्त गाडीले एक फुल चार्जमा ४३५ किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दावी रहेको छ। १९० किलोवाटको मोटर र ६६ किलोवाटको ब्याट्री रहेको एक्सपेङ जी६ ले २१५ किलोवाट सम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्छ भने १० प्रतिशतबाट ८० प्रतिशत सम्म चार्ज गर्न मात्रै २० मिनेट लाग्नेछ।

रिडाराले नेपाली बजारमा रिडारा आरडी६ सार्वजनिक गरेको हो। ६३ किलोवाट आवरको ब्याट्री र २०० किलोवाटको पिक मोटर पावर रहेको रिडारा आरडी६ ले ३७७ किलोमिटरको रेञ्ज प्रदान गर्नेछ।

नेटाले नयाँ मोडल नेटा एक्स उपलब्ध गराएको छ । कम्पनीले दाबी गरेको ५०० किलोमिटरको रेन्ज सहित नेटा एक्समा ८ वर्ष वा १ लाख ८० हजार किलोमिटर सम्मको ब्याट्री र मोटर वारेन्टी पाउन सकिने छ। सीएटीएलको ब्याट्री जडित नेटा एक्सलाई फुल चार्ज गर्न ९ घण्टा लाग्दछ भने फास्ट चार्ज मार्फत उक्त गाडीलाई ३० मिनेटमै चार्ज गर्न सकिनेछ।

सम्बन्धित समाचारहरू

समय अगावै एमजीको घोषणा, जेडएस ईभी ४७ लाखमै पाइने अफर शुक्रबार सम्म मात्र

समय अगावै एमजीको घोषणा, जेडएस ईभी ४७ लाखमै पाइने अफर शुक्रबार सम्म मात्र

काठमाडौं – नेपालका लागि एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

१० अर्व डलरको ब्रान्ड भ्यालु सहित वीवाइडी वन्यो चीनको सर्बाधिक मूल्यवान अटो ब्रान्ड

१० अर्व डलरको ब्रान्ड भ्यालु सहित वीवाइडी वन्यो चीनको सर्बाधिक मूल्यवान अटो ब्रान्ड

वीवाइडी यो वर्षका लागि चीनको सवैभन्दा मूल्यवान अटो ब्रान्ड वनेको छ ।...

सगरमाथा संवादका लागि भारतबाट १५ विद्युतीय गाडी सहयोग

सगरमाथा संवादका लागि भारतबाट १५ विद्युतीय गाडी सहयोग

काठमाडौं – नेपाल सरकारले आगामी जेठ २ गतेदेखि आयोजना गर्न लागेको “सगरमाथा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...