४३ वर्ष पुरानो मारुती ८०० ले जित्यो प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड, बन्यो विश्व सम्पदा सवारी
काठमाडौं–भारतको अटोमोबाइल इतिहासमा महत्वपूर्ण स्थान बनाएको मारुती ८००...
काठमाडौं – नेपाली बजारमा सुजुकीको नयाँ सेलेरियो उपलब्ध हुने भएको छ । भारतमा करिव एक महिना पहिले सार्वजनिक नयाँ सेलेरियोको प्रि–बुकिङ खुलेको हो । नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले यसको प्रि–बुकिङ खुल्ला गरेको छ ।
सुजुकीको नयाँ सेलेरियोको सुरुवाती भेरिएन्टको मूल्य २७ लाख ९९ हजार रुपैयाँ हुने बताइएको छ । पहिले भन्दा नयाँ टेक्नोलोजी, बढी सेफ्टी र कम्फर्ट तथा पर्फमेन्स सहित यो उपलब्ध हुनेछ । त्यसैगरी यसले २६.६८ किलोमिटरको माइलेज दिने र यो नेपालकै सबैभन्दा बढी माइलेज दिने कार हुने समेत कम्पनीको दाबी छ । माइलेज बढाउन यसमा आइडल स्टार्ट–स्टप फिचर दिइएको छ । नयाँ सेलेरियो हार्टेक्ट प्लेटफर्ममा आधारित छ ।
नयाँ कारमा १.० लिटर क्षमताको के१० सिरिज इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ६७ पिएस र टर्क ८९ एनएम रहेको छ । जुन यसअघिको पुरानो मोडलको तुलनामा केही बढी हो ।
यो कारमा अपडेट गरिएको एक्सटेरियर लुक समाबेश गरिएको छ । कारमा अपडेटड हेडल्याम्प, बम्पर र टेलल्याम्प उपलब्ध गराइएको छ । थप आकर्षक बनाउन यसको फुल बडी किटमा समेत केही परिमार्जन गरिएको छ ।
नयाँ मारुती सेलेरियोमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन जस्ता फिचर समावेश गरिएको छ । साथै यसमा पहिलो पटक मारुतीको स्मार्ट प्ले अडियो सिस्टम समेत समाबेश गरिएको छ । आइडल स्टार्ट/स्टप फङसनको साथ पुश स्टार्ट/स्टप बटन पनि समावेश गरिएको छ । यसको टप भेरियन्टमा सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र मल्टि–स्पोक स्टेयरिङ ह्वील समेत समाबेश गरिएको छ । नयाँ सेलेरियोले इन्ट्री–लेभल ह्याचब्याक सेगमेन्टमा रेनो क्विड, हुन्डाई स्यान्ट्रो र ड्याटसन गो र टाटा टियागो लगायत कारसंग प्रतिस्पर्धा गर्नुपर्ने छ ।
नेपाली बजारमा समेत यसअघिको पुरानो मोडलले निकै राम्रो प्रभाव पारेका कारण नयाँ मोडल भित्रिएपछि यसले इन्ट्रि लेभल ह्याचब्याक सेग्मेन्टमा पुन बजार जमाउने अपेक्षा गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...