यस्तो छ २५ भन्दा बढी सेफ्टी फिचर भएको नयाँ किया सोनेट

कियाको लोकप्रिय सब–४ मिटर एसयूभी २०२४ सोनेट नयाँ अवतारमा लन्च गरिएको छ । कम्पनीले यसमा केही कस्मेटिक अपडेट गरेको छ । यसमा नयाँ डिजाइन ग्रिल, अपडेट गरिएको एलईडी डीआरएल, एलईडी टेलल्याम्प र नयाँ अलोय ह्विल समावेश छ । साथै इन्टेरियरमा क्लाइमेट कन्ट्रोल प्यानल, भेन्टिलेटेड सिट र नयाँ सिट अपहोल्स्ट्री समावेश छ ।

नयाँ सोनेट पहिलेको तुलनामा थप शार्प र स्टाइलिस देखिन्छ । यसको फ्रन्टमा कम्पनीको सिग्नेचर टाइगर नोज ग्रिल दिइएको छ । यसको दुवै कुनामा सेबर टुथ स्टाइलसहितको एग्रेसिभ एलईडी हेडल्याम्प उपलब्ध छ । साथै डिजिटल ड्राइभर डिस्प्ले र एड्भान्स्ड ड्राइभिङ असिस्टेन्स टेक्निक जस्ता २५ सेफ्टी फिचरले सुसज्जित छ । कम्पनीले सो एसयूभी ९ कलरमा ल्याएको छ ।

एसयूभीको साइडमा १६ इन्चको स्पोर्टी क्रिस्टल कट अलोय ह्विल, फुल कभर बडी क्ल्याडिङ, बडी कलर डोर ह्यान्डल, रुफ रेल र इलेक्ट्रिक सनरुफ समावेश छ भने रियरमा कनेक्टेड टेल ल्याम्पका साथै रियर स्पोइलर र गाढा मेटालिक एक्सेन्टसहितको स्पोर्टी एरोडायनामिक रियर स्किड प्लेट उपलब्ध छ ।

अपडेट क्याबिनको ड्यासबोर्डमा १०.२५ इन्चको नयाँ डिजिटल डिस्प्ले जडान गरिएको छ । साथै ७० भन्दा बढी कनेक्टेड कार फिचरसहितको इन्फोटेनमेन्ट टचस्क्रिन, भेन्टिलेटेड फ्रन्ट सिट, ४–वे पावर एडजस्टेबल ड्राइभर सिट, ७ स्पीकर बोस अडियो सिस्टम, वायरलेस फोन चार्जिङ, इन–बिल्ट एयर प्युरिफायर र ३६० डिग्री क्यामेरा जस्ता फिचर जडान गरिएको छ ।

नयाँ सोनेटमा तीन इन्जिनको विकल्प रहेको छ । यसको १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिनले ८२ बीएचपी पावर र ११५ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड म्यानुअल गियरबक्ससँग जोडिएको छ । १ लिटर टर्बाे पेट्रोल इन्जिनको विकल्पले ११८ बीएचपीको पावर र १७२ एनएमको टर्क जेनेरेट गर्छ, जसमा ७ स्पिड ड्युअल क्लच अटोमेटिक र ६ स्पिड क्लचलेस म्यानुअल ट्रान्समिशन रहेको छ ।

नयाँ सोनेटमा तेस्रो इन्जिन विकल्पको रुपमा १.५ लिटर डिजेल जडान गरिएको छ, जसले ११४ बीएचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ, जसमा ६ स्पिड क्लचलेस म्यानुअल वा ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसनको विकल्प छ । कारको पेट्रोल इन्जिनले १८.८३ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ भने डिजेल इन्जिनले २२.३ किलोमिटर प्रतिलिटरसम्मको माइलेज दिन्छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा सनरुफयुक्त एसयूभी : सबैभन्दा सस्तो टाटा नेक्सन, यस्तो छ अन्यको अवस्था

नेपाली बजारमा सनरुफयुक्त एसयूभी : सबैभन्दा सस्तो टाटा नेक्सन, यस्तो छ अन्यको अवस्था

यूरोप र अमेरिका लगायत विश्वका अधिकांश विकसित देशमा सनरुफ भएका सवारी साधन...

सेल्टोस र सोनेटको सफलताबाट उत्साहित कियाले भारतमा थप ४ वटा नयाँ मोडल थप्ने

सेल्टोस र सोनेटको सफलताबाट उत्साहित कियाले भारतमा थप ४ वटा नयाँ मोडल थप्ने

भारतमा प्लान्ट स्थापना गरेर सवारीसाधन उत्पादन थालेको कोरियाली ब्रान्ड...

क्र्यास टेष्टमा किया क्यारेन्सले पायो ३ स्टार रेटिङ

क्र्यास टेष्टमा किया क्यारेन्सले पायो ३ स्टार रेटिङ

ग्लोवल एनक्यापले भारतमा गरेको सेफ्टि टेष्टमा किया क्यारेन्सले ३ स्टार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...