यस्तो छ २५ भन्दा बढी सेफ्टी फिचर भएको नयाँ किया सोनेट

कियाको लोकप्रिय सब–४ मिटर एसयूभी २०२४ सोनेट नयाँ अवतारमा लन्च गरिएको छ । कम्पनीले यसमा केही कस्मेटिक अपडेट गरेको छ । यसमा नयाँ डिजाइन ग्रिल, अपडेट गरिएको एलईडी डीआरएल, एलईडी टेलल्याम्प र नयाँ अलोय ह्विल समावेश छ । साथै इन्टेरियरमा क्लाइमेट कन्ट्रोल प्यानल, भेन्टिलेटेड सिट र नयाँ सिट अपहोल्स्ट्री समावेश छ ।

नयाँ सोनेट पहिलेको तुलनामा थप शार्प र स्टाइलिस देखिन्छ । यसको फ्रन्टमा कम्पनीको सिग्नेचर टाइगर नोज ग्रिल दिइएको छ । यसको दुवै कुनामा सेबर टुथ स्टाइलसहितको एग्रेसिभ एलईडी हेडल्याम्प उपलब्ध छ । साथै डिजिटल ड्राइभर डिस्प्ले र एड्भान्स्ड ड्राइभिङ असिस्टेन्स टेक्निक जस्ता २५ सेफ्टी फिचरले सुसज्जित छ । कम्पनीले सो एसयूभी ९ कलरमा ल्याएको छ ।

एसयूभीको साइडमा १६ इन्चको स्पोर्टी क्रिस्टल कट अलोय ह्विल, फुल कभर बडी क्ल्याडिङ, बडी कलर डोर ह्यान्डल, रुफ रेल र इलेक्ट्रिक सनरुफ समावेश छ भने रियरमा कनेक्टेड टेल ल्याम्पका साथै रियर स्पोइलर र गाढा मेटालिक एक्सेन्टसहितको स्पोर्टी एरोडायनामिक रियर स्किड प्लेट उपलब्ध छ ।

अपडेट क्याबिनको ड्यासबोर्डमा १०.२५ इन्चको नयाँ डिजिटल डिस्प्ले जडान गरिएको छ । साथै ७० भन्दा बढी कनेक्टेड कार फिचरसहितको इन्फोटेनमेन्ट टचस्क्रिन, भेन्टिलेटेड फ्रन्ट सिट, ४–वे पावर एडजस्टेबल ड्राइभर सिट, ७ स्पीकर बोस अडियो सिस्टम, वायरलेस फोन चार्जिङ, इन–बिल्ट एयर प्युरिफायर र ३६० डिग्री क्यामेरा जस्ता फिचर जडान गरिएको छ ।

नयाँ सोनेटमा तीन इन्जिनको विकल्प रहेको छ । यसको १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिनले ८२ बीएचपी पावर र ११५ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड म्यानुअल गियरबक्ससँग जोडिएको छ । १ लिटर टर्बाे पेट्रोल इन्जिनको विकल्पले ११८ बीएचपीको पावर र १७२ एनएमको टर्क जेनेरेट गर्छ, जसमा ७ स्पिड ड्युअल क्लच अटोमेटिक र ६ स्पिड क्लचलेस म्यानुअल ट्रान्समिशन रहेको छ ।

नयाँ सोनेटमा तेस्रो इन्जिन विकल्पको रुपमा १.५ लिटर डिजेल जडान गरिएको छ, जसले ११४ बीएचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ, जसमा ६ स्पिड क्लचलेस म्यानुअल वा ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसनको विकल्प छ । कारको पेट्रोल इन्जिनले १८.८३ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ भने डिजेल इन्जिनले २२.३ किलोमिटर प्रतिलिटरसम्मको माइलेज दिन्छ ।

सम्बन्धित समाचारहरू

किया ईभी९ को बिक्री सुरु हूँदै, यस्तो छ फिचर र पर्फमेन्स

किया ईभी९ को बिक्री सुरु हूँदै, यस्तो छ फिचर र पर्फमेन्स

काठमाडौं– कियाको फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी ईभी९ भन्सार विन्दुमा...

ईभीको ‘ब्याट्री हेल्थ पासपोर्ट’ जारी गर्ने पहिलो कम्पनी बन्दै किया

ईभीको ‘ब्याट्री हेल्थ पासपोर्ट’ जारी गर्ने पहिलो कम्पनी बन्दै किया

ईभीको ब्याट्री हेल्थ वारेमा धेरैलाई चासो हुने गर्छ । विशेष गरी प्रयोगमा...

वर्षको अन्तिम महिनामा लन्च हुने सूचीमा सामेल छन् यी एसयूभी

वर्षको अन्तिम महिनामा लन्च हुने सूचीमा सामेल छन् यी एसयूभी

२०२४ सकिनै लागेको छ तर नयाँ कारहरू लन्च गर्ने प्रक्रिया अझै रोकिएको छैन ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...