ट्राफिक प्रहरीले सवारी धनीलाई बुझायो फेला पारेका २२ वटा चोरीका मोटरसाइल तथा स्कुटर

काठमाडौं– ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २२ वटा मोटरसाइकल÷स्कुटर फेला पारी धनीलाई हस्तान्तरण गरेको छ । महाशाखाबाट सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मिति र सयमा हराएका २२ वटा सवारी साधन खोजतलास गरी फेला पारी सम्बन्धित धनीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।

यो अवधिमा ११ मोटरसाइकल तथा स्कुटर चोरीमा संलग्न ११ जना व्यक्तिलाई पक्राऊ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा बुझाएको महाशाखाले जनाएको छ ।

फेला परेका मध्ये सबैभन्दा बढी बजाज कम्पनीका पल्सर मोटरसाइकल रहेका छन् । जसमा बजाज कम्पनीका १० वटा पल्सर मोटरसाइकल रहेका छन् । उक्त मोटरसाइकल तथा स्कुटर महाशाखा प्रमुख जनक भट्टराईले हस्तान्तरण गरेका हुन् ।

असुरक्षित पार्किङ स्थल, एकान्त स्थलमा पार्किङ गरेका र अतिरिक्त लक प्रयोग नगरेर जुनसुकै साँचोले खोल्ने अवस्थामा भएका मोटरसाइकल बढी चोरी भएको महाशाखा प्रमुख भट्टराईले बताए ।

सवारी साधनलाई चोरीबाट बचाउनका लागि सवारी साधनामा अतिरिक्त लक प्रयोग गर्न अलार्म लगायतका उपकरण जडान गर्न र घर कम्पाउन्डमा पार्किङ गरेको छ भनेर ढुक्क नपर्न र एकै छिन हो भनी अतिरिक्त लक लगाउन अल्छि नगर्न उनले सुझाव दिएका छन् ।

उक्त कार्यक्रममा मंसिर महिनामा मात्र नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरश पालना गरी सवारी नियम उल्लंघन गर्ने चालकहरुले प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रकारको प्रलोभनमा नपरी आफ्नो सेवामा कर्तव्य निष्ठ भएर इमान्दारी पूर्वक काम गर्ने २२ जना प्रहरीलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...