२०२६ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट परीक्षणमा देखियो, अन्डरबडी सीएनजी ट्याङ्की र एडास फिचर हुने अनुमान

मारुती सुजुकीको लोकप्रिय कम्प्याक्ट एसयूभी ब्रेजा चाँडै नै नयाँ रूप र प्रविधिसहित बजारमा आउने तयारीमा रहेको छ। कम्पनीले यसको फेसलिफ्ट मोडलको परीक्षण सुरू गरिसकेको छ । २०२६ मा आउने नयाँ ब्रेजामा अहिलेको मोडलभन्दा फरक र एड्भान्स टेक्नोलोजी हुने सम्भावना रहेको छ।

यसको सबैभन्दा ठूलो परिवर्तन अन्डरबडी सीएनजी ट्याङ्कीमा हुने अनुमान छ । अधिकांश सीएनजी कारमा ट्याङ्की बुट स्पेसभित्र राखिन्छ, जसले सामान राख्ने ठाउँ कम बनाउँछ । तर मारुतीले सीएनजी ट्याङ्की डिक्की भित्र भन्दा पनि फर्शको तल राखिनेछ, जसले अन्डरफ्लोर सीएनजी सिस्टमले यो समस्या पूर्ण रूपमा समाधान गर्नेछ ।

कम्पनीले यसको डिजाइनमा खासै परिवर्तन गरेको छैन । तर, पछाडिका टेललाइटमा हल्का परिवर्तन, नयाँ शैलीका अलोय ह्विल, शार्क-फिन एन्टेना र इन्टिग्रेटेड रियर स्पोइलर जस्ता सुधारहरू देखिने अपेक्षा गरिएको छ ।  

कम्पनीले सो फेसलिफ्टेड मोडलमा लेभल २ एडास सिस्टम समावेश गरेको छ, जसमा लेन सपोर्ट, कोलिजन मिटिगेसन र एडाप्टिभ ड्राइभर एड्स जस्ता उन्नत सुविधा हुनेछ । साथै यसको इन्‍जिनमा पनि कुनै परिवर्तन गरिएको छैन । यसमा १.५ लिटर के१५सी ४ सिलिन्डर इन्जिन यथावत् राखिएको छ । पेट्रोल मोडमा सो इन्जिनले १०२ बीएचपीको पावर र सीएनजी मोडमा ८७ बीएचपीको पावर दिन्छ । पेट्रोल र सीएनजी दुबैमा म्यानुअल र पेट्रोल मोडलमा ६ स्पिड अटोमेटिकको विकल्प हुन सक्छ ।  

सम्बन्धित समाचारहरू

सुजुकी गाडी किन्दा २ लाख ५० हजार सम्म छुट

सुजुकी गाडी किन्दा २ लाख ५० हजार सम्म छुट

काठमाडौं – सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले ‘ह्यापी...

टर्बो बुस्टरजेट पेट्रोल इन्जिन सहित आउने छ नयाँ स्विफ्ट

टर्बो बुस्टरजेट पेट्रोल इन्जिन सहित आउने छ नयाँ स्विफ्ट

मारुती सुजुकी लोकप्रिय ह्याचब्याक स्विफ्टको नयाँ जेनेरेसन ल्याउने तयारी...

सस्तो कारको बिक्रीमा धेरै ब्रान्डलाई पछि पा-यो मारुती सुजुकीले, यस्तो छ तथ्य

सस्तो कारको बिक्रीमा धेरै ब्रान्डलाई पछि पा-यो मारुती सुजुकीले, यस्तो छ तथ्य

भारतका साथै नेपालमा समेत मारुती सुजुकीका कारहरु निकै लोकप्रिय छन् । विगत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...