नेपाल बैंकका कर्मचारी र ग्राहकले हुन्डाईका गाडी किन्दा ८१ हजार सम्म थप छुट पाउने
काठमाडौं – नेपाल बैंक लिमिटेड र हुन्डाई गाडीकाे नेपालका लागि आधिकारिक...
हुन्डाई मोटर कम्पनीले न्युयोर्क अटो शोमा आफ्नो दोस्रो पुस्ताको २०२६ प्यालिसेड एसयूभी सार्वजनिक गरेको छ। यो मध्यम आकारको थ्री-राे एसयूभी हो, जसले किया टेलुराइड, टोयोटा ग्रान्ड हाइल्याण्डर, होन्डा पाइलट, माज्दा सीएक्स -९०, फोर्ड एक्सप्लोरर, सेभ्राेले ट्राभर्स, जिप ग्रान्ड चेरोकी र क्याडिल्याक एस्केलेडसँग प्रतिस्पर्धा गर्नेछ।
२०२६ प्यालिसेडको बाहिरी डिजाइन बक्सियर र मस्कुलर बनाइएको छ। यसको लम्बाइ ४९८० एमएम, चौडाइ १९७५ एमएम, उचाइ १७५० एमएम र ह्विलबेस २९०० एमएम रहेको छ। प्यालिसेडमा ८ यात्रुको लागि बेन्च सिट कन्फिगरेसन वा ७ यात्रुको लागि क्याप्टेन सिटको विकल्प उपलब्ध छ। अगाडिको बम्परलाई फराकिलो बनाइएको छ, जसले गाडीलाई बलियो उपस्थिति प्रदान गर्छ।
क्याबिनभित्र २०२६ प्यालिसेड प्रिमियम र विलासी देखिन्छ। यसमा १२.३ इन्चको ड्युअल-कर्भ डिस्प्ले, तेस्रो पङ्क्तिका लागि १०० वाटको यूएसबी टाइप-सी पोर्टसहितको ट्विन-डोर सेन्टर स्ट्याक, कुल्ड वायरलेस चार्जिङ र प्रशस्त स्टाेरेज सुविधा उपलब्ध छ। साथै, १५ वाटको वायरलेस चार्जिङ प्याड र सेन्टर कन्सोलमा आरामदायी आर्मरेस्टसमेत दिइएको छ।
पावरट्रेनको कुरा गर्दा, नयाँ प्यालिसेडमा दुई विकल्प उपलब्ध छन् । पहिलो, हालै विकसित गरिएको ३.५ लिटर भी६ पेट्रोल इन्जिन हो, जसले २८७ बीएचपी पावर र ३५२.५ एनएम टर्क उत्पादन गर्छ, र ८ स्पिड अटोमेटिक ट्रान्समिसनसँग जोडिएको छ। दोस्रो विकल्प, टर्बोचार्ज्ड २.५ लिटर इन्जिन र दुई इलेक्ट्रिक मोटरको संयोजनमा आधारित हाइब्रिड पावरट्रेन हो, जसले ३२९ बीएचपी पावर र ४५९.२ एनएम टर्क उत्पन्न गर्छ। हाइब्रिड भर्सनको कुल रेन्ज करिब १००० किलोमिटर रहेको छ।
सुरक्षाका हिसाबले, प्यालिसेडमा १० वटा एयरब्याग, हुन्डाई डिजिटल की २.०, वाइफाई हटस्पट, ओटीए अपडेट क्षमता, दुई क्यामेरा भएको ड्यास क्याम, यूभी-सी स्टेरिलाइजेसन कम्पार्टमेन्ट र उन्नत रियर ओक्युपेन्ट अलर्ट जस्ता सुविधाहरू समावेश छन्। साथै, ब्लाइन्ड-स्पट टक्कर चेतावनी, टो हिच, रिकभरी हुक र विशेष १८ इन्चका पाङ्ग्राहरू पनि प्रदान गरिएको छ।
काठमाडौं – नेपाल बैंक लिमिटेड र हुन्डाई गाडीकाे नेपालका लागि आधिकारिक...
हुन्डाईले ‘एएक्स१’ कोडनेम दिएर विकास गरिरहेको सबैभन्दा सानो एसयूभीको नाम...
टाटा मोटर्सले आफ्नो कारको बिक्रीलाई हुन्डाई मोटर्सको नजिक पुर्याएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...