जिली ईएक्स५ को २०२६ मोडल नेपाली बजारमा, थपिए यी नयाँ सुबिधा

काठमाडौं–जिली ईएक्स५ को नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले वर्षको सुरुआतमै २०२६ मोडलको जिली ईएक्स५ सार्वजनिक गरेको छ । सामान्य बजार समय–तालिका भन्दा निकै अगावै नयाँ मोडलको उपस्थितीलाई कम्पनीले उल्लेखनीय उपलब्धि बताएको छ ।

नेपालका अधिकांश अटोमोबाइल आयातकर्ताहरूले नयाँ मोडलका सवारीसाधनहरू प्रायःवर्षको मध्यतिर सार्वजनिक गर्ने प्रचलन रहेको अवस्थामा, एलआरआर मोटर्सले २०२६ सालको पहिलो महिनामै २०२६ मोडलको जिली ईएक्स५ नेपाली बजारमा उपलब्ध गराउन सफल भएको हो । जसले नेपाली उपभोक्तामा नवीनतम विश्वस्तरीय अटोमोबाइल प्रविधिलाई तत्कालै सर्बसुलभ गराउने कम्पनीको प्रतिबद्धतालाई पुष्टि गरेको छ ।

जिली ईएक्स५ खरिद गर्ने योजना बनाइरहेका ग्राहकहरूका लागि यो खबर अत्यन्तै सकारात्मक रहेको कम्पनीले जनाएको छ । अब ग्राहकहरूले अपेक्षाभन्दा निकै छिटो नयाँ मोडलको सवारीसाधन प्राप्त गर्न सक्नेछन्, जसले उच्च पुनःबिक्री मूल्य, अद्यावधिक प्रविधि तथा भविष्य–मैत्री ड्राइभिङ अनुभव सुनिश्चित गर्दछ ।

थप आकर्षणका रूपमा, २०२६ मोडलको जिली ईएक्स५ मा इनबिल्ट एप्पल कारप्ले तथा एन्ड्रोइड अटो कनेक्टिभिटी प्रदान गरिएको छ, जसले स्मार्टफोन सँगको सहज एकीकरणमार्फत समग्र ड्राइभिङ अनुभवलाई अझ सशक्त बनाएको छ ।

यस प्रणालीमार्फत चालकहरूले सुरक्षित र सहज रूपमा नेभिगेसन, कल, सन्देश तथा मनोरञ्जन सुविधाहरू प्रयोग गर्न सक्नेछन्, जसले नेपालमा तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारी (ईभी) बजारमा जिली ईएक्स५ लाई प्रविधिमा अग्रणी इलेक्ट्रिक एसयूभीको रूपमा थप मजबुत बनाउने बताइएको छ ।

‘नेपाली ग्राहकहरुलाई ढिलाई नगरी नवीनतम विश्वव्यापी मोबिलिटी समाधान उपलब्ध गराउनु एलआरआर मोटर्सको सदैव प्राथमिकताको विषय होे,’ एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले भने, ‘इनबिल्ट एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता उन्नत सुविधासहित नयाँ ईएक्स५ ले ग्राहकहरूलाई थप सुविधा, कनेक्टिभिटी तथा दीर्घकालीन मूल्य प्रदान गर्नेमा हामी विश्वस्त छांै ।’

‘ग्राहकहरूको दृष्टिकोणबाट हेर्दा, यसले अद्यावधिक प्रविधियुक्त सवारीसाधन र दीर्घकालीन रूपमा अधिक मूल्य प्राप्त गर्ने अवसर प्रदान गर्दछ,’ श्रेष्ठले थपे ।
यस्तो प्रारम्भिक उपलब्धताले ग्राहकहरूलाई पुरानो वा आउट गोइङ मोडलको सवारीसाध नखरिद गर्नुपर्ने अवस्थाबाट बचाउँछ । यस कदमले एलआरआर मोटर्सलाई बजार समय तालिकाभन्दा अघि रहन र ग्राहकको अपेक्षा पूरा गर्न प्रतिबद्ध अग्रणी ब्रान्डको रूपमा स्थापित गरेको छ ।

समयमै गरिएको सार्वजनिकरणसँगै, एलआरआर मोटर्सले नवप्रवर्तन, ग्राहक सन्तुष्टि तथा विश्वस्तरीय सवारीसाधन नेपाली बजारमा उपलब्ध गराउने लक्ष्यप्रति केन्द्रित अग्रगामी अटोमोबाइल कम्पनीको रूपमा आफ्नो पहिचान अझ सुदृढ बनाएको छ ।

सम्बन्धित समाचारहरू

इभियमले लन्च गर्यो ३ नयाँ इलेक्ट्रिक स्कुटर, रेन्ज १५० किलोमिटरसम्म

इभियमले लन्च गर्यो ३ नयाँ इलेक्ट्रिक स्कुटर, रेन्ज १५० किलोमिटरसम्म

इलेक्ट्रिक टु ह्विलर ब्रान्ड इभियमले ३ नयाँ इलेक्ट्रिक स्कुटर लन्च गरेको...

२०२५ मा ब्याट्रीबाट चल्ने ईभीमा बीवाईडीको रेकर्ड, टेस्लालाई उछिन्ने अवस्था

२०२५ मा ब्याट्रीबाट चल्ने ईभीमा बीवाईडीको रेकर्ड, टेस्लालाई उछिन्ने अवस्था

चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बीवाईडीले सन् २०२५ मा करिव २२ लाख ५५...

बीएमडब्ल्युको इलेक्ट्रिक कार आईएक्स ३ भोलि नेपाली बजारमा सार्वजनिक हुँदै

बीएमडब्ल्युको इलेक्ट्रिक कार आईएक्स ३ भोलि नेपाली बजारमा सार्वजनिक हुँदै

काठमाडौं – बीएमडब्ल्युको इलेक्ट्रिक कार पहिलो पटक नेपाली बजारमा भित्रिने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...