नयाँ डिजाइन र आधुनिक सुविधासहित २०२६ फोर्स ट्राभलर एन रेन्ज भारतमा लन्च

फोर्स मोटरले आफ्नो लोकप्रिय मिनी बस ट्राभलरको नयाँ २०२६ एन रेन्ज मोडल लन्च गरेको छ।

कम्पनीले सो नयाँ मोडलमा डिजाइन, प्रविधि, परफर्मेन्समा उल्लेखनीय सुधार गरेको छ। यो गाडी टुर एण्ड ट्राभल, स्कुल बस, एम्बुलेन्स तथा डेलिभरी सेवाका लागि उपयोगी विकल्प बन्न सक्ने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार फोर्स ट्राभलर एन रेन्जको बुकिङ मे १५ देखि सुरु हुनेछ। नयाँ मोडललाई कम्पनीले पहिलेभन्दा अझ प्रिमियम र आधुनिक बनाएको छ। गाडीको अगाडिको भागमा स्टाइलिश एलईडी डेटाइम रनिङ ल्याम्प र नयाँ टर्न इन्डिकेटर समावेश गरिएको छ भने पछाडिको डिजाइन पुरै परिवर्तन गरिएको छ। इन्टेरियरमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र ९ इन्चको एन्ड्रोइड टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ ।

नयाँ ट्राभलरमा नयाँ डिजाइनका सिट प्रयोग गरिएको छ भने कुलिङका लागि नयाँ एचभिएसी सिस्टम समावेश गरिएको छ। यसमा क्याबिनको आवाज कम गर्न आधुनिक इन्सुलेशन प्रविधि प्रयोग गरिएको छ।  यसमा २.६ लिटर टर्बो डिजेल इन्जिन जडान गरिएको छ । यसको इन्जिनलाई म्यानुअल गियरबक्ससँग जोडिएको छ, जसले पछाडिका पाङ्ग्रामा पावर प्रदान गर्छ।

सम्बन्धित समाचारहरू

फोर्स मोटर्सको गाडी किन्दा रिलायन्स फाइनान्सबाट सहजै कर्जा पाइने

फोर्स मोटर्सको गाडी किन्दा रिलायन्स फाइनान्सबाट सहजै कर्जा पाइने

काठमाडौं– फोर्स मोटर्सको नेपालका लागि आधिकारिक वितरक आयाम...

नाडा अटो शो २०२३ मा लन्च हुँदैछ फोर्सको माइक्रोबस अरबानिया, मूल्य ८२ लाख ९९ हजार

नाडा अटो शो २०२३ मा लन्च हुँदैछ फोर्सको माइक्रोबस अरबानिया, मूल्य ८२ लाख ९९ हजार

नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल...

फोर्स ट्राभलर इलेक्ट्रिक मिनीबसको परीक्षण सुरु, नेपाल पनि आउने

फोर्स ट्राभलर इलेक्ट्रिक मिनीबसको परीक्षण सुरु, नेपाल पनि आउने

फोर्स मोटर्सले आफ्नो लोकप्रिय मिनीबस, ट्राभलरको ईभी भर्सन परीक्षण गर्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...