किया ईभी६ बन्यो युरोपको ‘कार अफ द इयर २०२२’, नेपाल आउने तयारीमा
कियाले हालै अन्तर्राष्ट्रिय बजारमा लन्च गरेको इलेक्ट्रिक कार ईभी६...
किया कार्निभलको फेसलिफ्टेड संस्करण गत वर्ष विश्वव्यापी रूपमा प्रस्तुत गरिएको थियो। अब कम्पनीले सो फेसलिफ्टेड एसयूभी २०२५ को सुरुमा अमेरिकामा लन्च गर्ने भएको छ । साथै, आगामी महिना भारतमा पनि लन्च गर्ने कम्पनीले जनाएको छ । नेपाली बजारमा पनि केही समय पछि आउने अनुमान गर्न सकिन्छ ।
किया कार्निभल भारतीय सडकमा धेरै पटक परीक्षणको क्रममा देखिएको छ । यसमा भर्टिकल पोजिसनको एलईडी हेडल्याम्प क्लस्टर, ठुलो फ्रन्ट ग्रिल सेक्सन, टिन्टेड विन्डोज, १७ इन्च अलोय ह्विल र पावर स्लाइडिङ रियर डोर हुन सक्ने अनुमान गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार २०२५ किया कार्निभलमा ३.५ लिटर भी६ इन्जिन जडान गरिएको छ, जसले २९१ पीएस पावर र ३५२ एनएम टर्क जेनेरेट गर्छ र यसलाई ८ स्पिड एटीसँग जोडिएको छ । यसमा रहेको ट्विन ई मोटर र १.४९ किलोवाट लिथियम आयोन ब्याट्रीका साथै १.६ लिटर टर्बो इन्जिनले २४५ पीएस र ३६७ एनएमको पावर जेनेरेट गर्न सक्षम छ ।
कारको क्याबिनमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीसहितको ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले रहेको छ । साथै ६ स्पिकर अडियो, ट्रिपल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल र ४.२० इन्च इन्स्ट्रयुमेन्ट हुने अपेक्षा गरिएको छ ।
यसको प्रिमियम एमपीभीमा फर्वार्ड कोलिजन अभोइडेन्स, ब्लाइन्ड स्पट कोलिजन अभोइडेन्स, रियर क्रस ट्राफिक कोलिजन अभोइडेन्स, लेन किपिङ असिस्ट, हाइवे ड्राइभिङ असिस्ट, लेन फ्लोइङ असिस्ट, स्टप एण्ड गोसँग स्मार्ट क्रुज कन्ट्रोल, सेफ एक्जिट असिस्ट र हाई बिम सेफ्टी फिचर उपलब्ध गराइएको छ ।
कियाले हालै अन्तर्राष्ट्रिय बजारमा लन्च गरेको इलेक्ट्रिक कार ईभी६...
किया इन्डियाले फरवरी १५ मा नयाँ किया क्यारेन्स भारतमा लन्च गरेको थियो र...
कियाले चाँडै नै आफ्नो पहिलो इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरिरहेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...