होन्डा एक्सआर३००एल र एक्सआर३०० र्यालीको नयाँ मूल्य घोषणा, २९३ सीसी इन्जिन र अफरोड–केन्द्रित डिजाइन
होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डिया लिमिटेडले आफ्नो नयाँ एड्भेन्चर...
होन्डा मोटरसाइकलले भारतीय बजारमा २०२५ को बहुप्रतीक्षित एक्सएल७५० ट्रान्सल्प बाइक लन्च गरेको छ। अफरोड, टुरिङ र साहसिक यात्राका प्रेमीलाई लक्षित गर्दै तयार पारिएको सो नयाँ बाइकको प्रारम्भिक एक्स-शोरूम मूल्य १० लाख ९९ हजार भारु राखिएको छ। बाइकको बुकिङ सुरु भइसकेको छ भने यसको डेलिभरी जुलाई २०२५ बाट सुरु हुने होन्डाले जनाएको छ।
नयाँ एक्सएल७५० ट्रान्सल्पलाई होन्डाले एकदमै नयाँ डिजाइनका साथ प्रस्तुत गरेको छ। यसमा आधुनिक हेडलाइट क्लस्टर, नयाँ विन्डस्क्रिन र स्पोक ह्विल समावेश छ । सो बाइक टुरिङ र अफरोड दुवै लागि उपयुक्त छ।
सो बाइकमा ७५५ सीसीको लिक्विड-कुल्ड, प्यारालल-ट्विन इन्जिन जडान गरिएको छ, जसले ९१.७७ पीएस पावर र ७५ एनएम टर्क उत्पादन गर्छ। राइड-बाई-वायर थ्रोटल, ६ स्पिड गियरबक्स र स्लिप-एन्ड-एसिस्ट क्लचको संयोजनले बाइकलाई स्मुथ बनाउँछ।
एक्सएल७५० ट्रान्सल्पको सस्पेन्सन पनि अफ-रोड प्रदर्शनलाई केन्द्रमा राखेर निर्माण गरिएको छ। यसमा अगाडि २१ इन्च र पछाडि १८ इन्चको वायर-स्पोक ट्युब्ड टायर छ । यसको फ्रन्टमा शोभाको ४३ एमएम इन्भर्टेड फोर्क र रियरमा लिङ्क-टाइप मोनोशक दिइएको छ । ब्रेकिङ सिस्टममा ३१० एमएम ड्युअल फ्रन्ट डिस्क र २५६ एमएम रियर डिस्क दिइएको छ, जसमा डुअल-च्यानल एबीएस पनि छ।
बाइक ५ इन्चको कलर टीएफटी कन्सोलमा स्मार्टफोन कनेक्टिभिटी, टर्न-बाई-टर्न नेभिगेसन, म्युजिक र कल अलर्ट, ब्याकलिट स्विचगियर, अटोमेटिक टर्न सिग्नल जस्ता फिचर समावेश छ । साथै, यसमा स्पोर्ट, स्ट्यान्डर्ड, रेन, ग्रेभल र युजर मोड रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...