२०२५ होन्डा एलिभेट नयाँ लुक र फिचरसहित अपडेट, के छ नयाँ?

होन्डा कार इन्डियाले आफ्नो लोकप्रिय एसयूभी एलिभेट नयाँ लुक र फिचरसहित अपडेट गरेको छ । कम्पनीले यसमा नयाँ इन्टेरियर थिम, अपहोल्स्ट्री र केही विशेष फिचर थपेको छ, जसले गाडीको आकर्षणलाई अझ प्रिमियम बनाएको छ।

नयाँ एलिभेटमा अब अल्फा–बोल्ड प्लस ग्रिल दिइएको छ, जसमा ९ भर्टिकल स्ल्याट र मोटा क्रोम बोर्डर छ । यसले पहिलेको फ्लोटिङ होरिजोन्टल डिजाइनलाई प्रतिस्थापन गरेको छ। सो ग्रिल सबै भेरिएन्टमा ऐसेसरीका रूपमा उपलब्ध हुनेछ भने सिग्नेचर ब्ल्याक एडिसनमा भने यो स्ट्यान्डर्ड रहनेछ।

साथै कम्पनीले नयाँ क्रिस्टल ब्ल्याक पर्ल कलर पनि उपलब्ध गराएको छ। पहिले यो केवल ब्ल्याक एडिसनमा मात्र सीमित थियो, तर अब सबै भेरिएन्टमा उपलब्ध हुनेछ। सो प्रिमियम कलरको लागि ८ हजार भारु अतिरिक्त रकम तिर्नुपर्नेछ।

एलिभेट जेडएक्समा ३६० डिग्री क्यामेरा र सात रङको एम्बियन्ट लाइटिङकाे विकल्प पनि दिइएको छ। त्यस्तै भी र भीएक्स भेरिएन्टमा पहिलेको स्याडाे बेज फ्याब्रिक अपहोल्स्ट्री हटाइएर ब्ल्याक फ्याब्रिक सिट र सेतो सफ्ट–टच ड्यासबोर्ड राखिएको छ। यसको सिग्नेचर ब्ल्याक एडिसनमा सात रङको एम्बियन्ट लाइटिङ अब स्ट्यान्डर्ड सुविधा बनाइएको छ।

सो एसयूभीकाे इञ्जिनमा भने कुनै परिवर्तन गरिएको छैन। २०२५ एलिभेटमा पहिलेझैँ १.५ लिटरको फोर सिलिन्डर नेचुरली एस्पिरेटेड पेट्रोल इञ्जिन नै राखिएको छ। यसले १२१ हर्सपावर र १४५ एनएम टर्क प्रदान गर्छ। यसमा ६ स्पिड म्यानुअल र सीभीटी अटोमेटिक गियरबक्सको विकल्प उपलब्ध छ।

सम्बन्धित समाचारहरू

दैनिक १८० रुपैयाँ तिरेर यसरी लिन सकिन्छ होन्डा साइन

दैनिक १८० रुपैयाँ तिरेर यसरी लिन सकिन्छ होन्डा साइन

होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले...

फिचर : हिरो र होन्डा सहकार्यमा ब्रेकअपको १० वर्ष, भारत र नेपाल कनेक्सन

फिचर : हिरो र होन्डा सहकार्यमा ब्रेकअपको १० वर्ष, भारत र नेपाल कनेक्सन

भारतमा सबैभन्दा पहिले मोटरसाइकल उत्पादन गर्ने कम्पनी मध्मे एक हिरोहोन्डा...

होन्डा ग्राहकका लागि खबर : आज देखि ५ हजार रुपैयाँ सम्म महंगो बने बाइक र स्कुटर

होन्डा ग्राहकका लागि खबर : आज देखि ५ हजार रुपैयाँ सम्म महंगो बने बाइक र स्कुटर

काठमाडौं – नेपाली बजारमा लोकप्रिय रहेका होन्डाका बाइक र स्कुटरको मूल्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...