संसद सचिवालयमा बीवाईडीका इलेक्ट्रिक कार, चाइना एडले दियो सहयोग
काठमाडौं – चाइना एडले संसद सचिवालयलाई बीवाईडीका विद्युतीय कार उपलब्ध...
बीवाईडीले आफ्नो लोकप्रिय मोडल एट्टो३ को २०२५ संस्करण सार्बजनिक गरेको छ । सो अपडेटेड भर्सनको तस्विरलाई कम्पनीले चीनको नियामकिय निकाय उद्योग तथा सुचना प्रबिधी मन्त्रालयमा पठाउने क्रममा सार्बजनिक गरेको हो ।
सार्बजनिक भएको उक्त तस्विरमा नयाँ एट्टो३ निकै आकर्षक र बोल्ड देखिएको छ । यसको फ्रन्ट फेन्डरमा क्यामेरा राखिएको प्रष्ट देख्न सकिन्छ भने नयाँ बम्परले लुक्सलाई थप एग्रेसिभ बनाएको छ । २०२५ एट्टो३ को ग्रिल र हेडलाइट भने परिवर्तन भएको छैन ।
अगाडी राखिएको नयाँ क्यामेराले एडास फिचरलाई थप प्रभावकारी बनाउने अनुमान गरिएको छ । बीवाईडीले हालै चीनको प्रख्यात ड्रोन निर्माता डिजेआईसंग एडास फिचर लिने गरी एक सम्झौता गरेको थियो ।
कारको पछाडी भागमा सामान्य परिवर्तन मात्रै गरिएको छ । पछाडी यसको रुफ स्पोइलर र रुफ पिल्लरमात्र परिवर्तन गरिएको छ भने बम्पर लाईनलाई फ्रन्टको डिजाइन ल्यांग्वेजसंग म्याच हुनेगरी अपग्रेड गरिएको छ ।
चिनियाँ बजारमा युवान प्लस नामले बिक्री हुँने सो नयाँ भर्सन यसै वर्षको दोस्रो त्रैमासिकमा लन्च हुने अनुमान गरिएको छ । नयाँ मोडलको मुल्य र इन्टेरियरमा गरिएको अपडेट भने सार्बजनिक गरिएको छैन ।
काठमाडौं – चाइना एडले संसद सचिवालयलाई बीवाईडीका विद्युतीय कार उपलब्ध...
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ‘अपग्रेड...
चिनियाँ अटोमेकर कम्पनी बीवाईडीले दोस्रो त्रैमासिकमा इलेक्ट्रिक सवारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...