२०२३ मोडलको केटीएम २५० एड्भेन्चर नेपालमा, ७० हजार कम मूल्यका साथ उपलब्ध

काठमाडौं – नेपाली बजारमा केटीएमको २०२३ मोडलको २५० एड्भेन्चर बाइक भित्रिएको छ । पहिले ८ लाख २० हजार मूल्य रहेकोमा अहिले यो बाइकको मूल्य ७० हजार कम भएर ७ लाख ५० हजार मात्र तोकिएको छ ।

नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो बाइक इलेक्ट्रोनिक अरेन्ज र फ्याक्ट्री रेसिङ ब्लु कलरमा उपलब्ध गराएको छ । कलर र ग्राफिक्स बाहेक यसमा अन्य कुनै परिमार्जन गरिएको छैन ।

सो बाइकमा २४८ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन समावेश गरिएको छ । जसले ९००० आरपीएमा ३० एचपी पावर र ७५०० आरपीएममा २४ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ ।

केटीएम २५० एड्भेन्चरमा डब्ल्युपी एपेक्स सेटको सस्पेन्सन प्रयोग गरिएको छ । पछाडिको सक एब्जर्बरमा मिलाउन मिल्ने प्रिलोडका साथ १७७ एमएम ट्राभल रेन्ज हुन्छ भने डब्ल्युपी एपेक्स अपसाइड डाउन ४३ एमएम अगाडिको १७७ एमएम ट्राभल रेन्ज हुन्छ ।

यसमा हेभी ड्युटी कास्ट ह्विल र ट्राभल स्पेसिफिक ट्युबलेस टायर छ भने यसले हरेक अवस्थामा उत्कृष्ट ड्याम्पिङ प्रदान गर्छ । ब्रिम्बोद्वारा निर्मित अत्याधुनिक ब्रेकमा ४ पिस्टन रेडियल्ली माउन्टेड क्यालिपरका साथ २३० एमएम रियर डिस्क ब्रेक र ठूलो ३२० एमएम फ्रन्ट डिस्क ब्रेक छ ।

बोसको अत्याधुनिक एबीएस सिस्टमले यसमा अफरोड मोड थप गरेको छ । यसकारण जस्तोसुकै सडकमा पनि सहज तरिकाले चलाउन सकिन्छ ।

बीएस६ मापदण्डयुक्त इन्जिन र १४.५ लिटरको इन्धन ट्यांकी सहितको एड्भेन्चर बाइकलाई नेपालका विभिन्न भुभागमा सहज तरिकाले चलाउन सहयोग हुने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

नयाँ केटीएम १६० ड्युक र आरसी १६० चाँडै लन्च हुने

नयाँ केटीएम १६० ड्युक र आरसी १६० चाँडै लन्च हुने

केटीएमले चाँडै नै भारतीय बजारमा आफ्नो एन्ट्री-लेभल १२५ सीसी मोटरसाइकल १२५...

केटीएम र हस्कभर्नाको फेस्टिभ अफर : विशेष अफरका साथ एक्सक्लुसिभ केटीएम राइडिङ ज्याकेट

केटीएम र हस्कभर्नाको फेस्टिभ अफर : विशेष अफरका साथ एक्सक्लुसिभ केटीएम राइडिङ ज्याकेट

काठमाडौं – नेपाली बजारमा उपलब्ध केटीएम र हस्कभर्ना ब्रान्डका बाइक अब ५०...

अपाचे र पल्सर सिरिजको टक्करमा आउँदै छन् केटीएम आरसी सिरिज

अपाचे र पल्सर सिरिजको टक्करमा आउँदै छन् केटीएम आरसी सिरिज

केटीएम आरसी ३९० केही समयका लागि कम्पनीको वेबसाइटमा राखिएको र तुरुन्तै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...