२०२२ हुन्डाई क्रेटाको अफिसियल टिजर जारी, अब क्रेटामा यी थप ५ परिवर्तन हुने सम्भावना

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईको सबैभन्दा बढी बिक्री हुने मोडल हो क्रेटा । कम्पनीले नोभेम्बर २०२१ मा सो मिड साइज एसयूभीको अपडेट भर्सन ल्याउने भएको छ । यद्यपि लन्चिङ भन्दा पहिला नै कम्पनीले कारको इन्टेरियर र एक्सटेरियरको फोटो जारी गरेको छ । रिपोर्टका अनुसार २०२२ हुन्डाई क्रेटा फेसलिफ्ट मोडल सबैभन्दा पहिले इन्डोनेसियामा लन्च हुनेछ । यसपछि यो भारतमा २०२२ मा लन्च गरिनेछ । नेपालमा पनि २०२२ मा आउन सक्छ ।

टुसानबाट प्रभावित फ्रन्ट फेस
नयाँ हुन्डाई क्रेटा २०२२ को फ्रन्टको लुक नेक्स्ट जेनेरेशन टुसानबाट प्रभावित हुनेछ । हुन्डाईको आकर्षक स्पोर्टी डिजाइनको साथमा नयाँ डिजाइन गरिएको प्यारामिट्रिक ग्रिलले यसलाई नयाँ रूप दिनेछ । पुरानो मोडलको तुलनामा नयाँ मोडलमा अलि चौडा आकारको हेडल्याम्प युनिट हुनेछ । यसको एलईडी डिआरएल नयाँ टुसानबाट लिइएको छ । नयाँ क्रेटा फेसलिफ्टमा नयाँ बम्पर, नयाँ फक्स स्किड प्लेट र फग ल्याम्प, नयाँ डिजाइन गरिएको अलोय ह्वील र स्प्लिट टेलल्याम्प समावेश गर्ने सम्भावना रहेको छ ।

सार्पर रियर फेसिया
नयाँ हुन्डाई क्रेटाको पछिल्लो भाग समेत एंगुलर अपिलमा उपलब्ध छ । रिडिजाइन गरिएको बुटलिड सहित यसमा अझै सार्प टेलल्याम्प छ । समग्रमा अझै सार्प डिजाइन सहितको रियर फेसिया यसमा उपलब्ध छ ।

थप फिचर लिस्ट
२०२२ हुन्डाई क्रेटा फेसलिफ्ट मोडलको इन्टेरियर लेआउटमा कुनै परिवर्तन हुनेछैन । तर यसमा विभिन्न नयाँ फिचर समावेश हुनेछ । नयाँ मोडलमा हेड अप युनिट, ३६० डिग्री क्यामेरा र एडीएएस सहित केही एड्भान्स सुविधा समावेश गर्नेछ । अन्य फिचर भने वर्तमान मोडलमा जस्तै हुनेछ ।

इन्जिन र ट्रान्समिसन
इन्डोनेसियामा नयाँ हुन्डाई क्रेटा २०२२ मा १.५ लिटर पेट्रोल इन्जिनको साथ पेश गर्ने अपेक्षा गरिएको छ । एसयूभीमा १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल, १.४ लिटर टर्बो पेट्रोल र १.५ लिटर टर्बो डिजेल इन्जिन विकल्पको साथ आउने सम्भावना रहेको छ । नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन ११५ बीएचपीको पावर र १४४ एनएमको टर्क जेनेरेट गर्छ । जबकी टर्बो पेट्रोल इन्जिनले १४० बीएचपीको पावर र २४२ एनएमको टर्क जेनेरेट गर्छ । १.५ लिटर डिजेल इन्जिनले ११५ बीएचपीको पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ ।

वर्तमान मोडलमा जस्तै २०२२ हुन्डाई क्रेटा फेसलिफ्ट टर्बो पेट्रोल भेरिएन्टमा ७ स्पिड डीसीटी अटोमेटिक गियरबक्स मात्र उपलब्ध हुनेछ । एसयूभी मोडल लाइनअप ६ स्पिड म्यानुअल, ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स विकल्पको साथमा उपलब्ध हुनेछ ।

इन्जिनको वारेमा विस्तृत जानकारी नभए पनि यसमा अपडेट गरिएको पेट्रोल इन्जिन माइल्ड–हाइब्रिड टेक्नोलोजी सहितको हुन सक्छ । यसबाट नयाँ क्रेटा अझै पर्फमेन्सयुक्त हुन सक्ने छ ।

आईएमटीको प्रवेश
अर्को थप सुविधा भनेको आईएमटी गियरबक्स हुनेछ, जुन हुन्डाईले पहिलो पटक भेन्युमा प्रयोग गरेको थियो । उक्त क्लचलेस म्यानुअल गियरबक्स अब हुन्डाई क्रेटामा समेत उपलब्ध हुन सक्ने छ ।

सम्बन्धित समाचारहरू

भारतमा सर्बाधिक बिक्री हुने एसयूभीको पहिलो नम्बरमा सुजुकी फ्रङ्क्सको प्रवेश

भारतमा सर्बाधिक बिक्री हुने एसयूभीको पहिलो नम्बरमा सुजुकी फ्रङ्क्सको प्रवेश

फेब्रुअरी २०२५ मा भारतमा शीर्ष १० एसयूभीको बिक्री सूची सार्वजनिक भएको छ ।...

क्रेटा ईभी सहित ३ नयाँ ईभी लन्च गर्दै हुन्डाई

क्रेटा ईभी सहित ३ नयाँ ईभी लन्च गर्दै हुन्डाई

हुन्डाईले आगामी दिनमा आफ्ना नयाँ इलेक्ट्रिक मोडलहरु लन्च गर्ने तयारी...

पाकिस्तान हुन्डाइले गरेको ट्विटको भारतमा बिरोध, खासमा भएको थियो के ?

पाकिस्तान हुन्डाइले गरेको ट्विटको भारतमा बिरोध, खासमा भएको थियो के ?

दक्षिण एसियाका दुई छिमेकी राष्ट्र भारत र पाकिस्तान राष्ट्रबादको बिषयमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...