फक्सवागनको गहिरिदो संकट, ईभी ब्रान्डका कारण चीनमा समेत भविष्य अनिश्चित बन्दै
चिनियाँ अटो पारखीले दशकौदेखि मन पराउँदै आएको जर्मन ब्रान्ड फक्सवागन अहिले...
फक्सवागनले छैटौं जेनेरेसन फक्सवागन पोलो फेसलिफ्ट कार अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरेको छ । यसको लुक निकै स्टाइलिस रहेको छ । सो कारमा आईडी३ डिजाइन एलिमेन्ट्सको प्रयोग गरिएको छ ।
नयाँ फक्सवागन पोलोमा नयाँ ड्युअल बिम हेडलाइट एलईडी डीआरएल स्ट्रिप ग्रिलमा प्रदान गरिएको छ । साथै यसको अलोय ह्वील पनि नयाँ डिजाइनमा समावेश गरिएको छ । यसको फ्रन्टमा पनि केही परिवर्तन गरिएको छ । यद्यपि रियरमा नयाँ स्प्लिट एलईडी टेललाइट प्रयोग गरिएको छ ।
सो कारको इन्टेरियरमा केही परिवर्तन गरिएको छ । सो कारमा नयाँ फ्ल्याट बटम स्टेयरिङ ह्वील र ठूलो ९.२ इन्चको इन्फोटेनमेन्ट सिस्टमको विकल्प रहेको छ । यद्यपि यसमा ६.५ इन्च यूनिट स्ट्यान्डर्ड रहेको छ ।
सो कारमा ड्राइभर असिस्टेन्स फिचर, एड्भान्स कनेक्टेड टेक्नोलोजी, डुअल जोन क्लाइमेट कन्ट्रोल, क्रुजर कन्ट्रोल, वायरलेस चार्जिङ, किलेस एन्ट्री, पुस–बटन स्टार्ट फिचर रहेको छ । सो कारको टप स्पिड २१० किलोमिटर प्रति घन्टा रहेको छ ।
फक्सवागन पोलो फेसलिफ्टमा १.० लिटरको ३ सिलिन्डर भएको नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन समावेश गरिएको छ । यसको साथै सो कारमा टीएसआई टर्बाे पेट्रोल इन्जिनको पनि विकल्प रहेको छ । सो कारको इन्जिनले ७९ बीएचपी र १०७.५ बीएचपीको अधिकतम पावर जेनेरेट गर्छ । सो कारमा म्यानुअल ट्रान्समिसनको साथमा ड्युल क्लच अटोमेटिक ट्रान्समिसनको विकल्प रहेको छ ।
सो कार भारतमा कहिले लन्च हुन्छ भन्ने जानकारी कम्पनीले दिएको छैन । साथै भारतीय स्पेसिफिकेशनमा परिवर्तन हुन्छ कि हुँदैन भन्ने जानकारी दिइएको छैन । नेपाली बजारमा पनि कहिले आउछ भनेर अहिले नै भन्न सकिदैन ।
चिनियाँ अटो पारखीले दशकौदेखि मन पराउँदै आएको जर्मन ब्रान्ड फक्सवागन अहिले...
काठमाडौं – फक्सवागनको नेपालका लागि आधिकारिक वितरक पूजा इन्टरनेसनलले नयाँ...
जर्मन अटो मेकर फक्सवागनले पर्सि बिहीबार अर्थात सेप्टेम्बर २३ मा भारतीय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...