बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
टाटा मोटर्सले भारतमा २०२१ टाटा सफारी एसयूभी लन्च गरेको छ । टाटा सफारी मुलरुपमा कम्पनीको लोकप्रिय एसयूभी टाटा ह्यारियरको थ्री रो भएको एडिसन हो र यो पहिलो पटक २०२० अटो एक्सपोमा टाटा ग्रेभिटासको नामले प्रदर्शित गरिएको थियो ।
टाटा सफारी ६ भेरिएन्टमा उपलब्ध हुनेछ । यसमा एक्सई, एक्सएम, एक्सटी, एक्सटी प्लस, एक्सजेड र एक्सजेड प्लस समावेश रहेको छ । कम्पनीले सो एसयूभीको ४ फेब्रुअरीदेखि बुकिङ सुरु गर्ने भएको छ । कारमा यो रेन्जको सबैभन्दा ठूलो सनरुफ समावेश रहेको छ ।
यद्यपि ह्यारियरको तुलनामा टाटा सफारीमा प्रिमियम लुक दिनको लागि केही परिवर्तन गरिएको छ । रियर सिटको लागि रियर ओभरह्याङको प्रयोग गरिएको छ । टाटा सफारीको फ्रन्ट फेसियाको रिडिजाइन गरिएको छ । साथै फ्रन्ट ग्रिलमा क्रोम उपलब्ध रहेको छ । जबकि कम्पनीको ओभरल इन्प्याक्ट २.० स्टाइलिङ ल्याङग्वेज पुरानै स्थितिमा राखिएको छ ।
टाटा सफारीमा क्रोम बम्पर, बुट इन्टिग्रेटेड स्पोइलरको साथमा हाई माउन्टेड स्टप ल्याम्प, शार्क फिन एन्टिना, क्रोम विन्डो लाइन, नयाँ अलोय ह्विलको साथमा उपलब्ध हुनेछ । कम्पनीले सफारीको तेस्रो लहरको लागि विशेष डिजाइन गरेको छ । सो लहरमा कप होल्डर्स, यूएसबी पोर्ट, एसी भेन्ट्स उपलब्ध हुनेछ ।
सफारीको इन्टेरियर ह्वाइट र ग्रे टु टोन थिम रहेको छ तर यसको केही इक्विपमेन्ट लिस्ट ह्यारियरको जस्तो देखिन्छ । कारमा एपल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी, अटोमेटिक क्लाइमेट कन्ट्रोल, नौ स्पिकर जेबीएल अडियो सिस्टम, इलेक्ट्रिक पार्किङ ब्रेक, ७ इन्च मल्टि इन्फो डिस्प्ले, लेयर्ड ड्यासबोर्डको साथमा फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम समावेश गरिएको छ ।
टाटा सफारीमा सेफ्टी फिचरको लागि ईएसपी सिस्टम समावेश गरिएको छ । कारमा ६ एयरब्याग, डिस्क ब्रेक, आईएसओफिक्स चाइल्ड सिट, इलेक्ट्रिक पार्किङ ब्रेक, कर्नरिङ स्टेबिलिटी कन्ट्रोल, एबीएसको साथमा ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल डिसेन्ट कन्ट्रोल आदि समावेश गरिएको छ ।
२०२१ टाटा सफारीमा २.० लिटर चार सिलिन्डर फिएट डिजेल इन्जिन समावेश गरिएको छ । जसले १७० पीएसको पावर र ३५० एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसनको साथमा उपलब्ध रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...