बजाजले लोकप्रिय बाइक पल्सर आरएस२०० को २०२१ एडिसन मलेसियामा लन्च गरेको छ । २०२१ बजाज पल्सर आरएस२०० मा नयाँ कलर र ग्राफिक्सको प्रयोग गरिएको छ । जसले बाइकलाई निकै आकर्षक बनाएको छ । मलेसिया पछि सो बाइक भारतमा लन्च गर्ने सम्भावना रहेको छ । यद्यपि कम्पनीले यसको बारेमा केही जानकारी दिएको छैन ।
सो बाइक ३ कलरमा प्रस्तुत गरिएको छ । यसमा पर्ल मेटालिक ह्वाइट, पेटर ग्रे ग्लासी र बर्नट रेड कलर समावेश रहेको छ । सो बाइकमा पर्ल मेटालिक ह्वाइट र पेटर ग्रेलाई ग्लासी फिनिसिङ दिइएको छ भने बर्न रेड कलरलाई मेट फिनिसिङ दिइएको छ । सो ३ वटै कलरको साथमा अलोय ह्वीलको कलर ह्वाइट राखिएको छ ।
बाइकको सिट कभरमा पल्सरको लोगो समावेश गरिएको छ । यसको साथै बाइकको फ्रन्ट र रियर फेन्डर्समा कार्बन फाइबर स्टिकर्स राखिएको छ । पेन्ट स्किम र अपडेटेड स्टिकर्स बाहेक सो बाइकमा केही परिवर्तन गरिएको छैन ।
नयाँ २०२१ पल्सर आरएस२०० बाइकमा १९९.५ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन समावेश गरिएको छ । सो इन्जिन ट्रिपल स्पार्क प्लग र ४ भल्व तथा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन टेक्नोलोजीबाट लेस रहेको छ । सो इन्जिनले ९७५० आरपीएममा २४.५ पीएसको पावर र ८००० आरपीएममा १८.६ एनएमको टर्क जेनेरेट गर्छ ।
सो बाइकको फ्रन्टमा टेलिस्कोपिक फोर्क्स र रियरमा ग्याँस चाज्र्ड मोनोसक सस्पेन्सन समावेश गरिएको छ । ब्रेकिङको लागि सो बाइकको फ्रन्ट ह्विलमा ३०० एमएम डिस्क ब्रेक र रियरमा २३० एमएमको डिस्क ब्रेक समावेश गरिएको छ । सेफ्टी फिचरको रुपमा सो बाइकमा सिंगल च्यानल एबीएस सिस्टम समावेश गरिएको छ ।
बजाजले पल्सर आरएस२०० पहिलो पटक सन् २०१७ मा मलेसियामा लन्च गरेको थियो ।