नेपाली बजार : २०२१ मोडलका कारको धमाधम खुल्दै बुकिङ

बर्ष २०२० बिदा भएसँगै बिभिन्न अटोमोबाइल कम्पनीहरु अहिले नयाँ मोडलका कारहरु लन्च गर्ने तयारीमा छन् । भारतीय बजारमा कतिपय कम्पनीहरुले यस्ता मोडलका कारहरु लन्च गरिसकेका छन् भने अधिकांश ब्रान्डले फेब्रुअरी महिनाभित्र लन्च गर्ने गरी तयारी गरिरहेका छन् ।

यस्तोमा हाल नेपाली बजारमा ३ अटोमोबाइल कम्पनी फोर्ड, किया र मारुती सुजुकीले २०२१ मोडलका कारको बुकिङ तथा बिक्री प्रारम्भ गरेका छन् ।

किया गाडीको आधिकारिक बितरक कन्टिनेन्टल इन्टरप्राइजेजले २०२१ मोडलको सेल्टोस र सोनेट एसयूभीको बिक्री थालेको छ भने उसले स्पोर्टेज र सोरेन्टो एसयूभीको बुकिङ खुल्ला गरेको छ ।

त्यसैगरी फोर्ड गाडीको आधिकारिक बितरक जिओ आटोमोबाइल्सले पनि २०२१ मोडलको इकोस्पोर्टको बुकिङ खुल्ला गरेको छ । कम्पनीले पुरानै मोडलको मूल्यमा नयाँ इकोस्पोर्ट लगायतका गाडी बिक्री गर्ने बताएको छ ।

जिओ अटोमोबाइल्सका सिनियर मार्केटिङ अफिसर पंकज यादवले केही दिन भित्रै ग्राहकलाई गाडी समेत डेलिभरी गरिने बताए । पुरानै मूल्यमा गाडी उपलब्ध गराउनुका साथै विभिन्न अफर समेत उपलब्ध गराइरहेको उनको भनाइ छ ।

मारुती सुजुकीको आधिकारिक बितरक सिजी मोटोकर्पले पनि २०२१ मोेडलका विभिन्न गाडीको बिक्री प्रारभ भएको बताएको छ । सीजी मोटोकर्पका सिनियर मार्केटिङ म्यानेजर करुण शाक्यका अनुसार अल्टो बाहेक अन्य सबै गाडी नयाँ मोडलमा उपलब्ध छन् । यी सबै गाडी पहिले तोकिएकै मूल्यमा बिक्री गरिने छ ।

सीजी मोटोकर्पले हालै सुजुकी डिजायरको बुकिङ खुल्ला गरेको छ । भारतीय बजारमा बिक्रीका लागि उपलव्ध भइसकेको नयाँ डिजायर छिट्टै नेपाल भित्र्याउने उसको तयारी छ । अन्य नयाँ मोडलको हकमा भने भारतीय बजारमा लन्च भइसकेपछि मात्र बिक्री प्रारम्भ गरिने कम्पनीले बताएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...