२०२१ का लागि एमजी एस्टर सोल्ड आउट, यस्तो छ फिचर

बेलायती अटोमोबाइल कम्पनी एमजी मोटरले नयाँ मिड साइज एसयूभी एमजी एस्टरलाई भारतमा यस वर्षको लागि पूर्ण रुपमा बेचिसकेको छ । एमजी मोटरको आधिकारिक वेबसाइटमा २०२१ को लागि एमजी एस्टर बुकिङ समाप्त हुन आधा घण्टा भन्दा कम समय लागेको थियो । एमजी मोटरले एस्टर एसयूभीको बुकिङ बिहीबार बिहान ११ बजे बाट सुरु गरेको थियो । कम्पनीले कारको बुकिङ मूल्य २५ हजार भारु तोकेको थियो । कारको डेलिभरी नोभेम्बरबाट सुरू हुनेछ ।

सो एसयूभीमा पहिलो पटक अटोनोमस लेवल २ एडीएएस टेक्नोलोजी र आर्टिफिसियल इन्टेलिजेन्स फिचर भएको सेगमेन्टमा नै पहिलो कार हो । एस्टर एसयूभीले भारतीय बजारमा हुन्डाई क्रेटा र किया सेल्टोस जस्ता मिड साइज एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

इन्जिन र पावर
नयाँ एमजी एस्टर एसयूभी भारतमा पेट्रोल इन्जिनमा मात्र उपलब्ध रहेको छ । यसमा १.५ लिटर ४ सिलिन्डर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन र १.३ लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिन समावेश गरिएको छ । यसको १.५ लिटर इन्जिनले ११० बीएचपीको पावर र १४४ एनएमको टर्क उत्पन्न गर्छ । जबकि १.३ लिटरको इन्जिनले १४० बीएचपीको पावर र २२० एनएमका टर्क उत्पन्न गर्छ । १.३ लिटर इन्जिन ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसन र १.५ लिटर ६ स्पिड म्यानुअल र ८ स्पिड सीभीटी गियरबक्सको विकल्प पनि उपलब्ध रहेको छ ।

भेरिएन्ट र मूल्य
एमजी एस्टर मिड साइज एसयूभी ५ ट्रिम – स्टाइल, सुपर, स्मार्ट, शार्प र सेभीमा उपलब्ध छ । एसयूभीको नन–टर्बो भर्सनको मूल्य ९ लाख ७८ हजार देखि १४ लाख ९८ हजार भारु रहेको छ । जबकि टर्बो भर्सनको बेस भेरिएन्टको मूल्य १५ लाख ८८ हजार र टप–इन्ड भेरिएन्टको मूल्य १७ लाख ३८ हजार भारु रहेको छ ।

फिचर
एमजी एस्टरको आई स्मार्ट टेक्नोलोजी स्मार्ट, शार्प र सेभी भेरिएन्टमा ८० भन्दा बढी फिचर प्रदान गरिएको छ । यसको अटोनोमस लेवल २ टेक्नोलोजी फिचरको २२० टर्बो एटी र भीटीआई टेक सीभीटी ट्रान्समिसन ट्रिम्सको शार्प भेरिएन्टमा वैकल्पिक प्याकेजको रूपमा उपलब्ध रहेको छ । नयाँ एस्टर एसयूभी प्रिमियम र फिचर लोडेड क्याबिनको साथमा उपलब्ध रहेको छ । यसमा ड्यासबोर्ड र डोर प्यानलमा सफ्फ टच मेटरियलको साथमा अपमार्केट क्याबिन पनि समावेश गरिएको ।

एसयूभीमा फ्ल्याट बटम स्टेयरिङ ह्वील, ब्रश आल्मुनियम एक्सेन्ट, कनेक्टेड फिचरको लागि जियो ई–सिमको साथमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको छ । यसमा डिजिटल चाबी पनि रहेको छ । जसलाई स्मार्टफोनबाट कनेक्ट गर्न सकिन्छ । एसयूभीमा ७.० इन्च डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, रियर भ्यु मिररको नजिक यूएसबी प्लग इन रहेको छ ।

सेफ्टी फिचर
एस्टरको सबै भेरिएन्टमा २७ सेफ्टी फिचर उपलब्ध रहेको छ । जबकि टप भेरिएन्टमा ४९ सेफ्टी फिचर रहेको छ । नयाँ एमजी एस्टर ६ एयरब्याग, ईबीडीको साथमा एबीएस, एचएचसी, एचडीसी, इमरजेन्सी स्टप सिग्नल, आईएसओफिक्स चाइल्ड एंकर र ४ डिस्क ब्रेक जस्तै फिचर उपलब्ध रहेको छ । एसयूभीमा अटो होल्डको साथमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, टायर प्रेशर मोनिटरिङ सिस्टम, ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा, कर्नरिङ असिस्ट सहित फ्रन्ट फगल्याम्प, रियर फगल्याम्स, सेक्युरिटी अलार्म, रियर डिफोगर, हिटेड ओआरभीएम र अल्ट्रा हाई स्टिल केज बडी रहेको छ ।

अटोनोमस लेवल २ सेफ्टी
मिड साइज एसयूभी एस्टरमा पहिलो पटक लेवल २ अटोनोमस टेक्नोलोजी दिइएको छ । यसअघि कम्पनीले प्रिमियम एसयूभी एमजी ग्लोस्टरमा लेवल १ अटोनोमस टेक्नोलोजी समावेश गरेको थियो । अटोनोमस टेक्नोलोजीमा फिचर कैयौ सेफ्टी प्रोग्राम उपलब्ध रहेको छ । यसमा लेन डिपार्चर वार्निङ, लेन–कीपिङ असिस्ट, एडप्टिभ क्रुज कन्ट्रोल, हेडल्याम्प असिस्ट, फर्वाड कलिजन वार्निङ, आपतकालीन ब्रेकिङ सहित धेरै सुविधाहरु सामेल गरिएको छ ।

प्रतिस्पर्धा
नयाँ एमजी एस्टर भारतीय बजारमा हुन्डाई क्रेटा, किया सेल्टोस, स्कोडा कुशाक र फक्सवागन टाइगुनसँग प्रतिस्पर्धा गर्नेछ । यसको साथै टाटा हेरियर, एमजी हेक्टर र ५ सिटर महिन्द्रा एक्सयूभी७०० को बिक्रीमा पनि प्रभावित पार्न सक्ने सम्भावना रहेको छ ।

नेपालमा सम्भावना
नेपाली बजारमा यो एसयूभी उपलब्ध हुन केही समय लाग्ने छ । अहिले भारतमै बुकिङ समाप्त भएकाले नेपाल आउने सम्भावना कम छ ।

सम्बन्धित समाचारहरू

भारतमा हालै सार्बजनिक भएका यी ४ कार, माग बढी भएका कारण नेपाल आउन ढिलाई हुने

भारतमा हालै सार्बजनिक भएका यी ४ कार, माग बढी भएका कारण नेपाल आउन ढिलाई हुने

भारतीय बजारमा हालै सार्बजनिक भएका ४ भिन्न ब्रान्डका बहुप्रतिक्षत कारहरु...

कम्पनीले भन्यो, ‘विद्युतको तार सर्टका कारण एमजी जेडएस ईभीमा आगलागी’

कम्पनीले भन्यो, ‘विद्युतको तार सर्टका कारण एमजी जेडएस ईभीमा आगलागी’

काठमाडौं – हाल चर्चामा रहेको एमजी जेडएस ईभी आगलागीको कारण सर्ट सर्किट भएको...

एआई र ५ स्पेसल फिचर सहित एमजीले ल्याउदै छ पहिलो कम्प्याक्ट एसयूभी

एआई र ५ स्पेसल फिचर सहित एमजीले ल्याउदै छ पहिलो कम्प्याक्ट एसयूभी

एमजी मोटर इन्डियाले हालै नयाँ कम्प्याक्ट एसयूभी एमजी एस्टरको टिजर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...