टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्नको लागि महिन्द्रा ईएक्सयूभी३०० आउँदै
महिन्द्रा एन्ड महिन्द्राले अटोमोबाइल क्षेत्रमा नयाँ प्रोडक्ट लन्च गर्ने...
काठमाडौं – नेपालमा जोन डियर ट्रयाक्टर भित्रिएको २० वर्ष पुरा भएको छ । नेपालको प्रमुख व्यापारिक घराना मध्ये एक एमभी दुगड ग्रुपले अमेरिकाको जोन डियर एण्ड कम्पनीको सहायक कम्पनी जोन डियर इन्डिया प्रालिको सो ट्रयाक्टर भित्र्याएको थियो ।
सो अवसरमा चन्द्रागिरि हिल्समा एक भब्य कार्यक्रम बीच सहयात्राको २०औं वर्ष भव्यतापूर्वक मनाइएको छ । उक्त समारोहमा एमभी दुगड् ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्स प्रालि र जोन डियर इन्डियाका कर्मचारीहरुको समेत उपस्थिति थियो । सो अवसरमा १५० जना भन्दा बढी कर्मचारीहरुका साथै जोन डियर इन्डियाका सेल्स एण्ड मार्केटिङ्ग निर्देशक सत्यन शाह, जोनल बिजनेस म्यानेजर (इष्ट जोन) अनुज पौल, नेपालका लागि बिजनेस म्यानेजर कस्तव गयन आदिको उपस्थिति रहेको थियो ।
२ दिन सम्म चलेको उक्त कार्यक्रममा एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले जोन डियरसँगको २० वर्षको लामो सहयात्रा एकदमै ऐतिहासिक र खुशीयुक्त भएको र शुरुवाती दिनबाटै सबैको साथ सहयोगले नेपालमै सर्वाधिक रुचाइएको ट्रयाक्टर ब्राण्ड बनाउन सफल भएको बताए ।
उपाध्यक्ष विवेक दुगडले उक्त ट्रयाक्टर अत्याधुनिक प्रविधि सहितको विभिन्न विशेषता भएको हुनाले र देशैभर पैmलिएको बिक्री तथा सेवा केन्द्रहरु एवं अत्यन्तै जुझारु कर्मचारीहरुको साथले उपभोक्ताले निकै रुचाएको ट्रयाक्टर बन्न सफल भएको बताए ।
जोन डियर इन्डियाका सेल्स एण्ड मार्केटिङ्ग निर्देशक सत्यन शाहले नेपालकै प्रतिष्ठित र अटोमोबाइल्स क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल व्यापारिक घराना एमभी दुगड ग्रुपसँगको २०औं वर्ष सम्मको अनवरत सहयात्रा एकदमै प्रभावकारी अनि रोमाञ्चक भएको बताए ।
उक्त कार्यक्रममा एमभी दुगड ग्रुपमा लामो समय देखि सेवारत कर्मचारीहरुलाई सम्मान गर्नुका साथै उत्कृष्ट कर्मचारीहरुलाई पनि अवार्ड वितरण गरी हौसला प्रदान गरिएको थियो ।
महिन्द्रा एन्ड महिन्द्राले अटोमोबाइल क्षेत्रमा नयाँ प्रोडक्ट लन्च गर्ने...
नयाँ जेनेरेसनको महिन्द्रा स्कोर्पियो भारतमा सबैभन्दा प्रतीक्षित कार...
काठमाडौं–दक्षिण अफ्रिकामा बिक्री हुने कुल कारमा भारतिय उत्पादनको हिस्सा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...