स्मार्ट लाइसेन्स छाप्ने मास प्रिन्टर खरिद गर्न आह्वान गरेको टेन्डर प्राविधिक त्रृटि देखाउदै रद्ध
यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स छाप्ने मास प्रिन्टर खरिद गर्न...
काठमाडौं - यातायात व्यवस्था विभागले समयमै काम नगरिदिँदा सवारी चालकहरुले अनावश्यक तनाव भोग्नुपरेको देखिएको छ । विभागले सवारी चालक अनुमतिपत्र छपाईमा गरेको अनावश्यक ढिलाई नै शंकाको घेरामा परेको छ भने सरकारको निर्णय समयमा कार्यान्वयन नगरेको भनेर संवैधानिक निकायले प्रश्न पनि गरेको छ ।
विभागले छपाईका लागि समय थपिएपछि पनि २ लाख ६० हजार कार्ड नछापेको महालेखा परीक्षक विभागले टिप्पणी गरेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को परिच्छेद ४ मा सवारीचालक अनुमतिपत्र सम्बन्धी भएको व्यवस्था बमोजिम यातायात व्यवस्था विभागबाट अनुमतिपत्रहरूको छपाइ, वितरण तथा तथाङ्क भण्डारणसम्बन्धी कार्यहरू हुनुपर्ने हो ।
विभागले एक विदेशी कम्पनीसँग २०८०।५।१८ भित्र १२ लाख स्मार्ट कार्ड आपूर्ति गर्नेगरी २०७९।११।१० मा अमेरिकी डलर १४ लाख ९८ हजारको सम्झौता गरेको थियो । सम्झौता अवधिभित्र कार्ड आपूर्ति हुन नसकी दुइ पटक गरी १७२ दिन म्याद थप भएको थियो । चालक अनुमतिपत्र मागको आधारमा यो वर्षसम्म १४ लाख ६० हजार कार्ड छपाइ हुनुपर्नेमा सम्झौताअनुसार १२ लाख कार्ड मात्र आपूर्ति हुनेभएकोले २ लाख ६० हजार कार्ड अपुग हुने अवस्था छ ।
विभागले हाल विदेश जाने व्यक्तिसहित अत्यावश्यकलाई मात्र कार्ड वितरण गरिरहेकोले २०२२ जुलाईदेखिका नयाँ तथा नवीकरण गरेका सवारीचालकहरूको अनुमतिपत्र छपाइ भएको छैन । आवश्यक सङ्खख्यामा कार्डको आपूर्ति नहुँदा सेवा प्रवाहमा असर परेको छ ।
यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स छाप्ने मास प्रिन्टर खरिद गर्न...
काठमाडौँ – गण्डकी प्रदेशको पोखराबाट अबदेखि सवारी चालक अनुमतिपत्र लिने,...
सवारी चालक अनुमति पत्र अर्थात स्मार्ट लाइसेन्सको अवधि अब १० वर्ष हुने भएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...