यातायात व्यवस्था विभागले किन छापेन २ लाख ६० हजार स्मार्ट लाइसेन्स कार्ड ?

काठमाडौं - यातायात व्यवस्था विभागले समयमै काम नगरिदिँदा सवारी चालकहरुले अनावश्यक तनाव भोग्नुपरेको देखिएको छ । विभागले सवारी चालक अनुमतिपत्र छपाईमा गरेको अनावश्यक ढिलाई नै शंकाको घेरामा परेको छ भने सरकारको निर्णय समयमा कार्यान्वयन नगरेको भनेर संवैधानिक निकायले प्रश्न पनि गरेको छ ।

विभागले छपाईका लागि समय थपिएपछि पनि २ लाख ६० हजार कार्ड नछापेको महालेखा परीक्षक विभागले टिप्पणी गरेको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को परिच्छेद ४ मा सवारीचालक अनुमतिपत्र सम्बन्धी भएको व्यवस्था बमोजिम यातायात व्यवस्था विभागबाट अनुमतिपत्रहरूको छपाइ, वितरण तथा तथाङ्क भण्डारणसम्बन्धी कार्यहरू हुनुपर्ने हो ।

विभागले एक विदेशी कम्पनीसँग २०८०।५।१८ भित्र १२ लाख स्मार्ट कार्ड आपूर्ति गर्नेगरी २०७९।११।१० मा अमेरिकी डलर १४ लाख ९८ हजारको सम्झौता गरेको थियो । सम्झौता अवधिभित्र कार्ड आपूर्ति हुन नसकी दुइ पटक गरी १७२ दिन म्याद थप भएको थियो । चालक अनुमतिपत्र मागको आधारमा यो वर्षसम्म १४ लाख ६० हजार कार्ड छपाइ हुनुपर्नेमा सम्झौताअनुसार १२ लाख कार्ड मात्र आपूर्ति हुनेभएकोले २ लाख ६० हजार कार्ड अपुग हुने अवस्था छ ।

विभागले हाल विदेश जाने व्यक्तिसहित अत्यावश्यकलाई मात्र कार्ड वितरण गरिरहेकोले २०२२ जुलाईदेखिका नयाँ तथा नवीकरण गरेका सवारीचालकहरूको अनुमतिपत्र छपाइ भएको छैन । आवश्यक सङ्खख्यामा कार्डको आपूर्ति नहुँदा सेवा प्रवाहमा असर परेको छ ।

सम्बन्धित समाचारहरू

लाइसेन्स वितरणमा अनियमितता, हजारौ अबैध लाइसेन्स बाँडिएको खुलासा

लाइसेन्स वितरणमा अनियमितता, हजारौ अबैध लाइसेन्स बाँडिएको खुलासा

काठमाडौं । यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात...

ड्राइभिङ लाइसेन्सका लागि नेपाल आइपुग्यो ६ लाख स्मार्ट कार्ड, ६ लाख ४५ दिनभित्र आइपुग्ने

ड्राइभिङ लाइसेन्सका लागि नेपाल आइपुग्यो ६ लाख स्मार्ट कार्ड, ६ लाख ४५ दिनभित्र आइपुग्ने

यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि...

अब २४ घण्टामै ड्राइभिङ लाइसेन्स

अब २४ घण्टामै ड्राइभिङ लाइसेन्स

काठमाडौँ – अब नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) २४ घण्टामै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...