१८ हजार डलरमै पाइने इन्स्टर ईभीका साथ जापानी बजार प्रवेश गर्दै हुन्डाई

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले जापानी बजारमा सबैभन्दा सस्तो कम्प्याक्ट इलेक्ट्रिक कारको रुपमा हुन्डाई इन्स्टरलाई प्रवेश गराउने घोषणा गरेको छ । टोकियो अटो सलोन मोटर शोमा आयोजित एक पत्रकार सम्मेलनमा हुन्डाई मोबिलिटी जापानका सीईओ तोशीयुकी शिमेगीले यो जानकारी दिएका हुन् ।

पेट्रोल र हाइब्रिड गाडी प्रविधिमा अब्बल स्थानीय कम्पनीहरूले कब्जा गरेको जापानी बजारमा प्रवेश गर्ने लक्ष्य हुन्डाईले राखेको छ । जापानमा टेस्ला र अन्य विदेशी ब्रान्डहरूले ईभी बजार विस्तार गर्न गरेको प्रयास जस्तै अब हुन्डाईले पनि नयाँ रणनीति लिने छ । हुन्डाई इन्स्टरले चीनको प्रमुख इलेक्ट्रिक गाडी निर्माता बीवाईडीको जस्तै कम मूल्यको रणनीति अपनाउनेछ।

२.८५ मिलियन येन अर्थात १८ हजार डलरको सुरुआती मूल्यमा उपलब्ध हुने हुन्डाई इन्स्टरले जापानमा कम्प्याक्ट इलेक्ट्रिक गाडीका लागि सबैभन्दा सस्तो मोडलको पहिचान कायम गर्नेछ । यो २०२३ मा बीवाईडीले डल्फिनका लागि तोकेको ३.६३ मिलियन येन मूल्यभन्दा कम हो ।

युरोपमा गत वर्ष सुरू भएको र दक्षिण कोरियामा क्यास्पर इलेक्ट्रिकका रूपमा परिचित इन्स्टर मे महिनादेखि जापानी ग्राहकहरूलाई डेलिभर गरिनेछ ।

जापानको अल्ट्रा–कम्प्याक्ट, सीमित पावर भएको ‘केई कार’ श्रेणीमा निसान मोटरको साकुरा २.६० मिलियन येनमा बिक्री भइरहेको छ र यो जापानको सबैभन्दा लोकप्रिय इलेक्ट्रिक गाडी भएको रोयटर्सले उल्लेख गरेको छ।

तर साकुराले पनि गत वर्ष २३ हजार भन्दा कम बिक्री गरेको छ, जुन २०२३ भन्दा झण्डै ४० प्रतिशतले कम हो। यसले जापानको वार्षिक ४० लाख प्यासेन्जर कार बिक्री हुने बजारमा इलेक्ट्रिक गाडीहरूको कम लोकप्रियता देखाउँछ।

गत वर्ष हुन्डाईले जापानमा केवल ६०७ युनिट गाडी बिक्री गरेको थियो जबकि बीवाईडीले २ हजार २२३ युनिट गाडी बिक्री गरेको थियो । टेस्लाले भने आफ्नो जापान बिक्रीको विवरण खुलाएको थिएन ।

‘इन्स्टर हाम्रो प्रमुख उत्पादन हो, जसले जापानी ग्राहकहरूको पहिचान जित्नेछ,’ शिमेगीले भने । यसले हुन्डाईलाई आगामी पाँच वर्षमा जापान बिक्रीलाई दश गुणा बढाउने लक्ष्य पूरा गर्न मद्दत गर्ने बताए ।

कियासँग मिलेर विश्वको तेस्रो ठूलो अटो समूह बनाउने हुन्डाई २००९ मा कम बिक्रीका कारण जापानको प्यासेन्जर कार बजारबाट बाहिरिएको थियो। तर २०२२ मा केवल इलेक्ट्रिक र फ्युल सेल गाडीहरूका साथ पुनः प्रवेश गरेको थियो ।

टोयोटा, होन्डा र अन्य जापानी अटो कम्पनीहरूले बजारमा प्रभुत्व जमाएका छन् ।

सम्बन्धित समाचारहरू

पुरै विन्डशिल्डलाई फुल–डिस्प्ले स्क्रिनको रुपमा विकास गर्दै हुन्डाई

पुरै विन्डशिल्डलाई फुल–डिस्प्ले स्क्रिनको रुपमा विकास गर्दै हुन्डाई

हुन्डाई मोटर ग्रुपको सहायक कम्पनी हुन्डाई मोबिसले जर्मन अप्टिकल जायन्ट...

हुन्डाई आयोनिक ५ ईभी पनि अब १०० किलोवाटमा आउने, मूल्य ९२ लाख ९६ हजार

हुन्डाई आयोनिक ५ ईभी पनि अब १०० किलोवाटमा आउने, मूल्य ९२ लाख ९६ हजार

काठमाडौं – नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५...

१ हजार यूनिट बिक्री भयो ‘मेड इन नेपाल’ हुन्डाई क्रेटा

१ हजार यूनिट बिक्री भयो ‘मेड इन नेपाल’ हुन्डाई क्रेटा

काठमाडौं – हुन्डाईको सर्बाधिक लोकप्रिय एसयूभी क्रेटा नेपालमै एसेम्वल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...