एलआरआर मोटर्सबाट एकैदिन १६ जनालाई सेरेस–३ हस्तान्तरण

काठमाडौं– सेरेस ईभीको पानीपोखरीस्थित शोरुम एलआरआर मोटर्सले बुधबार एकैदिन १६ जना ग्राहकलाई नयाँ इलेक्ट्रिक एसयूभी सेरेस–३ हस्तान्तरण गरेको छ । सेरेसको पहिलो गाडी समेत सोही शोरुमबाट हस्तान्तरण गरिएको कम्पनीका प्रबन्ध निर्देशक जीवनजंग शाहीले बताए ।

उपत्यकाका लागि सेरेसको पहिलो डिलरका रुपमा आफूले शोरुम सञ्चालन गरेको शाहीको भनाई छ । उनका अनुसार शोरुममा सेरेस ब्रान्डबारे जानकारी लिन ग्राहकहरु बाक्लै संख्यामा आउने गरेका छन् । ‘हामीले सेरेस–३ र मिनी ईभीको बुकिङ राम्रै संख्यामा लिएका छौ । उनीहरुलाई जतिसक्दो चाँडो गाडी हस्तान्तरण गर्न हामी र आयतकर्ता कम्पनी एमएडब्लु बृद्धि आतुर छौ । बुकिङ लिएका ग्राहकले विस्तारै आफ्नो गाडी हात पार्नुहुनेछ’ उनले नेपाल अटोसंग भने ।

नयाँ ब्रान्डका रुपमा भित्रिएको सेरेसले पछिल्लो समय ईभी पारखीलाई आकर्षित गरिरहेको छ । हालै सम्पन्न नाडा अटो शोमा औपचारिक लन्च भएको यसको सेरेस–३ र मिनी ईभी खरिद गर्न भन्दै ३ सय बढि ग्राहकले बुकिङ लिएका छन् । तिहार अघि ५० जनालाई सेरेस–३ हस्तान्तरण गरिने कम्पनीको भनाई छ ।

सेरेस–३ र मिनी ईभी गरी दुईवटा मोडलमा नेपाल आएको यसको सेरेस ३ कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्ट मा उपलब्ध छ भने मिनी ईभी तीनवटा भेरिएन्टमा बिक्री हुँदै आएको छ ।

सेरेस–३ कम्फर्टको मुल्य ४९ लाख ९९ हजार र प्रिमियमको ५२ लाख ९९ हजार निर्धारण गरिएको छ भने मिनी ईभीको लो ट्रिमलाई १३ लाख ९९ हजार, मिड ट्रिमको १६ लाख ४९ हजार र टप ट्रिमको १७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

यी तीन अर्थमन्त्री जसले चलाए ईभीको कर, के गर्लान् महतले ?

यी तीन अर्थमन्त्री जसले चलाए ईभीको कर, के गर्लान् महतले ?

आर्थिक वर्ष २०७६/७७ मा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ईभी आयातमा...

नेपाल हिड्यो रेसिन्स इलेक्ट्रिक कारको पहिलो लट, केही दिनपछि बिक्री शुरु हुने

नेपाल हिड्यो रेसिन्स इलेक्ट्रिक कारको पहिलो लट, केही दिनपछि बिक्री शुरु हुने

जिमिनी इन्कर्पोरेट प्रालिले नेपाल ल्याएको रेसिन्स इलेक्ट्रिक कारको...

दुबईको आकाशमा पहिलो पटक उड्यो अल–इलेक्ट्रिक फ्लाइङ ट्याक्सी

दुबईको आकाशमा पहिलो पटक उड्यो अल–इलेक्ट्रिक फ्लाइङ ट्याक्सी

दुबईमा पहिलो पटक अल–इलेक्ट्रिक फ्लाइङ ट्याक्सी उडेको छ । दुई सिटे एक्सपेङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...