लन्च हुनु भन्दा पहिले नै रोयल इन्फिल्डको सबैभन्दा कम मूल्यको बाइक हन्टर सार्वजनिक
रोयल इन्फिल्ड हन्टर लन्च हुनु भन्दा पहिले यसको विस्तृत विवरण सार्वजनिक...
काठमाडौं – आगामी चैत ३० गते १४औं संस्करणको ‘रोयल इन्फिल्ड पोकर रन नेपाल’ शुरु हुने भएको छ । काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको प्रांगणबाट शुभारम्भ हुने सो पोकर रनमा विभिन्न रङ, बनावट र सजावट भएका रोयल इन्फिल्ड मोटरसाइकल सहभागी हुनेछन् ।
स्याक्रेड समिटको आयोजनामा हुने सो पोकर रनलाई रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभको मुख्य प्रायोजन रहेको छ भने नेपाल पर्यटन बोर्ड, नेपाल पर्यटन बोर्ड पोखरा र पोखरा पर्यटन परिषदको संबद्धता तथा रेड बुल इनर्जी ड्रिंक, डाबर नेपाल रियल जुस र कवच राइडिङ गियरको सह–प्रायोजन र अन्य धेरैको साथ सहयोग रहेको छ ।

यस सम्बन्धी जानकारी दिनका लागि आयोजित एक कार्यक्रममा स्याक्रेड समिटका सीईओ रवि थापाले पहिले २२ वटा मोटरसाइकलबाट सुरुवात गरिएको सो इभेन्टमा कुनै समयमा ४ सय भन्दा बढी मोटरसाइकल पुगेका र हाल १५० हाराहारी पुग्ने अपेक्षा गरिएको बताए ।
अल्फा अटोमोटिभका डाइरेक्टर मेघराज पौडेलले सो इभेन्टबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नुका साथै सेफ्टी राइडिङ र भाइचाराको सम्बन्ध विकास हुने बताए ।

फ्रेन्ड्स अफ रोयल इन्फिल्ड नेपाल (फोरे नेपाल) का अध्यक्ष सुनिल मानन्धरले सबैलाई सो विशेष इभेन्टमा सरिक हुन आह्वान गर्दै यो राइडरहरुका लागि एक अविस्मरणिय इभेन्ट हुने गरेको बताए ।
काठमाडौंबाट सुरुवात भई करिव २०० किलोमिटरको दुरी पार गरी पोखरा पुगेर लेकसाइडस्थित होटल ल्यान्डमार्कमा त्यो रातको बास, गाँस र चास अर्थात मधुशाला, पार्टी र मनोरञ्जनको व्यवस्था हुनेछ ।
सो कार्यक्रमको अर्को रमाइलो पक्ष भनेको पोकर खेल हो । पोकर भन्नाले ताससँग सम्बन्धित एक किसिमको खेललाई बुझाउछ । पोकर खेलमा पाँच पत्ति तास हातमा लिएर अनेकौ दाउ बनाउन सकिन्छ । पोकर रनमा पनि प्रत्येक सहभागीलाई विभिन्न पाँच ठाउँमा एकएक पत्ति तास तान्ने मौका प्रदान गरिन्छ । अन्तिममा पोखरा पुगेर उक्त पाँच पत्ति तास मिलाउदा जसको दाउ सबैभन्दा ठुलो हुन्छ, त्यो नै त्यस कार्यक्रमको विजेता मानिन्छ र उसलाई विभिन्न कम्पनीद्वारा प्रायोजित विशेष उपहार प्रदान गरिन्छ । कार्यक्रमकै अंश अनुरुप चैत ३० का दिन लाइभ कन्सर्ट, डिजे सेसन लगायतका कार्यक्रम गरी सहभागीलाई भरपुर मनोरञ्जन प्रदान गरिन्छ ।

यस पटकको कार्यक्रममा नेपाल, भारत, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, अष्ट्रिया लगायत संसारका विभिन्न देशबाट आएका मोटरसाइकल यात्री सम्मिलित १५० को हाराहारीमा सहभागी रहने बताइएको छ । भारतमा हुने निर्वाचनका कारण सहभागीको संख्यामा असर पर्न सक्ने स्याक्रेड समिटका सीईओ रवि थापाले बताए ।
कार्यक्रममा सहभागीहरुलाई विभिन्न प्रकारका रोचक पुरस्कारको समेत व्यवस्था गरिने छ । यसमा बेस्ट पोकर ह्यान्ड, बेस्ड इन्फिल्ड अवार्ड, सपोर्टिङ वुमन राइडर, सिनियर सिटिजन अवार्ड, लङ डिस्टेन्स राइडर र यात्रा अवधिभर धेरै दुःख दिने मोटरसाइकललाई हार्ड लक अवार्ड प्रदान गरिने छ ।
बैशाख १ गतेका दिन सबै सहभागीहरु पोखराको संघ अन्नपूर्ण बाल गृहमा गएर विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गर्ने गरिन्छ ।
यस प्रकारको रोचक कार्यक्रमको परिकल्पना गरी त्यसलाई साकार रुप दिने श्रेय स्याक्रेट समिट्स प्रालिका सीईओ रवि थापालाई जान्छ । रवि थापा र उनको कम्पनी स्याक्रेड समिट्स प्रालिलाई यो एउटा कार्यक्रम मात्र नभई सम्पूर्ण हिमालय क्षेत्र अर्थात नेपाल, भारत, चीनको तिब्बत र भुटानको मोटरसाइकल टुरिजमको जन्मदाता नै मानिन्छ ।
दिवंगत राइडर मित्र विनोद आचार्य क्षेत्रीको सम्झनामा रवि थापा र अष्ट्रेलियामा एन्जाक डे हार्ले डेभिडसन पोकर रन अफ अल्बरी सञ्चालक स्टुअर्ट म्याक्लिन मिलेर सन् २००९ मा जम्मा २२ जना मोटरबाइक राइडरहरुको सहभागितामा यस प्रकारको कार्यक्रम नेपालमा सुरुवात गरिएको थियो । सुरुवाती दिनमा द इन्फिल्ड रन्देभु एन्ड पोकर रनको नाममा सञ्चालन भई सन् २०२१ देखि यसलाई पोकर रन नेपाल नामकरण गरिएको हो । सन् २०१५ मा यस्तै कार्यक्रममा ४१५ जना सहभागी भएका थिए ।
पोकर रन नेपाल एउटा राइडिङ इभेन्ट मात्र नभई यो जिन्दगीमा एक पटक अनुभव गर्ने पर्ने कार्यक्रम मध्येको एक नम्बरमा पर्दछ । सबै उमेर समूह, महिला वा पुरुष, साथीभाई, इस्टमित्र, परिवार सहित मिलेर एकैसाथ रमाइलो गर्न पाउने भएको हुनाले पनि यस कार्यक्रमको लोकप्रियता ह्वात्तै बढेको अनुमान गर्न सकिन्छ ।
रोयल इन्फिल्ड हन्टर लन्च हुनु भन्दा पहिले यसको विस्तृत विवरण सार्वजनिक...
काठमाडौं– रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता...
काठमाडौं– रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...