नेपालमा १४ सय भन्दा बढी टाटा एक्सप्रेस–टी ईभी बिक्री, ट्याक्सी चालकको रोजाइ

नेपाली अटो मार्केट ईभीमय बनिराख्दा ट्याक्सी चालकहरुबीच पनि ईभीका सवारी रोजाइमा पर्न थालेका छन् । ईभी गाडीको प्रयोग र भविष्य सकारात्मक देखिदा पछिल्लो समय आईसीईभन्दा ईभी ट्याक्सी चालकको रोजाइमा पर्न थालेका हुन् । 

अहिले अधिकांश ट्याक्सी चालकले टाटाको एक्सप्रेस–टी ईभी प्रयोग गर्दै आएका छन् । काठमाडौं उपत्यका लगायतका देशका प्रमुख सहरका सडकमा उक्त ईभी बाक्लो संख्यामा देख्न पाइन्छ । विशेष गरी उपत्यकभित्र यी ईभीको प्रयोग र उपस्थिति उल्लेखिय भइरहेको टाटा मोटर्सको नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले जानकारी दिएको छ । 

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठका अनुसार नेपालमा टाटाका ईभी ट्याक्सी १४ सय भन्दा बढी बिक्री भइसकेका छन् । यात्रुको आरामदायी यात्रा र चालकको सारथि बनेको एक्सप्रेस–टी ईभीको उचित मूल्यका साथै लक्जरी कार सो–सरह फिचर हुँदा ट्याक्सी चालकबीच यो सवारी लोकप्रिय बन्दै गएको हो ।

‘बजारमा आएदेखि नै यसको माग राम्रो छ, धेरैको गरिखाने साधन भएकाले सोही अनुसारको पूर्वाधार र गुणस्तरीय सर्भिसलाई ध्यान दिएका छौं,’ उनले भने । उक्त सवारी बिक्रीपछि सिप्रदीले ३ वर्षसम्म सर्भिस दिने प्रतिबद्धता दिँदै आएको छ । जसका कारण ईभी ट्याक्सी किन्नेहरुबीच विश्वासको वातावरण तय हुँदा भोलिका दिनमा एक्सप्रेस–टी ईभी उपस्थिति अझै बढ्ने बताइन्छ । 

सिप्रदीले बालकुमारी र बालाजुमा सुविधा सम्पन्न ईभी ट्याक्सीको सर्भिस सेन्टर बनाइसकेको छ, जसबाट नितान्त ईभीका ट्याक्सीलाई मात्र सर्भिस दिने सीईओ श्रेष्ठले बताए । ‘चालकहरूको यो गाडी गरिखाने माध्यम हो, त्यसैले समयमै सर्भिस हुनुपर्छ भन्ने उद्देश्य राखी सोही सर्भिसिङ सेवा उपलब्ध गराइरहेका छौं,’ उनले भने । 

यसैगरी चालकको सहजताको लागि उपत्यकाभित्र चार्जिङ निर्माणमा पनि फोकस रहेको श्रेष्ठको भनाई छ । सिप्रदीले उपत्यकाका विभिन्न स्थानमा ७ वटा चार्जिङ स्टेशनको निर्माण गरिसकेको छ । आगामी दिनमा चार्जिङ स्टेशनको संख्यालाई बढाउँदै लग्ने योजना कम्पनीको छ ।

यस्तै, सरकारले चार्जिङ संरचनाको विकास, नीति सुधार र उपयुक्त प्रोत्साहन योजनाहरूलाई ध्यानमा राख्दै यसको प्रयोगको विस्तार गर्न आवश्यक रहेको श्रेष्ठले बताए । 

एक्सप्रेस–टी ईभीका के छन् विशेषता ? 

चालक र प्यासेन्जरको लागि निकै उपयुक्त ट्याक्सी हो, एक्सप्रेस टी ईभी । यात्रा गर्दा लक्जरी कारको झल्को दिने भएका कारण चालककाा साथै प्यासेन्जर चढ्न पनि रुचाउँदै आएका छन् । इन्धन हाल्न नपर्ने, छोटो समयको चार्जले लामो यात्रा गर्न सकिने भएकाले नयाँ ट्याक्सी किन्ने योजना बनाएकाहरूले यो ट्याक्सी किनिरहेको देखिन्छ । 

आईसीईको तुलनामा यसबाट आम्दानी निकै गर्न सफल र बचत पनि भएको एक्सप्रेस–टी ईभीका चालकहरू बताउँदै आएका छन् । सिप्रदीले आफैंले सफलताको साँचोको रूपमा हेरेको यस ईभी धेरैको आम्दानीको उत्कृष्ट सवारीको रूपमा परिणत भइसकेको छ । 

मल्टि–ड्राइभ मोडहरू भएको एक्सप्रेस टी ईभीको मूल्य सिप्रदीले ३६ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो ईभी ४० प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गर्न सकिने सिप्रदीले जानकारी दिएको छ । २५ किलोवाट क्षमताको डीसी फास्ट चार्जरबाट ६५ मिनेटभित्रै ८० प्रतिशत भन्दा बढी चार्ज गर्न मिल्ने एक्सप्रेस–टी ईभीमा ४८ किलोवाट क्षमताको मोटर र २४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री जडान छ । 

एकपटकको फुल चार्जले २६० किलोमिटर प्लसको रेन्ज दिने यो ईभीले १ सय ७० एनएम टर्क पावर उत्पादन गर्छ । ५ सिट क्षमता भएको एक्सप्रेस–टी ट्याक्सीमा टर्निङ रेडियस ५.१ मिटर र बुट स्पेस ३ सय १६ लिटर छ । यसैगरी २ हजार ४ सय ५० एमएमको ह्विलबेस रहेको यस ईभीमा १ सय ७२ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।

सम्बन्धित समाचारहरू

भारत मोबिलिटी ग्लोबल एक्सपोमा टाटा मोटर्सका ईभीप्रतिको क्रेजले देखाएको संकेत

भारत मोबिलिटी ग्लोबल एक्सपोमा टाटा मोटर्सका ईभीप्रतिको क्रेजले देखाएको संकेत

भारतमा जारी भारत मोबिलिटी ग्लोबल एक्सपोमा अन्य ब्रान्डका साथै टाटा मोटर्स...

विद्युतीय गाडीमा धेरै रेन्ज कसरी प्राप्त गर्ने ? यस्तो छ विज्ञको सुझाव

विद्युतीय गाडीमा धेरै रेन्ज कसरी प्राप्त गर्ने ? यस्तो छ विज्ञको सुझाव

विद्युतीय सवारी खरिद गर्दा गाडीको शोरूम प्रतिनिधिसँग प्रायः सबै...

नाडा अटो शो २०२४ : सर्बाधिक ६२० किमी सम्म रेन्ज दिने ईभी स्काइवेलको स्टल

नाडा अटो शो २०२४ : सर्बाधिक ६२० किमी सम्म रेन्ज दिने ईभी स्काइवेलको स्टल

काठमाडौं – नाडा अटो शो २०२४ काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । उक्त अटो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...