एप्पल कारको सिरी भ्वाइस कमाण्डमा गरियो परिमार्जन, आइफोनसँग कनेक्ट गर्न सकिने
एप्पलले अल–इलेक्ट्रिक सेल्फ ड्राइभिङ कारमा काम गरिरहेको छ, जसलाई...
ओभरल्यान्ड–ईले हालै नयाँ इलेक्ट्रिक कार जेनेरेसन–२ सार्वजनिक गरेको छ । यो अफ–रोड इलेक्ट्रिक कार हो जसको डिजाइन सामान्य इलेक्ट्रिक कार भन्दा फरक छ । जेनेरेसन २ ले फुल चार्जमा १२०७ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । जेनेरेशन–२ इलेक्ट्रिक कार २ मोडलमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
कम्पनीको दोस्रो मोडल अफ–रोडमा केन्द्रित मोडेल हुनेछ, जुन रफ डिजाइन र अफ–रोडिङ सुविधासहित उपलब्ध हुनेछ । ओभरल्यान्ड–ईले जेनेरेशन २ मोडलका दुवै मोडल यसै वर्षको अन्त्यसम्ममा अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागि उपलब्ध गराइनेछ ।
कारमा ब्ल्याक फ्रन्ट ग्रिल, एलईडी हेडलाइट, एलईडी टेल लाइट र कर्भको आकारमा बोनट र लामो ह्विलबेस दिइएको छ । कारमा धेरै कम डिजाइन र कर्भ प्रयोग गरिएको छ । कारको साइड प्रोफाइल पनि साधारण छ ।
कारको ड्यासबोर्डको डिजाइन पनि साधारण देखिन्छ । कारको पछाडि २ फ्युल कन्टेनर दिइएको छ । कारको छतमा ग्र्याब रेल र एलईडी डिपर जडान गरिएको छ । कारमा पछाडिको डेक पनि छ जसमा ४ वटा ठूला टायरहरू अटाउन सकिन्छ ।
यो कम्पनीको पहिलो इलेक्ट्रिक कार होइन, यसअघि कम्पनीले एमके १ इलेक्ट्रिक कार लन्च गरिसकेको छ, जुन फक्सवागन बिटलको डिजाइनमा आधारित छ । ओभरल्यान्ड–ईले जुन २०२३ मा जेनेरेशन २ इलेक्ट्रिक कारको उत्पादन सुरु गर्नेछ । यसलाई बेलायत र अमेरिकाका उत्पादन गरिनेछ ।
कम्पनीको योजना अनुसार यो इलेक्ट्रिक कार पहिला सेनाका लागि उत्पादन गरिने छ । साथै सो कार रेसिङ र मोटरस्पोर्ट प्रतियोगिता आयोजना गर्ने कम्पनीलाई पनि बिक्री गर्नेछ । कम्पनीले जेनेरेशन–२ इलेक्ट्रिक कारको मूल्यबारे जानकारी दिएको छैन ।
एप्पलले अल–इलेक्ट्रिक सेल्फ ड्राइभिङ कारमा काम गरिरहेको छ, जसलाई...
काठमाडौं– सीजी मोटर्स र एमएडब्लु ग्रुपले संयुक्त रुपमा बिक्री गर्न लागेको...
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ‘चेम्बर एक्स्पो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...