लाइसेन्सको लाइन समस्या क्रमश: समाधान हुँदै गएको दाबी
काठमाडौं । यातायात सेवा प्रवाहलाई डिजिटल, पारदर्शी र झन्झटमुक्त बनाउने...
काठमाडौं — यातायात व्यवस्था विभागले सुरक्षण मुद्रण केन्द्रमार्फत १२ लाख सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) छपाइको तयारी अघि बढाएको छ। विभागको आफ्नै मुद्रण उपकरण गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएपछि केन्द्रमार्फत लाइसेन्स छपाइ सुरु गर्ने निर्णय गरिएको हो।
गत जेठमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रबीच करिब २८ लाख बाँकी लाइसेन्स छपाइका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो।
हाल विभागले क्षतिग्रस्त सर्भरबाट चालक अनुमति पत्रसम्बन्धी डेटा रिकभर गर्ने अन्तिम चरणमा पुगेको जनाएको छ। डेटा उपलब्ध भएलगत्तै मुद्रण प्रक्रिया सुरु गरिने केन्द्रले जनाएको छ।
सुरक्षण मुद्रण केन्द्रका प्राविधिकका अनुसार विभागसँगको समन्वयमा प्रारम्भिक चरणमा १२ लाख लाइसेन्स छाप्ने तयारी भइरहेको छ, जसका लागि विभागले करिब ३० करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।
केन्द्रका अनुसार उपलब्ध बजेटले १२ लाख लाइसेन्स छाप्न सकिनेछ भने आवश्यक परे थप लाइसेन्स छाप्ने क्षमता पनि केन्द्रसँग छ।
यसअघि विभागको लाइसेन्स छपाइ प्रणाली आगलागीपछि पूर्ण रूपमा बन्द भएको थियो, जसका कारण हजारौं सेवाग्राही अनुमति पत्र पर्खिरहेका छन्। डेटा रिकभर प्रक्रिया सफल भएपछि निकट भविष्यमै नयाँ लाइसेन्स वितरण सुरु हुने विभागले जनाएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...