११ औं पोकर रन सम्पन्न, १ सय ५० राइडरले जनाए सहभागिता

काठमाडौं – कोभिड महामारीका कारण गत वर्ष आयोजना हुन नसकेको ‘पोकर रन’ यसपटक आयोजना भएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा एड्भेन्चर ट्राभल कम्पनी ‘स्याकर्ड समिट्स र फ्रेन्ड्स अफ रोयल इन्फिल्ड (फोरे) ले संयुक्त रुपमा आयोजना गरेको यो कार्यक्रम ११ औं संस्करणको हो । उक्त कार्यक्रममा देशभरबाट १५० बढी राइडरले सहभागिता जनाएका थिए । अघिल्ला वर्षहरुमा झैं यसपाली विदेशी राइडरले भने सहभागिता जनाएका थिएनन् ।

नेपाली नयाँ वर्षको पुर्व सन्ध्यामा आयोजना गरिएको उक्त कार्यक्रमको चैत्र ३१ गते नेपाल पर्यटन बोर्डका सीईओ डा.धनन्जय रेग्मीले फल्याग अफ गरी शुभारम्भ गरेका थिए । पोखरामा २ रात बिताएका सहभागीहरु बैशाख २ गते काठमाडौं फर्किएपछि कार्यक्रम समापन भएको थियो ।

काठमाडौं–पोखरा मोटरसाइकल यात्राको यो कार्यक्रमको उद्देश्य आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु रहेको बोर्डका सीईओ धनन्जय रेग्मीले बताए । नेपालको आन्तरिक पर्यटनलाई चलायमान बनाउन यस्ता कार्यक्रमले मद्दत गर्ने बताउँदै उनले भने, ‘कोरोना महामारीका कारण अघिल्लो बर्ष सुनसान बनेको पर्यटन क्षेत्रमा यस्ता खाले कार्यक्रमले नयाँ आशा जगाएको छ ।’ यात्रामा आफैं सहभागी आयोजक स्याकर्ड समिट्सका अध्यक्ष रवि थापाले मुलुक मोटरसाइकल पर्यटनका लागि उपयुक्त रहेकाले यस्तो यात्राको चलन विकास हुँदै गइरहेको बताए ।

कार्यक्रममा १ सय भन्दा बढी रोयल इन्फिल्ड मोटरसाइकलको साथै जावा, केटिएम एड्भेन्चर र बिएमडब्ल्यू सहित १२० मोटरसाइकल सहभागी थिए । यात्रालाई रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउन विभिन्न क्याटेगोरीमा बिजेताहरुको घोषणा गरी प्रमाणपत्र र अन्य उपहार समेत प्रदान गरिएको थियो । पोकर रनको मुख्य प्रायोजक खुकुरी रम रहेको थियो ।

सोही क्रममा अटोमोबाइल म्यागेजिन र नेपाल अटो डटकमका बजार व्यवस्थापक दिपेश पौडेलले ‘बेस्ट पोकर ह्यान्ड’को उपाधि हात पार्दै प्रमाणपत्र र उपहार प्राप्त गरेका थिए । अन्य बिधामा विजेता सहभागीहरुलाई समेत सम्मानित गरिएको थियो । कार्यक्रमका दैरान पहिलो दिनमै राइडर सन्तोष कार्की दुर्घटनामा परि ज्यान गुमाएका कारण यसपटकको कार्यक्रम खासै सुखद भने नरहेको सहभागी राइडरहरुले बताए ।

राइडर सन्तोष कार्कीप्रति हार्दिक श्रद्धाञ्जली ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्ड बुलेट ३५० थप उपकरण सहित लन्च हुँदै, पहिले नै डिटेल्स लिक

रोयल इन्फिल्ड बुलेट ३५० थप उपकरण सहित लन्च हुँदै, पहिले नै डिटेल्स लिक

रोयल इन्फिल्डको लोकप्रिय बाइक बुलेट विगत केही दशकदेखि सबैको मनपर्ने बाइक...

रोयल इन्फिल्डको ‘हन्टर हेरिटेज राईड–२०२३’ सम्पन्न(फोटो फीचर)

रोयल इन्फिल्डको ‘हन्टर हेरिटेज राईड–२०२३’ सम्पन्न(फोटो फीचर)

काठमाडौं– रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता...

२५० सीसी क्षमताको सबैभन्दा कम मूल्यको अफरोड बाइक क्रसफायर ट्रयाकर सार्वजनिक

२५० सीसी क्षमताको सबैभन्दा कम मूल्यको अफरोड बाइक क्रसफायर ट्रयाकर सार्वजनिक

अफरोड अर्थात डर्ट सेग्मेन्टमा चर्चित क्रसफायरले २५० सीसी क्षमतामा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...