बेबी डिफेन्डर इलेक्ट्रिक र हाइब्रिड पावरट्रेनमा समेत आउने
जगुआर ल्याण्ड रोभरले आफ्नो बहुप्रतिक्षित मिडसाइज एसयूभी बेबी डिफेन्डर...
विद्युतीय सवारी साधन निर्माता कम्पनी जीकरले आफ्नो नयाँ प्लग–इन हाइब्रिड एसयूभी जीकर ८एक्स लन्च गरेको छ । सो गाडी लन्च भएको केवल ३८ मिनेटभित्रै १० हजारभन्दा बढी अर्डर प्राप्त गरेको कम्पनीले जनाएको छ।
सो गाडी पेट्रोल र इलेक्ट्रिक दुवैबाट सञ्चालन हुने प्लग इन हाइब्रिड प्रविधिमा आधारित छ। यसको लोकप्रियता यति तीव्र देखिएको छ कि ४८ घण्टाभित्रै अर्डर संख्या ३० हजार नाघेको छ । यद्यपि, सो गाडी अन्य बजार कहिले प्रवेश गर्ने भन्ने विषयमा हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन ।
जीकर ८एक्समा २.० लिटर टर्बो पेट्रोल इन्जिनसँगै शक्तिशाली विद्युतीय मोटर जडान गरिएको छ। टप याओइङ भेरिएन्टले १३८१ हर्सपावर उत्पादन गर्ने क्षमता राख्छ र मात्र २.९६ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्षम रहेको कम्पनीको दाबी छ।
सो गाडी ५५.१ किलोवाट आवर र ७० किलोवाट आवर घण्टा ब्याट्री विकल्पमा उपलब्ध छ । सो गाडीले पेट्रोल र ब्याट्री दुवै प्रयोग गर्दा एकपटक चार्जमा अधिकतम १४१६ किलोमिटरसम्म यात्रा गर्न सक्छ। फास्ट चार्जिङ प्रविधिका कारण ठुलो ब्याट्री समेत केवल ९ मिनेटमा २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
सो एसयूभीको इन्टेरियर निकै हाई टेक छ। ५ सिट र ६ सिट दुवै विकल्पमा उपलब्ध सो गाडीमा ४४ इन्चको हेड–अप डिस्प्ले र पछाडि यात्रुका लागि अलग ओएलईडी स्क्रिन जडान गरिएको छ। यसमा २९ स्पिकरसहितको साउन्ड सिस्टम राखिएको छ। साथै, स्मार्ट ड्राइभिङका लागि ४३ वटा सेन्सर र ५ वटा लाइडार प्रविधि समावेश गरिएको छ ।
उच्च प्रविधि, शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनका कारण जीकर ८एक्स ले चिनियाँ बजारमा छोटो समयमै ठुलो लोकप्रियता हासिल गरेको छ, जसले भविष्यमा विश्व बजारमा पनि यस गाडीको सम्भावना बलियो रहेको संकेत गर्छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...