नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
होन्डाले भारतीय बजारमा २० दिनमै १ हजार युनिट हाइनेस सीबी ३५० डेलिभरी गरेको छ । सो बाइक १४ देखि ७० वर्ष सम्मका व्यक्तिले समेत रुचाएको होन्डाले बताएको छ ।
रेट्रो स्टाइलको आधुनिक सो बाइकले हाल निकै नै चर्चा पाएको छ । नेपाली बजारमा समेत सो बाइक केही समय पछि आउने अनुमान गरिएको छ ।
यो मोटरसाइकलले हाल बजारमा सर्बाधिक बिक्री हुने रोयल इन्फिल्ड क्लासिक ३५० का साथै बेनेली इम्पेरियल ४००, जावा र केही समयमै लन्च हुने रोयल इन्फिल्ड मेटियरसँग प्रतिस्पर्धा गर्नेछ । यसको मूल्य १ लाख ९० हजार भारु तोकिएको छ ।
होन्डा सीबी ३५० लाई १९६० र १९७० दशकको रेट्रो डिजाइनमा बनाइएको छ, जसमा वृत्ताकार हेडलाइट, सिंगल पोड इन्स्ट्रयुमेन्ट क्लस्टर, क्रोम फेन्डर्स र क्रोम एक्जस्ट आदि छ । होन्डा हाइनेस सीबी ३५० दुई भेरिएन्ट डीएलएक्स र डीएलएक्स प्रो मा उपलब्ध हुनेछ ।
१५ लिटर इन्धन ट्यांक क्षमताको यो बाइकको तौल १ सय ८१ किलोग्राम रहेको छ । झट्ट हेदा यो बाइक सानो देखिएपनि पूर्णत मेटल बडीका कारण हेभी भएको हो ।
हाइनेस सीबी ३५० मा ३४८.३६ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन छ, जसले ५,५०० आरपीएममा २०.८ बीएचपी पावर र ३,००० आरपीएममा ३० एनएम टर्क जेनेरेट गर्छ ।
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...
जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...