अमेरिकामा एकैपटक १०० भन्दा बढी गाडी दुर्घटनामा, यस्तो छ कारण

अमेरिकाको मिशिगन राज्यमा आएको भीषण हिम आँधीका कारण एउटा राजमार्गमा १०० भन्दा बढी सवारीसाधन एकआपसमा ठोक्किएको वा सडकबाट चिप्लिएर दुर्घटनामा परेका छन् ।

सोमबार ग्रान्ड -यापिड्स सहरको दक्षिण–पश्चिमतर्फ रहेको इन्टरस्टेट १९६ राजमार्गमा भएको उक्त दुर्घटनापछि दुवै दिशाको सडक पूर्ण रूपमा बन्द गरिएको मिशिगन स्टेट प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ३० भन्दा बढी ट्रेलर ट्रकसहित कयौँ गाडी दुर्घटनामा परेका छन् । यसमा धेरै मानिस घाइते भए पनि हालसम्म कसैको मृत्यु भएको पुष्टि नभएको प्रहरीले बताएको छ ।

सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यममा सार्वजनिक तस्बिर तथा भिडियोमा हिउँले ढाकिएको सडकमा ट्रक र कारहरू लामो दूरीसम्म एकआपसमा ठोक्किएको देखिन्छ ।

यो दुर्घटना अमेरिकाभर फैलिँदै गएको कडा हिउँदे आँधीको पछिल्लो प्रभाव हो । अमेरिकी राष्ट्रिय मौसम सेवाले मिनेसोटादेखि विस्कोन्सिन, इन्डियाना, ओहायो, पेन्सिलभेनिया हुँदै न्यूयोर्कसम्म अत्यधिक चिसो र हिउँ आँधीको चेतावनी जारी गरेको छ ।

सम्बन्धित समाचारहरू

हालसम्म सरकारले बनायाे ३४ हजार दुई सय ६७ किलोमिटर सडक

हालसम्म सरकारले बनायाे ३४ हजार दुई सय ६७ किलोमिटर सडक

काठमाडौं – आर्थिक सर्वेक्षण २०८०/८१ का अनुसार हालसम्म सङ्घीय सरकारबाट...

ग्राभेल गरिएको पाँच वर्षपछि सडक कालोपत्र सुरु

ग्राभेल गरिएको पाँच वर्षपछि सडक कालोपत्र सुरु

बागलुङ – बागलुङको दुर्गम मानिएको तमानखोला गाउँपालिका जोड्ने सडक...

सडकका थप २५ रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु

सडकका थप २५ रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु

काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...