ईभी बजारमा होमियो स्मार्टफोन निर्माता शाओमी, देखायो पहिलो इलेक्ट्रिक कार
चाइनिज इलेक्ट्रोनिक्स तथा टेक्नोलोजी जायन्ट शाओमी इलेक्ट्रिक भेइकल (ईभी)...
ओला इलेक्ट्रिकले एक्स्ट्रिम फास्ट चार्जिङ प्रविधिको ब्याट्री निर्माण गर्न इजरायली कम्पनी स्टोरडटसँग साझेदारी गरेको छ । यो साझेदारीबाट ओला इलेक्ट्रिकले आफ्नो ब्याट्रीमा स्टोरडटको एक्सएफसी प्रविधि प्रयोग गर्न सक्नेछ । एक्सएफसी प्रविधिबाट ५ मिनेटमा ० देखि १०० प्रतिशतसम्म ब्याट्री चार्ज गर्ने क्षमता छ ।
उक्त साझेदारीसँगै ओलासँग यो विशेष प्रविधिको सहयोगमा द्रुत चार्ज हुने ब्याट्री बनाउने विशेष अधिकार हुनेछ । ओला इलेक्ट्रिकले एक प्रेस विज्ञप्ति मार्फत यो जानकारी दिएको हो । तर, कम्पनीले इजरायली कम्पनीमा कति लगानी गरेको भन्ने खुलाएको छैन ।
ओलाले इलेक्ट्रिक स्कुटर समयमै आपूर्तिका लागि गिगाफ्याक्ट्री स्थापना गर्ने योजना बनाएको छ । एक ट्वीटमा ओलाका सीईओ भाविश अग्रवालले भने, “हामी यस क्षेत्रमा काम गर्ने विश्वव्यापी कम्पनीहरूसँग साझेदारी गर्दैछौं । स्टोरडटसँगको साझेदारीले ग्राहकलाई राम्रो रेन्ज र चार्जिङ स्पिड परफर्मेन्स उपलब्ध गर्नेछ । दुवै कम्पनी प्रदूषण कम गर्न र वातावरण संरक्षण गर्न पूर्ण रूपमा प्रतिबद्ध छन् ।’
केही दिन अघि ओला इलेक्ट्रिकले आफ्नो एस१ प्रो इलेक्ट्रिक स्कुटरलाई मुभएसओ २.० सँग अप्रिलमा अपडेट गर्ने बताएको थियो । यस अपडेटमा यस स्कुटरमा केही नयाँ फिचर थपिने छन् । सो स्कुटरमा क्रुज कन्ट्रोल, ब्लुटुथ कनेक्टिभिटी र नेभिगेसन जस्ता फिचर समावेश गर्ने सम्भावना रहेको छ । रिपोर्टका अनुसार कम्पनीले अपडेट गरेको ओला इलेक्ट्रिक स्कुटरको मूल्य पनि बढाउने सम्भावना रहेको छ ।
चाइनिज इलेक्ट्रोनिक्स तथा टेक्नोलोजी जायन्ट शाओमी इलेक्ट्रिक भेइकल (ईभी)...
आइफोन निर्माता कम्पनी एप्पलको इलेक्ट्रिक कार छिट्टै बजारमा प्रवेश गर्ने...
काठमाडौं – नेपाली बजारमा केही समय देखि उपलब्ध गोल्डेन ड्रयागनका विद्युतीय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...