होन्डा साइन अब १०० सीसी इन्जिनमा

होन्डा साइन अब १०० सीसी इन्जिनमा लन्च भएको छ । भारतमा सार्वजनिक गर्दै सो मोटरसाइकलको मूल्य ६४ हजार ९ सय भारु तोकिएको छ । यो मोटरसाइकल ओबीडी–२ कम्प्लायन्ट छ र ई२० इन्धनका साथ चल्छ ।

अझै बढी माइलेज र कम प्रदूषण गर्ने तरिकाले यसलाई तयार गरिएको छ । सो मोटरसाइकलमा लामो सिट छ भने सिट अलि तल राखिएको छ । दैनिक उपयोगका लागि प्रयोग गर्न सकिने गरी यसको निर्माण गरिएको छ ।

यसमा ९९.७ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन छ, जसले ७.६ एचपी पावर र ८.०५ एनएम टर्क जेनेरेट गर्छ । माइलेज बढाउनका लागि यसमा एएसपी तथा फ्युल इन्जेक्सन प्रविधि उपलब्ध गराइएको छ । यसमा अटो चोक सिस्टम पनि छ ।

सो मोटरसाइकललाई डायमन्ड फ्रेममा तयार गरिएको छ । यसको ग्राउन्ड क्लियरेन्स १६८ एमएम छ । हाल उपलब्ध साइन १२५ को सानो भर्सनको रुपमा यसको डिजाइन गरिएको छ र यसको लुकमा कुनै परिवर्तन देखिदैन ।

यो मोटरसाइकलमा इन्जिन इन्हिबिटर सहितको साइड स्ट्यान्ड उपलब्ध गराइएको छ, जसले गर्दा साइड स्ट्यान्डमा भएको समयमा मात्र स्टार्ट हुन्छ । त्यसैगरी यसमा कम्बी ब्रेक सिस्टम पनि दिइएको छ ।

भारतमा आगामी मे महिना देखि मात्र यसको डेलिभरी गरिने छ । नेपाली बजारमा पनि भविष्यमा यो मोटरसाइकल आउन सक्छ । बजारमा उपलब्ध १०० सीसीका अन्य मोटरसाइकलसँग यसको प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचारहरू

४ लाख बढेर आयो होन्डा सिआरएफ ३०० एल

४ लाख बढेर आयो होन्डा सिआरएफ ३०० एल

काठमाडौं– होन्डाको प्रिमियम अफरोड बाईक सिआरएफ ३०० एल अपडेट भएर नेपाल आएको...

ढिलो आयो कडा आयो : अन्त्यमा होन्डाको फेस्टिभ अफर, यो भन्दा पहिले अन्य कम्पनी

ढिलो आयो कडा आयो : अन्त्यमा होन्डाको फेस्टिभ अफर, यो भन्दा पहिले अन्य कम्पनी

चाडपर्ब नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम तथा...

रोयल इन्फिल्ड हिमालयनलाई टक्कर दिन होण्डाले नयाँ एड्भेन्चर मोटरसाइल ल्याउने

रोयल इन्फिल्ड हिमालयनलाई टक्कर दिन होण्डाले नयाँ एड्भेन्चर मोटरसाइल ल्याउने

रोयल इन्फिल्ड हिमालयनलाई टक्कर दिन होण्डाले नयाँ एड्भेन्चर मोटरसाइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...