बजेट असर : होन्डा सीबी सिरिजको बाइकमा एकै पटक बढ्यो १ लाख मूल्य
काठमाडौं – नेपाली बजारमा होन्डा मोटरसाइकल तथा स्कुटर बिक्री–वितरण...
भारतमा सबैभन्दा पहिले मोटरसाइकल उत्पादन गर्ने कम्पनी मध्मे एक हिरोहोन्डा एकआपसमा छुट्टिएर हिरो र होन्डा बनेको १ दशक पुरा भएको छ । साइकल उत्पादनँंगै उदाएको हिरोले सन् १९८४ मा जापानको प्रख्यात टु ह्विलर कम्पनी होन्डासँगको सहकार्यपछि हिरोहोन्डा ब्रान्डमा मोटरसाइकल उत्पादन शुरुवात गरेको थियो । त्यसयता यो ब्रान्डले कहिल्यै पछि फर्केर हेर्नु परेन ।
सन् २००१ देखि यो ब्रान्ड विश्वकै सबैभन्दा ठूलो टु ह्विलर कम्पनीका रुपमा उदायो । इन्धन किफायती र बलियो तथा मजबुत पार्टपूर्जाका कारण हिरोहोन्डा लामो समयसम्म उपभोक्ताको पहिलो रोजाई बन्न सफल रह्यो ।
सीडी १०० बाट शुरुवात गरिएको यात्रा करिज्मामा पुगेर टुंगियो
यी दुई ब्रान्ड एकआपसमा मर्ज भएपछि पहिलो मोटरसाइकलको रुपमा हिरोहोन्डा सीडी १०० लन्च भयो । यो नै भारतमा उत्पादन गरिएको पहिलो फोर स्ट्रोक इन्जिनयुक्त मोटरसाइकल हो । यो मोटरसाइकलले तत्कालीन समयमा बजारमा एक प्रकारको तहल्का नै मच्चाएको थियो । त्यसपछि कम्पनीले सन् १९८९ मा युवा लक्षित नयाँ मोटरसाइकल स्लिक सार्वजनिक ग¥यो । तत्कालीन समयमा यसको डिजाइन र लुक्सले खुबै चर्चा बटुलेको थियो । यी दुबै मोटरसाइकल ९७ सिसी क्षमतामा उपलब्ध भएका हुन् ।
सन् १९९१ मा सीडी १०० लाई अपग्रेड गरेर सीडी १०० एसएस मोटरसाइकललाई बजारमा उतारेको हिरोहोन्डाले सोही सालमा ५ लाख मोटरसाइकल उत्पादन गर्ने विशाल कम्पनीका रुपमा पहिचान कायम ग¥यो । सन् १९९४ मा हिरो होन्डा स्प्लेन्डर लन्च गरेपछि लामो समयसम्म यो मोडल सर्बाधिक बिक्री हुने मोडलका रुपमा स्थापित भयो ।
सन् ११९९ मा पहिलोपटक १ सय किलोमिटर प्रतिघन्टाको रफ्तारमा गुड्ने मोटरसाइकल सीबीजेड लन्च गरेको कम्पनीले ठीक २ वर्षपछि अर्थात सन् २००१ मा एकसाथ २ नयाँ मोडललाई बजारमा उतार्न सफल भयो । उक्त साल कम्पनीले हिरोहोन्डा प्यासन र जोय मोडलमा बाइकलाई एकसाथ बजारमा उतारेको थियो । यी २ बाइकमा प्यासन प्रिमियम ग्राहक लक्षित थियो भने अर्को मोडल जोय इकोनोमिक क्लास लक्षित थियो । यही सालदेखि विश्वको नम्वर वान टु ह्विलर ब्रान्डका रुपमा हिरोहोन्डाले आफ्नो पहिचान कायम गर्न सफल रह्यो ।
सन् २००३ मा यो कम्पनीले पावरफुल सेग्मेन्टको करिज्मा मोडल लन्च ग-यो । यो मोटरसाइकल १३० किलोमिटर प्रतिघन्टाको रफ्तारमा गुड्न सक्ने विशेषताका कारण तत्कालीन समयमा चर्चित समेत बन्यो । सोही साल प्रिमियम कम्युटर सेग्मेन्टको एम्बिसन १३५ र पहिलेको सीबीजेडको डिजाइनमा परिवर्तन गरी सीबीजेड स्टार मोडल लन्च गर्न कम्पनी सफल भयो ।
त्यसको २ वर्षपछि अर्थात सन् २००५ मा सुपर स्प्लेन्डर, सीडी डिलक्स, ग्ल्यामर र अल न्यु एचिभर गरी ४ वटा नयाँ मोडललाई बजारमा उतार्न सफल कम्पनी त्यसपछि भने पावरफुल सेग्मेन्टमा फोकस हुँदै गयो । सोही मेसोमो हंक र स्प्लेन्डर एनएक्सजीसँगै सन् २००९ मा २५ औ वर्षगाँठको अवसर पारी करिज्मा जेडएमआर लन्च गरिएको थियो । यो मोडल नै हिरोहोन्डा सहकार्यको अन्तिम उत्पादन सावित हुन पुग्यो ।
यसकारण टुटेको थियो सहकार्य
सन् २००९ सम्म आइपुग्दा यी २ कम्पनीबीच निकै सौहार्दपूर्ण वातावरणमा सहकार्य भैरहेको थियो । त्यसपछिको २ वर्ष भित्र यी दुई ब्रान्डबीच मनमुटाव सुरु हुन थाल्यो । फलस्वरुप होन्डाले आफ्नै ब्रान्डमा होन्डा ब्याच लगाएर मोटरसाइकल उत्पादन गरी निर्यात समेत थालेको थियो भने हिरोलाई अलग्गै ब्रान्ड नेममा उत्पादन गर्न रोक लगाइएको थियो । होन्डाले हिरोलाई आफ्नो प्रविधि हस्तान्तरण गर्न नमान्नु, हिरोहोन्डा ब्रान्डमा मोटरसाइकल उत्पादन गर्दा होन्डालाई ठूलो राशी रोयल्टीबापत भुक्तानी गर्नुपर्ने प्रावधान, हिरोहोन्डाको स्पेयर पार्ट्स बिजनेसलाई होन्डाको सब्सिडाइरी कम्पनी होन्डा मोटरसाइकल एन्ड स्कुटरमा गाभ्न नमान्नु, नेपाल र बंगलादेश लगायत केही छिमेकी मुलुकमा हिरोहोन्डा ब्रान्डलाई निर्यात गर्न रोक लगाइने जस्ता विषयमा सहमति जुट्न नसकेपछि यी दुई कम्पनी एकआपसमा अलग भएका हुन् ।
२ कम्पनी अलग भएपछिको यात्रा
सन् २०११ को जुलाई २९ तारिखमा यी दुई कम्पनी छुट्टिएपछि हाल हिरो र होन्डा दुई अलग्गै ब्रान्डमा सवारीसाधन उत्पादन भैरहेका छन् । अलग भएपछि दुबै कम्पनीले नयाँ नयाँ मोडल सार्वजनिक गर्दै लगेका छन् । उत्पादन र बिक्री रेकर्डलाई आधार मान्दा भारतमा हिरो पहिलो स्थानमा छ भने होन्डा दोस्रो स्थानमा रहदै आएको छ । हिरोको स्प्लेन्डर, ग्ल्यामर, एक्सपल्स र स्कुटर लोकप्रिय मोडल मनिन्छन् भने उता होन्डाका स्कुटर, हर्नेट र साइन बाइक लोकप्रिय छन् ।
होन्डाले जापनिज प्रविधिलाई आत्मसात गरेको छ भने हिरोले यस अवधिमा विश्व बजारमा कहलिएका प्रविधि कम्पनीसँग सहकार्य गरी नयाँ प्रविधि प्रयोग गर्दै लगेको छ । लामो समयसम्म सहकार्य गरेर एकाएक छुट्टिने निर्णय गरेपनि यो निर्णयले होन्डा र हिरो दुबै ब्रान्डको व्यापारमा कुनै असर पारेको छैन । यी दुई कम्पनी एकआपसमा स्वतन्त्र भएपछि दुबै ब्रान्डको बजार विस्तार भैरहेको छ ।
नेपाली बजारको अवस्था
भारतमा यी दुई ब्रान्ड अलग भएसँगै यसको प्रभाव नेपाली बजारमा समेत देखिएको थियो । पहिले होन्डा र हिरो होन्डा दुबै ब्रान्डलाई ज्योति ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङले कारोबार गर्दै आइरहेकोमा पछि एउटै कम्पनीले दुई अलग ब्रान्डको कारोबार गर्न नमिल्ने प्रावधानका कारण दशकौदेखि पारिवारिक माहोलमा व्यापार गर्दै आइरहेको ज्योति समूहमा समेत यसले छुट्टाभिन्न हुने अवस्था सिर्जना गरायो । ज्योति समूहको कमान हाँक्दै आइरहेका २ दाजुभाई रुप ज्योति र पदम ज्योति मध्ये कसले होन्डा र कसले हिरोहोन्डा लिने विषयमा ठूलै रस्साकस्सी भएको थियो । पछि पदम ज्योतिले होन्डा र रुप ज्योतिले हिरो लिने सहमति भएपछि हिरोको लागि छुट्टै कम्पनी नेपाल जनरल मर्केटिङ खडा भयो । हाल यो कम्पनीले हिरो मोटरसाइकलको आधिकारिक वितरकका रुपमा काराबोर गर्दै आइरहेको छ ।
भारतमा यी २ कम्पनी अलग भएपछि होन्डासँग डिओ, युनिकर्न र साइन जस्ता लोकप्रिय मोडल उपलब्ध भएका कारण यो ब्रान्डलाई नेपालमा बजार लिन खासै गाह्रो परेन । तत्कालीन समयमा होन्डा नेपालको नम्वर वान टु ह्विलर ब्रान्ड समेत बन्यो । उता केही समयका लागि निर्यातमा प्रतिबन्ध लागेका कारण हिरो एक्सपल्स र अन्य केही नयाँ मोडल नेपाल भित्रिन नपाउँदा हिरोको बजार प्रभावित बन्यो । सो समयमा नेपाल जनरल मार्केटिङ प्रालिले हिरोहोन्डाकै पुराना मोडल कारोबार गर्नुपरेको थियो । पछि हिरो ब्याचमा नयाँ मोडल आउन थालेपछि बजार क्रमिक रुपमा सुधार हुन थाल्यो । हाल होन्डाको स्कुटर, साइन मोटरसाइकल र हर्नेट राम्रो संख्यामा कारोबार भैरहेका छन् भने हिरोको स्प्लेन्डर, स्कुटर र एक्सपल्स मोडल राम्रो संख्यामा कारोबार हुन्छन् । बिक्री परिणामको हिसाबले पनि अहिले हिरो ब्रान्ड समेत होन्डाकै हाराहारीमा पुग्न लागिसकेको छ ।
काठमाडौं – नेपाली बजारमा होन्डा मोटरसाइकल तथा स्कुटर बिक्री–वितरण...
होन्डाले फेस्टिभ सिजनमा नयाँ मिड साइज एसयूभी लन्च गर्नेछ । यसलाई नयाँ...
जापनिज अटो निर्माता होण्डाले आफ्नो लोकप्रिय सेडान कार सिटीलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...