टाटा मोटर्सको हाइड्रोजन ट्रक परीक्षण सुरु, २ वर्षपछि लन्च गरिने
टाटा मोटर्सले भारतको पहिलो हाइड्रोजन प्रविधिबाट चल्ने ट्रकको परीक्षण...
टाटा मोटर्सले पुणे स्थित प्रोडक्शन प्लान्टमा नयाँ सफारी एसयूभीको १० औं हजार युनिट उत्पादन गर्न सफल भएको छ । कम्पनीले फेब्रुअरी २०२१ मा सो एसयूभीको १ सयौं युनिट उत्पादन गरेको थियो । त्यसपछि कम्पनीले ४ महिना भन्दा पनि कम समयमा ९ हजार ९ सय युनिट थप गर्न सफल भएको हो । भारतीय बजारमा यो एसयूभीको माग बढिरहेका कारण उत्पादन वृद्धि गर्न कम्पनी माथि दबाव सिर्जना भएको थियो ।
टाटा मोटर्सको हालसम्मकै सबैभन्दा महंगो र प्रिमियम एसयूभीका रुपमा पहिचान बनाउन सफल नयाँ सफारी केही समयअघि मात्र नेपाल भित्रिएको थियो । सीमित युनिट भित्र्याएर कारोबार थालेको आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले स्टक सकिएपछि बिक्री रोक्न बाध्य भएको थियो । नेपालमा यो एसयूभीको मागमा वृद्धि भएपनि आपूर्तिमा समस्या देखिएका कारण बिक्री बन्द गरिएको हो । उत्पादन बढ्न थालेपछि आपूर्तिमा सहज हुने र पुनः नयाँ एसयूभी भित्र्याएर कारोबार थालिने सिप्रदी स्रोतले अपेक्षा गरेको छ । २ भेरिएन्टमा उपलब्ध यो एसयूभीको मूल्य नेपाली बजारमा ९० लाख र ९६ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तो छ नयाँ सफारीमा उपलब्ध फिचर तथा पर्फमेन्स
टाटा सफारीमा बहुआयामिक डिजाइन, आरामदायी थ्री–रो सिटिङ, प्रिमियम इन्टेरियर, अद्भुत ड्राइभिङ एक्सपेरियन्स र सेफ्टी फिचर समावेश गरिएको छ । टाटा मोटर्सको यो नयाँ एसयूभी ओमेगा आरसी प्लेटफर्ममा तयार पारिएको हो ।
यो नयाँ एसयूभीमा यसअघिको टाटा ह्यारियरमा जस्तै समान डिजाइनको इन्टेरियर थिम समावेश गरिएको छ । यसमा ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र आईआरए कनेक्सनको साथमा ८.८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध रहेको छ । यस बाहेक, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ९ स्पिकर जेबीएल अडियो सिस्टम, पानारोमिक सनरूफ, टेरेन रेस्पोन्स मोड र सेफ्टीको लागि ६ वटा एयरब्याग पनि उपलब्ध गराइएको छ ।
यो एसयूभीमा २.०–लिटर क्रायोटेक टर्बोचार्ज्ड डिजेल इन्जिन जडान गरिएको छ । जुन यसअघिको ह्यारियर एसयूभीमा समेत जडान गरिएको थियो । जसले १७० बीएचपी पावर र ३५० एनएमको टर्क जेनेरेट गर्छ । ह्यारियर अर्थात नेपालमा उपलब्ध एच५ मा जस्तै सो एसयूभीमा ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्सको विकल्प दिइएको छ ।
टाटा मोटर्सले भारतको पहिलो हाइड्रोजन प्रविधिबाट चल्ने ट्रकको परीक्षण...
टाटाले निकट भविष्यमा ल्याउने तयारी गरेको इलेक्ट्रिक कार अभिन्यालाई...
नेपालगन्ज – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...