मारुतीको नयाँ वागनआर फेसलिफ्ट परीक्षणको क्रममा, नयाँ १.२ लिटर इन्जिन आउने सम्भावना
मारुती सुजुकीले ह्याचब्याक वागनआरको फेसलिफ्ट भर्सन ल्याउने तयारी...
भारतीय बजारमा सबैभन्दा बढी बिक्री हुने फेमिली एमपीभीको रुपमा परिचित मारुती सुजुकी इको १० लाख युनिट भन्दा बढी बिक्री भएको छ । कम्पनीले हालै सो घोषणा गरेको छ ।
इकोको सहयोगमा कम्पनीले एमपीभी बजारमा ९४ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ । यसमा भएको इन्जिन, कम्फर्ट र सबै प्रकारको आवश्यकता पुरा गर्नका लागि उपयोगी भएकैले यसको लोकप्रियता बढेको कम्पनीको भनाइ छ ।
कम्पनीले यसलाई प्यासेन्जर, कार्गो र एम्बुलेन्स मोडलमा समेत उपलब्ध गराएको छ । नयाँ मोडल पहिले भन्दा थप फ्युल इफिसियन्ट, रिफ्रेस इन्टेरियर र एड्भान्स्ड फिचरका साथ उपलब्ध छ ।
अगाडीको चक्कामा डिस्क र पछाडी ड्रम ब्रेक दिइएको यो भ्यानको कुल तौल ९४० किलोग्राम रहेको छ । ४० लिटर इन्धन अट्ने ट्यांक उपलब्ध भएको इकोमा ड्राइभर एयरब्याग, एबिएस, इबिडी, रिभर्स पार्किङ सेन्सर, सिट बेल्ट रिमाइन्डर जस्ता सेफ्टि फिचर्स दिइएको छ ।
नेपाली बजारमा समेत ११९६ सीसी इन्जिनयुक्त सुजुकी इको र इको कार्गो भ्यान उपलब्ध छ । सो इन्जिनले ७३ पीएस पावर र ९८ एनएम टर्क जेनेरेट गर्छ । यी दुई गाडीको मूल्य क्रमशः २८ लाख ४९ हजार र १६ लाख ९१ हजार रुपैयाँ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...