विश्वको पहिलो सोलार इलेक्ट्रिक कार, जुन महिनौंसम्म चार्ज नगरी चल्ने छ
विश्वमा इलेक्ट्रिक कारको क्रेज बढेसँग अटो निर्माता कम्पनीले सोलारबाट...
काठमाडौं - नेपालमा एवोन विद्युतीय सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै सबैभन्दा ठूलो मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल आयोजना गरेको छ। यस कार्निभलमार्फत ग्राहकहरूले विश्वप्रसिद्ध विद्युतीय सवारी ब्रान्ड एवोनका गाडीहरू आकर्षक तथा विशेष अफरसहित अनुभव गर्न सक्नेछन्।
मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभलमा एवोनका विद्युतीय सवारीसाधनहरूमा १०लाख रुपैयाँ सम्मकोनगदछुट, सर्वोत्तम मूल्यांकन सहितको एक्सचेन्ज बोनस, अन-द-स्पट फाइनान्स सुविधा, १ वर्षको अटो प्लस इन्स्योरेन्स, वाल-माउन्ट होम चार्जर, तथा आर्थिक वर्षको वार्षिक रोडट्याक्स जस्ता आकर्षक सुविधाहरू उपलब्ध हुनेछन्। साथै, कार्निभल अवधिभर आगन्तुकहरूका लागि दैनिक लक्की ड्र पनि आयोजना गरिनेछ।
उक्त कार्निभल माघ १५ देखि सुरु भएको थियो र आज माघ १८सम्म एलिस रिसेप्सन, गैरीधारा, काठमाडौंमा आयोजना भैरहेको छ । कार्यक्रमलाई पारिवारिक र रमाइलो बनाउने उद्देश्यले किड्सजोन, फुडकोर्ट, तथा प्रत्येक टेस्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरिएको छ।
कार्यक्रमका दौरान ग्राहकहरूले एवोनका विद्युतीय एसयूभीहरू, विशेषगरी एवोन भी, नजिकबाट अनुभव गर्ने अवसर प्राप्त गर्नेछन्। आधुनिक डिजाइन र उन्नत ड्राइभिङ प्रविधिका लागि परिचित प्रिमियम विद्युतीय एसयूभी एवोन भी ले ७५.३ किलोवाट आवर क्षमताकोउच्च–क्षमता ब्याट्रीको सहायतामा ६५०किलोमिटर सम्म (एनईडीसी ) ड्राइभिङ रेन्ज प्रदान गर्दै सहरभित्रको दैनिक यात्रादेखि लामो दूरीको यात्रासम्मका लागि उपयुक्त विकल्पका रूपमा आफूलाई स्थापित गरेको छ।
एवोनका अतिरिक्त, मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभलमा एक्सपेङ, स्मार्ट, रिडारा, किङलङ, दायुन र नेटा लगायतका अन्य अग्रणी अटोमोबाइल ब्रान्डहरूमा पनि आकर्षक अफरहरू उपलब्ध हुनेछन्, जसबाट ग्राहकहरूले एउटै स्थानमा विविध विकल्पहरू र थप मूल्य लाभ प्राप्त गर्न सक्नेछन्।
एवोन मात्र नभई, यस मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभलमा अन्य विभिन्न अटोमोबाइल ब्रान्डहरूमा पनि आकर्षक अफरहरू उपलब्ध हुनेछन्, जसले ग्राहकहरूलाई एउटै स्थानमा विभिन्न विकल्पहरू र थप लाभ प्राप्त गर्ने अवसर प्रदान गर्नेछ। इच्छुक ग्राहकहरूलाई सीमित अवधिका यी विशेष अफरहरूको लाभ लिन कार्यक्रम स्थलमा उपस्थित हुन सीजी मोटर्सले अनुरोध गरेको छ।
विश्वमा इलेक्ट्रिक कारको क्रेज बढेसँग अटो निर्माता कम्पनीले सोलारबाट...
काठमाडौँ – एमजी गाडीको नेपालका लागि आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट...
बजाजले चेतक इलेक्ट्रिक स्कुटरको लाइनअपमा नयाँ मोडेल थपेको छ । चेतक सी२५०१...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...