बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
नयाँ वर्ष २०२१ मा भारतीय बजारमा विभिन्न कम्पनीहरुले नयाँ बाइक लन्च गर्ने सम्भावना छ । ती बाइक मध्ये अधिकांश बाइक नेपाली बजारमा पनि आउन सक्छन् ।
१. रोयल इन्फिल्ड इन्टरसेप्टर ३५०
रोयल इन्फिल्डको सो अपकमिङ बाइक भारतीय सडकमा परीक्षणको समयमा देखा परेको थियो । सो बाइकको लुक हाल उपलब्ध इन्टरसेप्टर ६५० जस्तो देखिन्छ तर सिंगल सिलिन्डरको साथमा । यसमा ३५० सीसीको इन्जिन हुने अनुमान गरिएको छ । कम्पनीले हरेक ३ महिनामा एक नयाँ बाइक लन्च गर्ने घोषणा गरेकाले सो बाइक नयाँ वर्षमा लन्च गर्ने सम्भावना रहेको छ ।
२. नेक्स्ट जेनेरेशन रोयल इन्फिल्ड क्लासिक ३५०
रोयल इन्फिल्डको लोकप्रिय मोडल क्लासिक ३५० नेक्स्ट जेनेरेशन मोडल सन् २०२१ मा लन्च गर्नेछ । यसमा ट्रिपर नेभिगेसन जस्ता फिचर हुनुको साथै मेटियर ३५० जस्तो इन्जिन हुनेछ ।
३. रोयल इन्फिल्ड ६५० सीसी क्रुजर
रोयल इन्फिल्डको अर्काे बाइक पनि परीक्षणको समयमा देखा परेको थियो । यसमा इन्टरसेप्टर ६५० को जस्तै ६५० सीसीको इन्जिन समावेश गरिएको छ । सो बाइक क्रुजर डिजाइनको साथमा उपलब्ध हुनेछ ।
४. होन्डा हाइनेस सीबी३५० क्याफे रेसर
होन्डाले हालै भारतीय बजारमा हाइनेस सीबी ३५० प्रस्तुत गरेको छ । सो बाइकको प्रतिस्पर्धा रोयल इन्फिल्डको ३५० सँग रहेको छ । सो बाइकमा नयाँ इन्जिन र च्यासिस रहेको छ । कम्पनीले हाइनेसको क्याफे रेसर भर्सन पनि लन्च गर्ने योजना बनाइरहेको छ ।
५. होन्डा हाइनेस सीबी४००
सीबी ३५० को क्याफे रेसर भर्सनको साथै होन्डाले हाइनेसको रेन्ज बढाउने योजना बनाइरहेको छ । रिपोर्ट अनुसार कम्पनी हाइनेस ४०० सीसी भेरिएन्टमा काम गरिरहेको छ । साथै सो बाइक २०२१ मा लन्च गर्ने सम्भावना रहेको छ ।
६. टीभीएस जेपलिन
टीभीएसले पहिलो पटक २०१८ अटो एक्सपोमा जेपलिन कन्सेप्ट प्रस्तुत गरेको थियो । केही महिना अघि कम्पनीले जेपलिन आर नाम ट्रेडमार्क गराएको थियो । यसले अनुमान लगाउन सकिन्छ कि कम्पनी जेपलिनमा तीव्र गतिमा काम गरिरहेको छ । यो टीभीएसको पहिलो क्रुजर बाइक हुनेछ र २२० सीसी इन्जिन वा ३१० सीसी इन्जिन समावेश गर्नेछ ।
७. टीभीएस अपाचे आरटीआर ३१०
अपाचे आरआर ३१० को नेकेड भर्सन चाँडै नै लन्च हुने भएको छ । जसलाई सम्भवतः अपाचे आरटीआर ३१० भनिनेछ । आरआर ३१० मा शक्तिशाली इन्जिनको साथमा ड्राइभ गर्दा शानदार परफर्मेन्स र ह्यान्डलिङ हुने बाइक हुनेछ । यसको मूल्य अलि बढी हुनेछ । सो बाइक थोरै हल्का हुनुका साथै नयाँ इक्विपमेन्ट्स हुनेछ ।
८. टीभीएस फिएरो १२५
टीभीएसले अपकमिङ बाइकको लागि फिएरो १२५ नाम ट्रेडमार्क गराएको छ । सन् २००० मा टीभीएस र सुजुकीको साझेदारीमा पहिलो फिएरो लन्च गरेको थियो । उक्त बाइक रेट्रो स्टाइल स्पोर्टी कम्युटरको रुपमा पुनः स्थापना हुनेछ । लन्चिङ पछि सो बाइक अपाचे सिरिज लाइनअपको तल हुनेछ ।
९. हिरो एक्सएफ३आर
२०१६ अटो एक्सपोमा हिरोले एक्सएफ ३ आर कन्सेप्ट शोकेस गरेको थियो । जसमा ३०० सीसीको इन्जिन समावेश थियो । हिरो कम्पनी पनि २५० – ५०० सीसी सेगमेन्टमा प्रवेश गरेको छ । त्यसैले कम्पनीको एक्सएफ३आरको प्रोडक्सन भर्सन चाँडै लन्च हुने अनुमान लगाएको छ ।
१०. बजाज पल्सर आरएस२५०
यो वर्षको शुरुवातमा बजाज अटोले डोमिनार २५० भारतीय बजारमा लन्च गरेको थियो । अनुमानित रिपोर्ट अनुसार बजाजले फुल्ली फेयर्ड २५० सीसी मोटरसाइकल आफ्नो रेन्जमा जोड्न चाहेको छ । सो बाइक पल्सर आरएस२५० जस्तो हुने र आरएस २०० मा जस्तै स्टाइल हुनेछ । सो बाइकमा डोमिनार २५० को इन्जिन समावेश गरिने छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...