भोलिदेखी केटीएमको देशैभर एक्सचेन्ज एण्ड फाइनान्स क्याम्प, यस्तो छ सुबिधा
काठमाडौं–केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज...
काठमाडौं – बेनेलीको ११०औं वार्षिकोत्सवको अवसरमा बेनेलीको हालै नेपाल भित्रिएको मोटरसाइकल ७५२एसमा १ लाख १० हजार रुपैयाँ छुट पाइने भएको छ । नेपालका लागि बेनेलीको आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले पहिलो ३ ग्राहकलाई यो छुट अफर प्रदान गरिने बताएको छ ।
बेनेली ७५२एसको मूल्य २५ लाख १५ हजार रुपैयाँ तोकिएको भए पनि यी ग्राहकले अब सो मोटरसाइकल २४ लाख ५ हजार रुपैयाँमै पाउने छन् ।
बेनेली ७५२एस गत चैत महिनाको अन्त्यमा नेपाली बजारमा भित्रिएको मोटरसाइकल हो । बेनेली ७५२ एसमा ७५० सीसी लिक्विडकुल्ड, ट्विन सिलिन्डर इन्जिन रहेको छ, जसले ८५०० आरपीएमा ७६ एचपी पावर र ६५०० आरपीएममा ६७ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनमा ६–स्पिड गियरबक्स जडान गरिएको छ । सामान्य ह्याचब्याक कार भन्दा यो बाइकको क्षमता धेरै छ ।
यसको फ्रन्टमा अपसाइड डाउन फोर्क र रियरमा एड्जस्टेबल मोनोसक सस्पेन्सन रहेको छ । त्यसैगरी यसको फ्रन्टमा ३२० एमएमको डबल डिस्क र रियरमा डबल पिस्टन फ्लोटिङ क्यालिपर सहित २६० एमएमको ब्रेक रहेको छ । बाइकमा यसमा १७ इन्चको आल्मुनियम अलोय रिम र १७ इन्चको टायर छ । यसमा १४ लिटर क्षमताको इन्धन ट्यांकी छ ।
बाइकमा भएको टीएफटी डिस्प्लेमा अटोमेटिक रुपमा डे र नाइट मोड चेन्ज हुन्छ । यी वाहेक एलईडी हेडल्याम्प र एबीएस जस्ता फिचर पनि यसमा रहेका छन् । सुरक्षाका लागि बाइकमा ब्रेम्बो ब्रेकिङ सिस्टम छ ।
इटालियन कम्पनी बेनेली सन् १९११ देखि व्यवसायमा प्रवेश गरेको थियो । ११० वर्ष पुगेको अवसरमा यसले विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ ।
काठमाडौं–केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज...
केटीएमले छिट्टै १२५ ड्युक र आरसी १२५ लाई बन्द गर्ने तयारी गरेको छ । ती...
ओमोडा एन्ड जेको लगायतका विभिन्न ईभी ब्रान्डको नेपालका लागि आधिकारिक वितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...