प्लग–इन–हाइब्रिड र इलेक्ट्रिक पावरट्रेनमा आयो बीवाईडी सिलायन ०५, मूल्य र रेन्ज कति ?
बीवाईडीले आफ्नो न्यू इनर्जी भेइकल(एनईभी)मा अर्को नयाँ मोडल सिलायन ०५ थप...
काठमाडौं – नेपाली बजारमा उपलब्ध केई ब्रान्डको ईभी एक्स३ प्रो किन्दा ५ वर्ष सम्म कुनै पनि ब्याज नलाग्ने भएको छ । नेपालका लागि केईको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले सो अफर सार्वजनिक गरेको हो ।
केई नेपालले ५ वर्ष सम्म शून्य प्रतिशत ब्याजदरमा सो गाडी उपलब्ध हुने जानकारी सार्वजनिक गरेको छ ।
नेपाली बजारमा केही समय यता उपलब्ध केई एक्स३ प्रोमा १२० किलोवाटको मोटर र ५३.६ किलोवाट आवरको ब्याट्री छ । यसले सिंगल चार्जमा ३७० किलोमिटरको रेन्ज दिने बताइएको छ ।
टप–टायर इलेक्ट्रिक भेइकलले उपलब्ध गराउने आकर्षक परफर्मेन्स दिने सो गाडीले उपलब्ध गराउने २६० एनएम टर्कले सिटी वा ओपन रोड जुनसुकै अवस्थामा यात्रालाई सहज बनाउने बताइएको छ ।
स्लिक डिजाइन र मोर्डन फिचर सामेल गरिएको केई एक्स३ प्रोमा प्रयोग भएका सम्पूर्ण लाइटहरु एलइडी छन् । १०.२५ इन्चको आधुनिक इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको एलसीडी इन्फर्मेसन क्लष्टर, इन्टेलिजेन्ट स्काई रुफ, ड्युअल जोन एसी, वायरलेस चार्जर, पावर एड्जस्टेवल ड्राइभर सिट रहेको छ ।
सुरक्षाका लागि यसमा एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टमसँगै एडास फिचर दिइएको छ । एडासभित्र विशेषगरी हिल होल्ड एसिस्ट, हिल डिसेन्ट कन्ट्रोल, क्रुज कन्ट्रोल, ईबीडी सहितको एबीएस ट्रयाक्सन कन्ट्रोल लगायत फिचर सामेल गरिएको छ ।
यसको ब्याट्रीमा पनि कटिङ एज टेक्नोलोजीको प्रयोग गरिएको छ । सुरक्षाको हिसावले राम्रो रहेको ब्याट्रीसहित सबै किसिमका मोटर लगायत इलेक्ट्रिकल कम्पोनेन्टमा ८ वर्षको वारेन्टी रहेको छ ।
बीवाईडीले आफ्नो न्यू इनर्जी भेइकल(एनईभी)मा अर्को नयाँ मोडल सिलायन ०५ थप...
चाइनिज कारको क्रेज विश्वभर बढिरहेको छ । यसै सन्दर्भमा बेलायतमा समेत...
काठमाडौं – एनएमबि बैंकले विद्युतीय सवारी साधन किन्न चाहने ग्राहकलाई ७...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...