बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं–डाउनपमेन्ट नगरी शत् प्रतिशत रकम नै किस्ताबन्दिमा भुक्तानी गर्नेगरी एनआईयू स्कुटर किन्न पाइने भएको छ । एनआईयूको नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटी प्रालिले एमक्यूआई प्लस स्पोर्ट मोडलमा यस्तो स्किम ल्याएको हो । साथै कम्पनीले ८० प्रतिशत फाइनान्स सुबिधा समेत प्रदान गर्ने जाएको छ ।
२ लाख ७६ हजार पर्ने उक्त स्कुटरमा ४ वर्षको मासिक किस्तावन्दि सुबिधा पाइनेछ । एक्सचेन्ज मार्फत स्कुटर किन्दा पुरानो बाइकमा १ लाखसम्म अतिरिक्त मूल्यांकन दिइने कम्पनीको भनाई छ ।
स्कुटरमा ४८ भोल्ट ३१ एम्पियर आवरको ब्याट्री प्याक जडान गरिएको छ । यसलाई एकपटक फुल चार्ज गर्दा ७० किलोमिटरसम्म रेन्ज पाइने दावी छ । साथै स्कुटरको टप स्पिड ४५ किलोमिटर प्रतिघण्टा छ भने मोटर क्षमता १.५ किलोवाट छ ।
इलेक्ट्रिक स्कुटर ब्राण्डमा लोकप्रिय बनेको एनआईयूसंग हाल नेपाली बजारमा एमक्यूआई प्लस स्पोर्ट सहित यूक्यूवाई जीटी, गोभा जी३, एनक्यूवाई स्पोर्ट, एमक्यूवाई जिटी र एनक्यूवाई जीटी मोडल उपलब्ध छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...