बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – स्पेयर पार्ट्स व्यवसायमा स्थापित श्रीदुश इन्टरनेसनलले नयाँ ब्रान्डको स्टार्टर ड्राइभ नेपाली बजारमा भित्र्याउन लागेको छ । कम्पनीले ब्राजिलमा उत्पादन हुने जेन ब्रान्डको स्टार्टर ड्राइभ भित्र्याउन लागेको हो ।
कम्पनीका बिक्री प्रबन्धक माधबप्रसाद भट्टराईका अनुसार अबको केही दिनभित्र उक्त ब्रान्डको स्टार्टर ड्राइभ बजारमा उपलब्ध हुनेछ । टीभीएस लुकास ब्रान्डको स्टार्टर ड्राइभसमेत आयात गरी सफल कारोबार गर्दै आइरहेको यो कम्पनीले ओईएमममा सर्बाधिक खपत हुने जेनलाई सहुलियत मूल्यमा बिक्री गर्ने रणनीति अनुरुप आयात थालेको बताएको छ ।
सन् १९८६ देखि जेनले विश्व बजारमा सर्बाधिक ठूलो ओईएम सप्लायरका रुपमा पहिचान कायम गरेको छ । यही कम्पनीले केही बर्ष पहिलेसम्म टीभीएस लुकासलाई समेत ड्राइभ एसेम्ब्ली सप्लाई गर्ने गरेको भट्टराईले बताए । उनी भन्छन, ‘हाल बजारमा चर्चित मानिएका माइको बोस, डेन्सो र माह्लेजस्ता ब्रान्डलाई समेत जेनले नै ओईएम सप्लाई गर्दै आइरहेको छ । ओईएममा सर्बाधिक सप्लाई हुने हुँदा यो गुणस्तरिय रहेको प्रमाणित हुन्छ ।’
५ बर्ष यता केही थान मोटर भित्र्याएर नमूना परीक्षण पश्चात सफल भएपछि मात्र आफूहरुले आधिकारिक बिक्रेताका रुपमा यसको आयात थालेको उनले बताए । गुणस्तरमा अब्बल भैकन पनि यसको मूल्य प्रतिस्पर्धि ब्रान्डको तुलनामा केही कम भएका कारण छिट्टै बजार लिने उनको भनाइ छ ।
बिभिन्न ब्रान्डका स्पेयर पार्ट्स आयात गरी सफल कारोबार गर्दै आइरहेको श्रीदुश इन्टरनेसनल टीभीएस ग्रुप अन्तर्गतको लुकास टीभीएस र वाटर पम्प लगायत मोनोसक एब्जर्बर, एसकेएफ बेरिङ र आयलसिल सहित अन्य थुप्रै ब्रान्डका स्पेयर पार्ट्सको समेत आधिकारिक बिक्रेता हो । पछिल्लो समय कम्पनीले देशभर बिक्री सञ्जाल समेत विस्तार गर्दै लगेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...