३ वर्षमा जिकरले उत्पादन गर्यो ४ लाख युनिट ईभी, नेपालमा एक्स मोडल लोकप्रिय बन्दै

चिनियाँ अटो निर्माता जिकरले ४ लाख युनिट ईभी उत्पादनको माइलस्टोन हाँसिल गरेको छ । जिली अन्तर्गतको प्रिमियम ईभी ब्रान्ड जिकले ३ वर्ष १ महिनामा उक्त उपलब्धी हाँसिल गरेको हो । सन् २०२१ को अक्टोवरदेखी कार उत्पादन थालेको जिकरसंग हाल ६ वटा मोडल उपलब्ध छ ।

जिकरको बिक्री पछिल्लो समय उच्च रफ्तारमा बृद्धि भैरहेको छ । कम्पनीले जनवरीदेखी नोभेम्वरसम्म अर्थात चालु वर्षको ११ महिनामा मात्रै १ लाख ९४ हजार ९३३ युनिट कार बिक्री गरेको छ । जुन अघिल्लो वर्षको सोहि अबधीको तुलनामा ८५ प्रतिशतले बढी रहेको कम्पनी भनाई छ ।

४ लाखौँ कारका रुपमा कम्पनीले मिक्स मिनि भ्यानलाई उत्पादन गरेको हो । क्याविन स्पेशलाई ९३ प्रतिशतसम्म प्रयोग गर्न सकिने दाबी गरिएको सो भ्यान विश्वको सबैभन्दा धेरै क्याविन स्पेश भएको ईभी भ्यान समेत हो । भ्यानमा स्लाइडिङ डोर प्रयोग गरिएको छ ।

जिकर म्याक्समा ७६ किलोवाट आवरको एलएफपी ब्याट्री र १०२ किलोवाट आवरको एनएमसी ब्याट्री प्रयोग गरिएको छ । जसले सिंगल चार्जमा ७०० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । मिक्स मिनी भ्यानलाई जिकरले बार्षिक १ लाख युनिटका दरले उत्पादन गर्ने योजना बनाएको छ ।

जिकर नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको प्रिमियम ईभी ब्रान्ड हो । हालै लन्च गरिएको यसको एक्स मोडल नेपाली बजारमा लोकप्रिय बनिरहेको छ । जिकर एक्समा ६६ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ भने यसले सिंगल चार्जमा ४४० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । रियर ह्विल ड्राइभ सिंगल मोटर र अल ह्विल ड्राइभ डुअल मोटर भेरिएन्टमा उपलब्ध यसको मुल्य क्रमश: ८५ लाख र १ करोड ५५ लाख रुपैयाँ पर्छ ।

सम्बन्धित समाचारहरू

केई एक्सचेन्ज कार्निभलकाे दोस्रो दिनमा थप उत्साहित बने ईभीप्रेमी, थपियो समय

केई एक्सचेन्ज कार्निभलकाे दोस्रो दिनमा थप उत्साहित बने ईभीप्रेमी, थपियो समय

काठमाडाैं । लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सको संयुक्त आयोजनामा केई...

चीनद्वारा ईभीमा दिइएको सहुलियत हटाउने संकेत, अब बजारकै भरमा टिक्ने

चीनद्वारा ईभीमा दिइएको सहुलियत हटाउने संकेत, अब बजारकै भरमा टिक्ने

दशकौँदेखि विद्युतीय सवारीसाधन (ईभी) उद्योगलाई ठूलो सरकारी सहुलियत प्रदान...

थपियो अर्को मल्टी ब्रान्ड स्कुटर शोरुम, बिक्रीका साथै परामर्श र सर्भिसिङ पनि गरिने

थपियो अर्को मल्टी ब्रान्ड स्कुटर शोरुम, बिक्रीका साथै परामर्श र सर्भिसिङ पनि गरिने

काठमाडौं – पछिल्लो समयमा विशेष गरी इलेक्ट्रिक स्कुटरका मल्टी ब्रान्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...