शुरु भयो जीहो एक्सचेन्ज एन्ड अपग्रेड, थप छुट र अन्य सुविधा

सीएफमोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ‘एक्सचेन्ज एन्ड अपग्रेड’ नामक ५ दिने सट्टापट्टा क्याम्प सञ्चालनमा ल्याएको छ ।

कम्पनीले नक्साल, सल्लाघारी तथा झम्सिखेलस्थित शोरुमबाट यो सेवा ग्राहकहरुलाई उपलब्ध गराउँदै छ । जीहोको एई६ प्लस, एई६ प्लस एलआर (डबल ब्याट्री) र एई८ मोडल हाल उपलब्ध छन् ।

यस क्याम्पमा भने कम्पनीले एई६ प्लस र एई६ प्लस एलआरलाई लक्ष्यित गर्दै आकर्षक अफर ल्याएको छ । क्याम्प अवधिभर जीहोका यी मोडल एक्सचेन्जमा बजार मूल्यांकनमा २० हजार रुपैयाँ थप मूल्यांकन हुनेछ भने नयाँ खरिदमा १५ हजार रुपैयाँ सिधै छुटका साथै २ वर्षको निःशुल्क कर तथा थर्ड पार्टी इन्स्योरेन्स पनि निःशुल्क उपलब्ध हुनेछ ।

दुई पांग्रे ईभी बजारमा छोटो समयमै आफ्नो बलियो उपस्थिति जनाउन सफल जीहोका स्कुटर आकर्षक डिजाइन, टफ बिल्ट क्वालिटी, एड्भान्स प्रविधि र हाई पर्फमेन्स फिचरका साथ उपलब्ध छन् ।

जीहो एई६ प्लसमा ५.५ किलोवाटको पिक पावरको साइड मोटर दिइएको छ, जसको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा छ । यसमा १.८ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको छ, जसको अधिकतम रेन्ज ७० देखि ९० किलोमिटर रहेको छ । एई६ प्लस एलआर (डबल ब्याट्री) मा ३.६ किलोवाट आवरको दुई वटा ब्याट्री पाइन्छ, जसको अधिकतम रेन्ज १६० किलोमिटर रहेको छ ।

यी स्कुटरमा जीहो राइड एप्सको सहायताले राइडरले आफ्नो स्कुटरको सम्पूर्ण जानकारी मोबाइलमै पाउन सक्छन् । जीहोको आफ्नै ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) दिइएको स्कुटरले प्रयोगकर्तालाई ब्याट्री सुरक्षा तथा सवारी साधनको सुुरक्षामा शतप्रतिशत ग्यारेन्टी दिने हुँदा यी स्कुटर अन्य ईभी स्कुटर भन्दा फरक रहेको जानकारी कम्पनीले दिएको छ ।

यी स्कुटरमा क्रुज कन्ट्रोल, गाइड मी होम, स्लोप हिल असिस्टेन्ट, पार्क असिस्टेन्ट, सिट र स्ट्यान्ड सेन्सर, वेदर प्रोटेक्टेड सिट, आईपी६७, ६ विभिन्न कलर ट्रिम च्वाइस रहेका छन् ।

जीहोका यी मोडलहरुमा मोटरमा २ वर्ष, ब्याट्रीमा ३ वर्ष तथा कन्ट्रोलर र चार्जरमा १ वर्षको वारेन्टी दिइएको छ ।

सम्बन्धित समाचारहरू

नेटा लाइनअपमा थपिँदै तीन नयाँ मोडल, नेटा एक्स अर्को महिना लन्च हुने

नेटा लाइनअपमा थपिँदै तीन नयाँ मोडल, नेटा एक्स अर्को महिना लन्च हुने

चिनियाँ ईभी निर्माता होजोन मोटर्सले दुई वर्षभित्र थप तीन नयाँ मोडल लन्च...

३० मिनेट चार्जमा ५०० किमी रेन्जसहितको टाटाको नयाँ इलेक्ट्रिक कार

३० मिनेट चार्जमा ५०० किमी रेन्जसहितको टाटाको नयाँ इलेक्ट्रिक कार

टाटा मोटर्सले नयाँ इलेक्ट्रिक भेइकल प्लेटफर्ममा आधारित नयाँ कन्सेप्ट कार...

नेपालमा चार्जिङ पार्टनरको खोजीमा भारतको प्रतिष्ठित कम्पनी आर्गो ईभी स्मार्ट

नेपालमा चार्जिङ पार्टनरको खोजीमा भारतको प्रतिष्ठित कम्पनी आर्गो ईभी स्मार्ट

भृकुटी मण्डपमा चलिरहेको ईभी नेपाल एक्सपो २०२२ मा विभिन्न चार्जिङ सोलुसन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...