शुरु भयो जीहो एक्सचेन्ज एन्ड अपग्रेड, थप छुट र अन्य सुविधा

सीएफमोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ‘एक्सचेन्ज एन्ड अपग्रेड’ नामक ५ दिने सट्टापट्टा क्याम्प सञ्चालनमा ल्याएको छ ।

कम्पनीले नक्साल, सल्लाघारी तथा झम्सिखेलस्थित शोरुमबाट यो सेवा ग्राहकहरुलाई उपलब्ध गराउँदै छ । जीहोको एई६ प्लस, एई६ प्लस एलआर (डबल ब्याट्री) र एई८ मोडल हाल उपलब्ध छन् ।

यस क्याम्पमा भने कम्पनीले एई६ प्लस र एई६ प्लस एलआरलाई लक्ष्यित गर्दै आकर्षक अफर ल्याएको छ । क्याम्प अवधिभर जीहोका यी मोडल एक्सचेन्जमा बजार मूल्यांकनमा २० हजार रुपैयाँ थप मूल्यांकन हुनेछ भने नयाँ खरिदमा १५ हजार रुपैयाँ सिधै छुटका साथै २ वर्षको निःशुल्क कर तथा थर्ड पार्टी इन्स्योरेन्स पनि निःशुल्क उपलब्ध हुनेछ ।

दुई पांग्रे ईभी बजारमा छोटो समयमै आफ्नो बलियो उपस्थिति जनाउन सफल जीहोका स्कुटर आकर्षक डिजाइन, टफ बिल्ट क्वालिटी, एड्भान्स प्रविधि र हाई पर्फमेन्स फिचरका साथ उपलब्ध छन् ।

जीहो एई६ प्लसमा ५.५ किलोवाटको पिक पावरको साइड मोटर दिइएको छ, जसको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा छ । यसमा १.८ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको छ, जसको अधिकतम रेन्ज ७० देखि ९० किलोमिटर रहेको छ । एई६ प्लस एलआर (डबल ब्याट्री) मा ३.६ किलोवाट आवरको दुई वटा ब्याट्री पाइन्छ, जसको अधिकतम रेन्ज १६० किलोमिटर रहेको छ ।

यी स्कुटरमा जीहो राइड एप्सको सहायताले राइडरले आफ्नो स्कुटरको सम्पूर्ण जानकारी मोबाइलमै पाउन सक्छन् । जीहोको आफ्नै ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) दिइएको स्कुटरले प्रयोगकर्तालाई ब्याट्री सुरक्षा तथा सवारी साधनको सुुरक्षामा शतप्रतिशत ग्यारेन्टी दिने हुँदा यी स्कुटर अन्य ईभी स्कुटर भन्दा फरक रहेको जानकारी कम्पनीले दिएको छ ।

यी स्कुटरमा क्रुज कन्ट्रोल, गाइड मी होम, स्लोप हिल असिस्टेन्ट, पार्क असिस्टेन्ट, सिट र स्ट्यान्ड सेन्सर, वेदर प्रोटेक्टेड सिट, आईपी६७, ६ विभिन्न कलर ट्रिम च्वाइस रहेका छन् ।

जीहोका यी मोडलहरुमा मोटरमा २ वर्ष, ब्याट्रीमा ३ वर्ष तथा कन्ट्रोलर र चार्जरमा १ वर्षको वारेन्टी दिइएको छ ।

सम्बन्धित समाचारहरू

गत आर्थिक वर्षको १२ महिनामा भित्रिए बराबर विद्युतीय गाडी अहिले भित्रिए ६ महिनामै

गत आर्थिक वर्षको १२ महिनामा भित्रिए बराबर विद्युतीय गाडी अहिले भित्रिए ६ महिनामै

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामै गत आर्थिक वर्षभर नेपाल भित्रिए...

बीवाईडी डल्फिन भन्दा सस्तो मुल्यमा आयो एवोनको नयाँ ईभी, यस्तो छ विशेषता

बीवाईडी डल्फिन भन्दा सस्तो मुल्यमा आयो एवोनको नयाँ ईभी, यस्तो छ विशेषता

काठमाडौं– चिनियाँ ईभी निर्माता एवोनले नयाँ बिद्युतिय कार एवोन यूटीको...

टाटाको ईभी : भारतमा लन्च नहुँदै नेपालमा अत्यधिक चर्चा, कहिले आउला नेपाल

टाटाको ईभी : भारतमा लन्च नहुँदै नेपालमा अत्यधिक चर्चा, कहिले आउला नेपाल

टाटा मोटर्सले हालै भारतीय बजारमा सार्वजनिक गरेको इलेक्ट्रिक कार टियागो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...