सिएफ मोटो मोटरसाइकल र जिहो इलेक्ट्रिक स्कुटरको बिक्री सुरु, यस्तो छ मूल्य

काठमाडौं– चिनियाँ टु–ह्विलर ब्राण्ड सिएफ मोटो र जिहो इलेक्ट्रिक स्कुटरको बिक्री सुरु भएको छ । नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सोमबार एक कार्यक्रमबिच जिहो ब्राण्डको इलेक्ट्रिक स्कुटर र सिफ मोटो मोटरसाइलको बिक्री सुरु गरेको हो ।

कम्पनीले बिक्री सुरु गरेको जिहो एई६ प्लस सिंगल ब्याट्री भेरिएन्टको मूल्य ३ लाख ४४ हजार ९०० र डवल ब्याट्री भर्सनको ३ लाख ९४ हजार ९०० तोकेको छ । अर्को नयाँ बाइक सिटी स्पोर्टको मूल्य ३ लाख ४९ हजार ९०० निर्धारण गरिएको छ ।

यसैगरी, सिएफ मोटो २५० एनके फनको ५ लाख ९९ हजार, २५० एसआर फनको ६ लाख ७४ हजार ९०० र ४५० एनकेको ११ लाख १९ हजार ९०० निर्धारण गरिएको छ ।

यस्तो छ जिहो एई६ प्लस
प्रिमियम स्कुटर एई६ प्लसको स्ट्यान्डर्ड भेरिएन्टमा जिहोले १.८ किलोवाट आवर क्षमतको ब्याट्री दिएको छ । यसको लङ रेन्ज भेरिएन्टमा डबल ब्याट्री पाउन सकिन्छ । स्कुटरमा जडान गरिएको मोटरले ५५०० वाट पिक पावर दिन्छ भने टर्क १६० एनएम छ ।

यसको स्ट्यान्डर्ड भेरिएन्टले सिंगल चार्जमा ९० किलोमिटरसम्म रेन्ज दिन्छ भने लङ रेन्ज भेरिएन्टको रेन्ज १६० किलोमिटर दावी गरिएको छ । स्कुटरको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा छ । डबल डिस्क ब्रेक दिइएको यो स्कुटरमा रिजेनेरिटिभ ब्रेकिङ सहितको कम्वाइन्ड ब्रेकिङ सिस्टम पाउन सकिन्छ । यसको ग्राउन्ड क्लिरियन्स १३० एमएम छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...