नेपाल भित्रियो सीएफ मोटोको ईभी सब–ब्रान्ड जिहोको इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य

काठमाडौं – नेपाली बजारमा नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘जिहो’ भित्रिएको छ । सीएफ मोटोको ईभी सब–ब्रान्ड जिहोको नयाँ स्कुटर एई८ नेपाली बजारमा उपलब्ध भएको हो । बिहीबार एक कार्यक्रमका बीच सो स्कुटर सार्वजनिक गरिएको छ ।

रिलायन्स ग्रुपले सो स्कुटर नेपाली बजारमा भित्र्याएको हो । ग्रुपले ऋषि ट्रेड सेन्टरको सहकार्यमा सो स्कुटर भित्र्याएको हो ।

जिहो एई८ एक म्याक्सी स्टाइलको इलेक्ट्रिक स्कुटर हो जुन मोटरसाइकल निर्माणका लागि विकसित गरिएको हाई रिजिड फ्रेममा आधारित छ । सो इलेक्ट्रिक स्कुटरको फ्रन्ट फेसिया ‘मेक–फेस’ डिजाइनको छ र यसमा भी आकारको एलईडी हेडलाइट छ भने यसको बडी सेमी–क्रसबाउ डिजाइनमा आधारित छ ।

सो स्कुटरमा ५ किलोवाटको मोटर छ भने यसको पिक पावर २.५ किलोवाट र पिक टर्क २१८ एनएम छ । सो स्कुटर २.६ सेकेन्डमै ० देखि ५० किलोमिटर सम्मको गति लिन सक्छ र टप स्पिड १०० किलोमिटर भन्दा बढी छ ।

स्कुटरमा ड्युअल ब्याट्री सिस्टम छ । प्रत्येक ब्याट्री ६९ भोल्ट ३२ एएच क्षमताका छन् । ब्याट्रीलाई चार घण्टामा फुल चार्ज गर्न सकिन्छ । यसले सिंगल चार्जमा १२० देखि १४० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीको भनाइ छ ।

स्कुटरमा ट्युबलेस टायर, ब्रेम्बो क्यालिपरको ड्युअल डिस्क ब्रेक छ भने स्ट्यान्डर्ड ब्रेकिङ टाइप तथा टेलिस्कोपिक फोर्क सस्पेन्सन र हाइड्रोलिक सक एब्जर्बर छ ।

१४५ एमएमको ग्राउन्ड क्लियरेन्स भएको स्कुटर ब्ल्याक र ह्वाइट गरी दुई कलर अप्सनमा उपलब्ध छ । यसको मूल्य ४ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

काठमाडौंको नक्साल, नारायणचौरस्थित सीएफ मोटो शोरुममा यो स्कुटर टेस्ट राइड गर्न र खरिद गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

एमभी दुगड ग्रुप पुनः मोटरसाइकल व्यापारमा फर्किदै, रिभोल्ट इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने

एमभी दुगड ग्रुप पुनः मोटरसाइकल व्यापारमा फर्किदै, रिभोल्ट इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने

काठमाडौं – एमभी दुगड ग्रुप पुनः मोटरसाइकल व्यापारमा फर्किने भएको छ ।...

नाडामा एमएडब्लु समूहको उत्साहपूर्ण बुकिङ

नाडामा एमएडब्लु समूहको उत्साहपूर्ण बुकिङ

काठमाडौँ – एमएडब्लु समूहले नाडा अटो शो २०२४ मा एक हजार युनिट भन्दा बढी दुई...

नाइमा मोबिलिटी एक्सपाेमा सनलङका २ ईभी भ्यान लन्च हुने, मूल्य कति ?

नाइमा मोबिलिटी एक्सपाेमा सनलङका २ ईभी भ्यान लन्च हुने, मूल्य कति ?

काठमाडौं -‘नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५’ मा चिनियाँ कमर्सियल भेइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...