टोयोटा वुमन्स मोटर -याली २०२४ सम्पन्न, बिजेता बनिन् शाक्य
काठमाडौं – टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड...
नयाँ टोयोटा ग्लान्जा चाँडै भारतमा लन्च हुने भएको छ । हालै कम्पनीले नयाँ टोयोटा ग्लान्जाको आधिकारिक टिजर सार्वजनिक गरेको छ । नयाँ टोयोटा ग्लान्जा अपडेटेड डिजाइन र नयाँ फिचरसहित लन्च गरिने छ ।
सो मोडल मारुती बलेनोमा आधारित छ, तर कम्पनीले यसमा बलेनो बाहेक धेरै परिवर्तन गरेको छ जसका कारण यो फरक देखिने भएको छ । कम्पनीले यसलाई १५ मार्च २०२२ मा भारतीय बजारमा लन्च गर्नेछ ।
नयाँ टोयोटा ग्लान्जामा नयाँ हेडलाइट युनिट, अपडेटेड डीआरएल, रिस्टाइल फ्रन्ट ग्रिल र फ्रन्ट टोयोटा ब्याज सहित नयाँ फ्रन्ट लुक समावेश गरिएको छ । साथै, रियरमा नयाँ एलईडी टेललाइट, नयाँ डिजाइन गरिएको बडी प्यानलहरू दिइएको छ । कारको इन्टेरियरमा नयाँ हेड अप डिस्प्ले युनिट, अपडेटेड इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी, रिडिजाइन गरिएको ड्यासबोर्ड, नयाँ एसी भेन्ट्स आदि दिइएको छ ।
नयाँ टोयोटा ग्लान्जामा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, नयाँ रङको अपहोल्स्ट्री, बलेनो जस्तै ड्यासबोर्ड, नयाँ कन्ट्रोल बटन, नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टर बटन, हेड अप डिस्प्ले, ३६० डिग्री क्यामेरा जस्ता फिचरहरू समावेश गरिएको छ ।
टोयोटा ग्लान्जामा १.२ लिटर ड्युअलजेट पेट्रोल इन्जिन दिन सकिन्छ, जसमा ५ स्पिड म्यानुअल गियरबक्स र एएमटी गियरबक्स रहेको छ । कम्पनीले यो मिड र टप भेरिएन्ट विकल्पमा मात्र उपलब्ध गराउने सम्भावना छ ।
कम्पनीले नयाँ टोयोटा ग्लान्जाको मूल्यको बारेमा केही आधिकारिक जानकारी दिएको छैन ।
काठमाडौं – टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड...
बजारमा एउटै इन्जिन, एउटै फिचर र एउटै बडी डिजाइन भएका धेरै कारहरु उपलब्ध छ ।...
टोयोटा गाडीको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...