युथ फर रोड सेफ्टी : युवाको संगठित अभियान

आजको युग जेनजीको युग हो, नेपाल र विश्वमै ।

हामीले जेनजी भन्दा अराजक, आलोकाँचो, अल्छी र अन्योलग्रस्त उमेरका मात्रै भनेर बुझ्यौँ भने गलत र अन्याय हुनेछ ।

जेनजी र युवाको शाब्दिक र विदेशी परिभाषामा किन जानु हामी ? आजका जेनजी मात्र परिवतर्नशील रहेका होइनन्, हाम्रा युवाका विशिष्ट पहिचान, प्रभाव तथा इतिहास छ । गंगालाल, धर्मभक्त, पुष्पलाल, बिपी, मदन भण्डारी देखि मोतिराम, पासाङ ल्हामु, अमरसिंह थापा, बहादुर शाह हुन् या पृथ्वीनारायण शाह, इतिहास हेरौं न । ती सबैले आफ्नो विशिष्ट पहिचान यु्वावयमै बनाएका हुन् र तीनको समयमा ती सबै परिवर्तनकारी र नेतृत्वदायी व्यक्ति थिए । ती सबै आज पनि विशिष्ट नेपाली गौरव हुन् ।

शाब्दिक र प्राविधिक रुपमा नजाने हो, भने जेनजी पुस्ता भन्नाले उदियमान, स्वप्नद्रष्टी, संकल्प र सपना बोकेको, परिवार समाज र देशकै आशाको केन्द्र, उत्साही र सिर्जनशील तथा आर्थिक–सामाजिक सम्वन्धको मेरुदण्ड भनेर समेत बुझिन्छ । जुन पुस्ता शिक्षित, मेहेनती र पारदर्शी पनि छ र परम्परावादी विचार, व्यवहार र शासनलाई सदैव प्रश्न गर्छ र हरदम असल विकल्पको लागि प्रयत्नशील रहन्छ ।

तर हामीले यही पुस्तालाई फगत राजनीतिक प्रयोगको दृष्टिले मात्र हे-यौं र कहिलेकाही दुरुपयोग समेत ग-यौं ।

आज युवाका सुरक्षित यात्राको अधिकार, शिक्षा–स्वास्थ्य र यातयातको अधिकार, रोजगार र वृत्ति विकास तथा समान अवसरको अधिकार, न्याय र समानताको अधिकार तथा पक्षपात र भ्रष्टाचारमुक्त सरकारको अधिकार जस्ता झट्ट हेर्दा राजनीतिभन्दा बाहिरका देखिए पनि राजनीतिसँगै जोडिएका अधिकारका लडाई विश्वयापी रूपमा जारी छ ।

तिनै मध्येका एउटा मुख्य अधिकार हो, Right to mobility without fear (राइट टु मोबिलिटी विदाउट फियर) अर्थात भयरहित आवतजावतको अधिकार किनकी आज नेपालमा मात्र नभई विश्वमा रोड–क्य्रास एक मानवसिर्जित भयावह समस्या मात्र नभई एकखाले अपराध नै हो ।

बाह्रवर्षे जनयुद्धमा लगभग १७ हजारले र गत महिनाको जेनजी आन्दोलनमा सबै पक्षका गरी ७० ज्यादाले ज्यान गुमाए भनिन्छ, त्यसमा पुरा देशले आक्रोश जनाएको थियो र परिवर्तन समेत ल्याएको थियो । वषेर्नी नेपालमा सरकारी डाटा अनुसार लगभग ३ हजार तथा युएनको डाटा अनुसार लगभग ७ हजारभन्दा बढीले ज्यान गुमाइरहेका छन्, त्यसमा पनि ७० प्रतिशत जति युवा रहेका छन् । यसमा अब हाम्रो आक्रोश आउने समय भएन र ?

नेपालमा त युवाको अकाल मृत्युको पहिलो कारण नै रोड–क्य्रास हो र त्यसमा पनि मोटरसाइकल क्य्रास ।

भखरै नेपालमा पनि जेन्जीको उपादेयता र राजकिय क्षेत्रमा प्रभाव सुरु भएको छ, त्यो एक किसिमले निकै राम्रो संकेत पनि हो । तर, त्यो परम्परागत मुद्दा, ढाँचा तथा लयमै गयो भने देशलाई नै पुनः अर्को धोका हुनेछ । तसर्थ आजका युवाका, सचेत नागरिकका, किनारामा पारिएका र समान अवसरबाट बञ्चित नागरिकका अधिकारको लागि सचेत हुनैपर्छ, जसमध्ये सुरक्षित यातायातको अधिकार एक मुख्य विषय हो ।

युवाका लागि सुरक्षित यातायात
सार्वजनिक यात्रा र सुरक्षित यात्राको आधिकारको लागि मात्र होइन, त्यो आफ्नो पेशागत, व्यवसायिक र वृत्ति विकासको पनि अधिकार हो ।

मानव अधिकार, उपभोक्ता अधिकार र स्वास्थ्य–सेवाको आधारभुत आधिकार समेत हो, सड़क सुरक्षा ।

समान अवसरको, अपाङ्गता भएका व्यक्तिको, सम–न्याय र संबैधानिक अधिकार पनि हो, भयरहित यात्राको आधिकार ।

उत्पादकत्व र रोजगारीे, सुरक्षित, व्यवस्थित र भरपर्दो सुशासन र पारदर्शिताको मुख्य आधार तथा अधिकार पनि हो, दिगो सडक र सुरक्षित यातायात ।

लाखौँ युवाको अकाल मृत्यु, अंगभंग, अपाङ्गताबाट जोगाउन आज विश्वभरी थुप्रै किसिमका पहल भइरहेका छन् र नेपालमा पनि युथ फर रोड सेफ्टी इन नेपाल (वाईआरएस नेपाल) अभियान सन् २०१२ देखि कार्य गर्दैछ, त्यो पनि एक जेन्जीद्वारा जेन्जीहरुकै अभियान हो ।

किन युथ फर रोड सेफ्टी ?

  • युवा समूह सडक दुर्घटनामा पर्ने खतरा ज्यादा
  • युवाको मोबिलिटी दर अत्यधिक हुने अवस्था
  • सेफर मोविलिटीको लागि युवा एउटा मुख्य आधार र अभियन्ता हो
  • युवा समुदाय परिवार र समाजका आर्थिक–सामाजिक मेरुदण्ड हो
  • युवा समुदाय विश्वमै अत्यधिक मोटरसाइकल प्रयोगकर्ता हो, जुन आपैmमा गम्भीर हो
  • रोड–क्य्रास अकाल मृत्युको विश्वमा आठौँ कारण हो भने नेपालमा पहिलो
  • वाईआरएस नेपालको पहिलो राष्ट्रव्यापी अभियान हो जुन एफआईएका तत्कालीन अध्यक्ष र वर्तमान ‘युएन स्पेसल इन्भोई फर रोड सेफ्टी’ द्वारा शुभारम्भ भएको
  • वाईआरएस नेपाल अभियान अन्तरगत हाल एफआईएको सहयोगमा भइरहेको एउटा मुख्य नेपाली सडक सुरक्षा अभियान हो, भोइस अफ युथ फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी ।
  • युवाको लागि युवाले नै केही गर्नको लागि हो, वाईआरएस नेपाल ।

युथ फर रोड सेफ्टी, स्टार रेटिङ्ग फर स्कुल, ग्लोबल युथ कोलिएसन फर रोड सेफ्टी, ग्लोबल एलायन्स, युथ एसेम्बली फर रोड सेफ्टी, डब्लुएचओ, युथ फर रोड सेफ्टी इन नेपाल, एफआईए, एफआईए फाउण्डेसन, नासा फाउण्डेसन नेपाल, सेभ किड्स वल्र्डवाइड, मोटरिङ नेपाल, नासा नेपाल जस्ता निकाय÷अभियानहरु युवाको मोबिलिटी सुरक्षा र राइट टु मोबिलिटी विथआउट फियरको लागि विश्वव्यापी र स्थानीय रुपमा समेत क्रियाशील छन् ।

अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) विश्वको एकमात्र मोटरिङ फेडेरेसन हो, जसले मोरटरस्पोर्ट्स, अटोमोबाइल मोबिलिटी, टुरिजम र रोड सफ्टीको क्षेत्रमा विश्वव्यापी रुपमा कार्य गर्दछ । UNWTO, IRF, FIA Foundation, iRAP, Global NCAP का निकायसँग सहकार्य गर्दै एफआईए दिगो र सुरक्षित मोबिलिटीमा र मोटरस्पोर्ट्समा प्रतिवद्ध छ, जो विश्वव्यापी सेफर मोबिलिटीको समेत नेतृत्व गरिरहेको छ । नासा नेपाल नेपालका लागि एफआईएको एक अंग जसले यस वाईआरएस नेपालसँगको सहकार्यमा युवाहरुमाझ कार्य गरिरहेको छ ।

त्यसै सन्दर्भमा १३ वर्षदेखि युथ फर रोड सेफ्टी इन नेपाल अभियानले अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन र नासा नेपाल लगायतसँगको सहकार्यमा थुप्रै अभियान पश्चात यस वर्ष भोइस अफ युथ फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी अभियान देशव्यापी रूपमा संचालन गरिरहेको हो ।

के के हुदैछ भोइस अफ युथ फर सेफ एण्ड सस्टेनेबल मोबिलिटीमा ?

  • नीतिगत लबिङ तथा सुझाव
  • तालिम, गोष्ठि, सेमिनार
  • अन्तरक्रिया र वर्कसपहरु
  • सोसियल मिडिया/मिडिया क्याम्पेन
  • एक राष्ट्रिय र सात प्रादेशिक सम्मेलन
  • विद्यालय स्तरमा तालिम र प्रशिक्षण
  • कलेज/स्कुलमा सेफ्टी क्लव गठन र परिचालन
  • प्रशिक्षण सामग्री उत्पादन, छपाई र वितरण
  • प्रशिक्षक, स्वयंसेवक तथा रोल मोडल तयार

राष्ट्रिय युवा सम्मेलनको काठमाडौँ घोषणपत्रलाई आधार मान्दा आजको सन्र्दभमा दिगो यातायात र सुरक्षित यात्रा सम्बन्धी देहायका मुद्दाहरु तत्काल सम्बोधन गर्नैपर्ने देखिन्छ :

१) उच्च गुणस्तरका सडक निर्माण र मर्मत गरी पैदलयात्री, साइकल चालक तथा कमजोर सडक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित,

२) चालक र पछाडि बस्ने दुबै व्यक्तिले गुणस्तरिय हेल्मेट अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने व्यवस्था कार्यान्वयन,

३) हेल्मेटसहितका सुरक्षा उपकरणहरूलाई सरकारी अनुदानमार्फत सस्तो र सबैको पहुँचमा ल्याउनुपर्ने,

४) हेल्मेट प्रयोग, गति नियन्त्रण र रफ ड्राइभिङमा कडा कानुन र प्रभावकारी कार्यान्वयन,

५) सडक सुरक्षासम्बन्धी नीति निर्माण र कार्यान्वयनका सबै तहमा युवाको प्रतिनिधित्व सुनिश्चित,

६) दुर्घटनापछि तुरुन्त उद्धार, उपचार र पुनस्र्थापनाका लागि दक्ष जनशक्ति सहितको क्विक रेस्पोन्स सिस्टम,

७) सडक दुर्घटनामा परेका व्यक्तिहरू र तिनका परिवारलाई आर्थिक र सामाजिक सहयोग सुनिश्चितता,

८) सार्वजनिक यातायात, पैदलमैत्री स्थान र स्वच्छ ऊर्जामा लगानीमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकास,

९) सडक सुरक्षाको शिक्षा विद्यालय पाठ्यक्रममा समावेश गरी सवारी चालक अनुमतिपत्र प्रक्रिया पारदर्शी र कडाइका साथ लागू ।

१०) विदेशी यात्राका लागि नेपाली नागरिकको व्यवस्थित र सुरक्षित मोबिलिटी सुनिश्चित गर्न अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट प्राप्त गर्ने प्रक्रियाको तत्काल सुरुवात,

११) सडकका योजना, बजेट र निर्माण प्रक्रियामा पूर्ण पारदर्शिता कायम गरी भ्रष्टाचार र कुशासन नियन्त्रण,

१२) संघीय, प्रदेश र स्थानीय सरकारबीच सशक्त समन्वय गरी एकीकृत सडक सुरक्षा कार्यक्रमहरू कार्यान्वयन,

१३) विद्यालय, अस्पताल र भीडभाड क्षेत्रहरूमा ३० किलोमिटर प्रतिघण्टा भन्दा बढी गति नहुने गरी सुरक्षित गति क्षेत्र निर्धारण र तत्काल कार्यान्वयन,

१४) सवारी साधनको नियमित निरीक्षण र व्यवस्थित अटो ल्याण्ड प्रणालीसहितको कडा यातायात सुरक्षा मापदण्ड,

१५) पर्याप्त बजेट र जवाफदेहितासहित सडक सुरक्षालाई प्राथमिकतामा राख्ने दृढ राजनीतिक इच्छाशक्ति,

१६) युवाको सक्रिय सहभागिता सहितको राष्ट्रिय सडक सुरक्षा परिषद् गठन गरी नीति कार्यान्वयनको निगरानी र मार्गदर्शन ।

यी सुझावहरू केवल घोषणापत्रका पंक्तिहरू होइनन्, यी युवाको जीवन, भविष्य र अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएका यथार्थ आवाज हुन् । आजका युवाहरू केवल सहभागी होइनन्, परिवर्तनका नेतृत्वकर्ता पनि हुन् । उनीहरूको सशक्त आवाजले सुरक्षित र दिगो यातायात प्रणालीको निर्माणमा निर्णायक भूमिका खेल्नुपर्छ । यस विषयमा नेपालका युवा संगठन र अभियन्ताहरु, राजनीतिकर्मी र पार्टीहरु तथा सिंगो जनता नै सचेत हुनुपर्छ, जसले सिंगो राज्य प्रणलीलाई सुरक्षित मोबिलिटी राइट जस्तो आधारभूत अधिकारमा परिचालन गर्न सकियोस् ।

नेपालका जेनजी पुस्ताका लागि एक अत्यन्त महत्वपूर्ण विषय हो : “सुरक्षित यात्राको अधिकार, सुरक्षित भविष्यको आधार ।”

नेपालमा भखरै नयाँ सरकार बनेको छ, जसमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी साँच्चिकै जेनजी पुस्ताले पाएको छ, जुन खुसीको कुरा हो । नेपालीको समग्र विकाससँगै युवाको “राइट टु मोविलिटी विदाउट फियर” जस्तो आधारभूत अधिकार यतिवेला पनि नपाए कहिले पाउने ?

  • सुवास भट्टराई - नासा फाउण्डेसन नेपालका कार्यकारी सचिव भट्टराई भोइस अफ युथ फर सेफ एण्ड सस्टेनेबल मोबिलिटीका संयोजक हुन् ।
  • किरण धिताल - युथ फर रोड सेफ्टी इन नेपालका संयोजक धिताल नेपाल अटोमोबाइल्स एसोसिएसनका मोबिलिटी म्यानेजर हुन् ।

सम्बन्धित समाचारहरू

देवघाट हलेशी माउन्ट एभरेष्ट मोटर र्‍याली सुरू

देवघाट हलेशी माउन्ट एभरेष्ट मोटर र्‍याली सुरू

नासा नेपाल बागमती प्रदेश संघ र चितवन अटोमोबाइल डिलर एसोसिएसनको संयुक्त...

आसार ३ देखी ६ गतेसम्म पाँचौ ‘म्यांगो राइड २०२२’ आयोजना हुने

आसार ३ देखी ६ गतेसम्म पाँचौ ‘म्यांगो राइड २०२२’ आयोजना हुने

दि हिमालयन मोटरसाइकल एक्स्पेरियन्सले पाँचौ म्यांगो राइड २०२२ आयोजना...

तीव्र प्रतिस्पर्धाका साथ सकियो नेपाल रोड रेसिङ च्याम्पियनसिप राउन्ड १

तीव्र प्रतिस्पर्धाका साथ सकियो नेपाल रोड रेसिङ च्याम्पियनसिप राउन्ड १

काठमाडौं – नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५ अन्तर्गत राउन्ड १ सकिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...